आजको पञ्चाङ्ग एवम् राशिफल (२९ वैशाख २०८२ सोमबार, १२ मे २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (२९ वैशाख २०८२ सोमबार, १२ मे २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८२ बैशाख २९ गते तद्अनुसार सन् २०२५ मे १२ तारिख सोमबार बैशाख शुक्ल पक्षको पूर्णिमा तिथि स्वाती नक्षत्र ६ः३ पर विशाखा नक्षत्र वरियान योग भद्रा करण आनन्दादिमा छत्र योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१९ मा भयो । चण्डीपूर्णिमा, बुद्धजयन्ती, कूर्मजयन्ती, गोरखनाथजयन्ती, उभौलीपर्व ।

आजको राशिफल

मेष – सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । आधा–अधुरा काम सम्पादन हुनेछन् भने नयाँ काम र जिम्मेवारी हात पार्ने मौका जुर्ने देखिन्छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्ला । अध्ययन तथा अध्यावन कार्यमा पनि राम्रै प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी हुनुका साथै प्रतिष्ठित काम गर्ने योग छ । सन्तानसुख र प्रेमभाव बढ्नेछ ।

वृष – विगतको श्रमबाट राम्रै धनलाभ हुने समय छ । सामाजिक क्रियाकलापबाट प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा खुलेर साथ दिनाले राम्रै फाइदाको योग छ । यात्रागत कार्यबाट पनि लाभ मिल्ने देखिन्छ । द्वन्द्व, प्रतिस्पर्धा वा मुद्दा–मामिलामा विजयी भइएला । आँट वृद्धि हुनेछ । मित्रजनका साथ मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा विशेष सफलता मिल्नेछ ।

मिथुन – दिन उत्साहपूर्ण रहला । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाइएला । सुखद समाचार सुन्न पाइनेछ । पढाइलेखाइमा पनि प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी हुनुका साथै प्रतिष्ठित काम सम्पादन गर्ने मौका जुर्ला । विशेष कार्यमा मातापिताको सहयोग प्राप्त हुनेछ । धन मान महत्व बढ्नेछ । बौद्धिकता एवम् रचनात्मकताको प्रयोगबाट शत्रुपक्ष परास्त हुनेछ ।

कर्कट – दिन केही चुनौतीयुक्त रहने देखिन्छ । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ला । विगतका समस्या बल्झिन सक्छन् । मिथ्या भ्रमणमा समय बित्ने योग छ, अनावश्यक यात्रा नगर्नु हितकर होला । स्वास्थ्यगत समस्याले पनि सताउने सम्भावना छ । यसका बाबजुद कर्मबल बढ्नुका साथै पारिवारिक जमघटमा मन रमाउनेछ । कसैबाट कुनै बस्तु उपहार मिल्ने सम्भावना छ । रसरागमा आकर्षण रहला ।

सिंह – मिश्रित फलदायी समय छ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । इष्टदेवको पूजा–उपासना गर्नाले लाभ र सन्तुष्टि मिल्नेछ । दाम्पत्यजीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । विद्यामा कमजोरी र लेनदेनमा उल्झन होला । केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोस् । आजको दिन सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । आरोग्यबल बढ्नेछ ।

कन्या – रोकिएका काम सम्पादन हुनेछन् भने नियमित कार्यमा पनि जाँगर बढ्ने समय छ । आर्थिक अभावले केही सताएको महसूस भएपनि मातापिता एवम् मित्रजनको सहयोग प्राप्त हुनेछ । पठनपाठनमा प्रगति होला । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका जुर्ने देखिन्छ । कृषि–चौपायाबाट पनि लाभ मिल्नेछ भने यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । समाजमा मान–महत्व बढ्नेछ । कार्यगति बढ्नेछ ।

तुला – भाग्योन्नतिको समय छ । कठिन कार्यमा सहयोगीहरूले राम्रो साथ दिनेछन् र सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने योजनामा हुनुहुन्छ भने अघि बढ्न सकिनेछ । राम्रै धन आर्जनको मौका जुर्ला । आरोग्यबल बढ्नेछ । परिश्रम परे पनि हरेक कार्यमा सफलता नै मिल्नेछ । तीर्थाटन, मंगलमय कृत्य आदि सम्पादनको योग छ । यश वर्चश्व बढ्नेछ ।

वृश्चिक – शुभदायी समय छ । आर्थिक उपार्जनमा सुधार आउनेछ भने सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । व्यावसायिक यात्राको सम्भावना छ । यात्रागत कार्यबाट राम्रै आम्दानी होला । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिने योग छ । बाध्यताका काममा जुट्नुपरेपनि त्यसबाट फाइदान नै मिल्ने देखिन्छ । प्रतिस्पर्धी परास्त होलान् । समग्रमा दिन मनोरञ्जनपूर्ण रहला ।

धनु – नियमित कार्यमा केही चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने समय छ । मान–सम्मान बढ्नेछ भने बोलीको भरमा काम सम्पादन हुने देखिन्छ । विचारले धेरैलाई आकर्षण गर्न सकिएला । स्वास्थ्य सबल रहनेछ । व्यापारमा भने कममात्र फाइदा होला । रोकिएको काम मिहिनेतले पूरा हुनेछ । सामर्थ्य र सुख वृद्धि हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ । आफन्तको साथले उत्साह बढ्नेछ ।

मकर – विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । कर्मबलका साथ आम्दानी पनि बढ्नेछ । तर, भएको आम्दानी सञ्चय गर्न नसकिएला । मालमत्ता चोरी वा नष्ट हुने योग रहेकोले विशेष सजगता अपनाउनु उचित होला । प्रेमभावका साथै दाम्पत्यसुख बढ्नेछ । उठ्नुपर्ने रकम हातलागी हुने योग छ ।

कुम्भ – केही चुनौती बढ्ने समय छ । सामाजिक कामको दायित्व बढ्नेछ भने परिवारजनको भरणपोषणमा खर्च वृद्धि होला । उत्साहमा कमी आउनेछ । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस् । कर्मफल र अधिकारका लागि अलिक प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्ने सम्भावना छ । तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । चुनौतीका बाबजुद सामर्थ्य वृद्धि हुनेछ ।

मीन – आजको दिन ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । परिश्रम गर्दा अरुको विश्वास जित्न सकिनेछ भने अधुरा काम बन्ने छन् । यात्रा पनि रमाइलो हुनेछ । नयाँ योजनाको खाका बन्ने योग छ । पढाइलेखाइमा राम्रै उन्नति गरेर अगाढि बढ्न सकिएला । धनलाभको योग छ । सुख–विलासको माहोल बन्ने देखिन्छ ।