✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ सिद्धार्थिनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८२ वैशाख ३० गते तद्अनुसार सन् २०२५ मे १३ तारिख मंगलबार ज्येष्ठ कृष्ण पक्षको प्रतिपदा तिथि विशाखा नक्षत्र ८ः३६ पर अनुराधा नक्षत्र परिघ योग बालव करण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१८ मा भयो र सूर्यास्त साँझ १८ः४४ मा हुनेछ ।
आजको राशिफल
मेष – अधुरा कार्यले पूर्णता पाउने र आर्थिक उपार्जनमा सुधार आउने समय छ । मेहनतले नयाँ तथा फलदायी जम्मेवारी दिलाउने देखिन्छ । परोपकार एवम् सामाजिक कार्यमा मन जाला । प्रेम सम्बन्धमा प्रगाढता आउने, दाम्पत्यसम्बन्ध पनि सुमधुर रहने योग छ । कृषि र पशुपालनमा भने सामान्य मात्र फाइदा होला । इष्टमित्र सहयोगी बनेर देखापर्नेछन् ।
वृष – बोलीको प्रभाव बढ्नुका साथै आर्थिक समुन्नतिले पछ्याउने समय छ । विभिन्न अवसर जुर्ने देखिन्छ । रुपैयाँपैसाको कारोबार एवम् धनलाभ होला । आफन्तजनसँग रमाइलो भेटघाटको योग छ । साझेदारीको काम बन्नेछ । दामपत्यसुख बढ्नेछ । प्रेमभाव वृद्धि र सन्तान पक्षबाट सुख मिल्नेछ । बौद्धिक तथा रचनात्मक काममा विशेष सफलता प्राप्त होला । परिवारिक सुख रहनेछ ।
मिथुन – नियमित कार्यमा चुनौतीले पछ्याउने समय छ । खर्च र झमेलामा परिने, छिमेकीसँग विवाद बढ्ने, बोलीको विपरीत अर्थ लाग्नसक्ने योग रहेकोले बोली र व्यवहारमा विशेष सजगता अपनाउनु हितकर होला । कडा प्रायस गरे पनि अपेक्षित सफलता भने हातलाग्न मुस्किल पर्ला । परिवारजन, बन्धुबान्धव वा इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । शत्रुपक्ष हाबी हुन सक्छ, सचेत रहनुहोला । यात्रागत कार्यमा आंशिक सफलता मिल्नेछ ।
कर्कट – दिन सामान्य छ । धार्मिक तथा सामाजिक कार्यको दायित्व थपिन सक्छ । आँटेगरेका काम पूरा भइ आर्थिकलाभ हुने देखिन्छ । मित्रजनले आदर गर्नेछन्, तर मान–सम्मान मिले पनि मनमा कत–कता डरत्रासको भाव रहला । नोकरीमा पदोन्नति हुनसक्ने समय छ । व्यवसायमा अनुकूल परिवर्तन होला । सन्तानपक्षबाट सुख मिल्नेछ । साथीभाइको सहयोगले रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण रहला ।
सिंह – दिन सुखमय किसिमले बित्ने देखिन्छ । बुद्धिको सही उपयोगले लक्ष्य प्राप्त गर्न सकिएला । बौद्धिक तथा शैक्षिक क्रियाकलापमा प्रगतिका साथै सफलता मिल्नेछ । नसोचेको ठाउबाट आर्थिकलाभको योग छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रै लाभ मिल्ने देखिन्छ । आरोग्यबल बढ्नेछ । पारिवारिक सुख बढ्नेछ ।
कन्या – मिश्रित फलदायी समय छ । पढाइ–लेखाइमा रुचि बढ्नेछ भने सहयोगी पक्षबाट उचित साथ–सहयोग नै मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ला । व्यावसायिक यात्राको सम्भावना पनि देखिन्छ । पारिवारिक असमझदारी र बन्धुबान्धबसँग मनमुटावको योग रहेकोले व्यवहारमा संयमता अपनाउनु हितकर होला । आर्थिक कारोबारमा पनि विशेष सावधानी अपनाउनुपर्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
तुला – चुनौतीयुक्त समय छ । अनावश्यक झमेलामा परिने र नसोचेको कुरामा विवाद र हानीको योग रहेकोले सावधान रहनु उचित होला । केही विरोधसहित आँटेको काममा बाधा उत्पन्न हुन सक्छ । स्वास्थ्य पनि केही कमजोर नै रहन सक्छ । पारिवारिक समस्याले पिरोलेता पनि बिस्तारै समाधानतिर उन्मुख हुने देखिन्छ । समस्यामा सहयोगीजनबाट उचित सहयोग पाइनेछ ।
वृश्चिक – कठिन कार्यलाई पूर्णता दिन सक्रियता बढ्ने समय छ । पुराना साथिसंगीसँग भेटघाट गर्ने अवसर जुर्ला । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पढाइलेखाइको नतिजा राम्रो आउनेछ । यात्रागत कार्य फलदायी बन्नाले उत्साह जागृत हुने देखिन्छ । आरोग्यबल बढ्नेछ भने रोकिएको काम मिहिनेतले बन्नेछ । मित्रजनको साथ मिठो भोजनको अवसर जुर्नेछ । खर्च नियन्त्रणका लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
धनु – विभिन्न भौतिक साधन जुटुनुका साथै व्यावसायमा राम्रो फाइदा उठाउन सकिने दिन छ । आयआर्जनको दृष्टिले राम्रो समय छ । केही नयाँ काम गर्नको लागि परिवार एवम् मित्रजनबाट सही सल्लाह आउने देखिन्छ । सन्तान पक्षबाट सुखसन्तोष मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन् । रसरागात्मक क्रियाकलापमा आकर्षण रहनेछ । समष्टिमा दिन रमाइलै बित्ला ।
मकर – घरेलु समस्याले केही सताए पनि बौद्धिक कार्यबाट धनलाभ हुने समय छ । प्रयत्न गरेका काम ढिलै भए पनि पूरा हुनेछन् । स्वास्थ्य सबल रहनेछ भने नियमित कार्यमा फाइदाकै योग छ । आजको दिन मानहानी वा अपजशको सम्भावना रहेकोले बोली र व्यवहारमा विशेष सजगताको दरकार छ । साथीभाइको उक्साहटमा अनावश्यक यात्राको सम्भावना छ, ध्यान राख्नुहोला । शत्रुलाई परास्त गर्ने सामर्थ्य रहनेछ । नियमकानूनले साथ दिनेछ ।
कुम्भ – लगानीको प्रतिफलमा कमी र साझेदारी सम्बन्धमा समस्या आए पनि आजको दिन सुखदायी नै रहनेछ । सुखसुविधा र विलासिताका साथमा समय बित्ने देखिन्छ । सामाजिक यश-वर्चश्व वृद्धि होला । अनावश्यक खर्च कटौतीका लागि विशेष सतर्कताको खाँचो छ । फजुल ब्ययबाट सावधान रहनु हितकर होला । कर्मबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सामर्थ्य वृद्धि हुने योग छ ।
मीन – परोपकार तथा सामाजिक कार्यमा ध्यान जाने समय छ । आफन्तजनको साथ मिल्ला । पढाइलेखाइमा प्रगति हुनेछ भने नियमित कार्यमा सन्तोषजनक सफलता मिल्ने देखिन्छ । भूमि, घर एवम् वाहनप्राप्तिको योग छ । तथापि, अनावश्यक खर्च हुने, कर्जा बढ्ने र चोटपटकसमेत लाग्नसक्ने सम्भावना प्रवल रहेकोले आजको दिन विशेष सावधान रही कार्य–व्यवहार गर्नुहोला । मानसिक तनावले परिवारमा नकारात्मक सोच र मनमुटाव श्रृजना गर्न सक्छ, ध्यान राख्नुहोला ।
प्रतिक्रिया