✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ ने.सं. ११४५ सिद्धार्थीनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८२ वैशाख ३१ गते तद्अनुसार सन् २०२५ मे १४ तारिख बुधबार ज्येष्ठा कृष्ण पक्षको द्वितीया तिथि अनुराधा १०ः५६ पर ज्येष्ठा नक्षत्र परिघ योग तैतिल करण आनन्दादिमा सौम्य योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१८मा भयो र सूर्यास्त साँझ १८ः४४ बजे हुनेछ ।
आजको राशिफल
मेष – ब्यस्तता र दौडधुप बढेपनि शुभचिन्तकहरूले साथ दिनाले चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिने समय छ । स्वास्थ्यसम्बन्धी समस्याले केही सताउने देखिन्छ । अवसरको खोजीमा अवश्यकताभन्दा बढी नै दौडधुप गर्नुपर्ला । नोकरी तथा व्यावसायिक काममा पनि केही चुनौती देखापर्न सक्छ । बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक अभावले सताउने योग छ, ध्यान राख्नुहोला ।
वृष – केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यतर्फ बढाउने समय छ । आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिएला । टाढिएका आफन्तसँग पुनर्मिलन हुने योग छ । नोकरीतर्पm हुनेहरूका लागि पदोन्नति र प्रयत्न गर्दा नयाँ नोकरी प्राप्तिको सम्भावना प्रवल छ । दाम्पत्यसुख बढ्नेछ । स्थायी सम्पत्तिमा केही विवाद आउन सक्ने देखिन्छ । परिवारिक सुखले उत्साह बढाउनेछ ।
मिथुन – आजको ज्यादा समय सामाजिक दायित्व वहनमा जाने देखिन्छ । धर्मको पालना, मंगलमय कर्म सम्पादनका साथै बौद्धिक पक्षबाट लाभ प्राप्त होला । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइने योग पनि छ, सजग रही व्यवहार गर्नुहोला । सवारीसाधन तथा हातहतियारको उपयोग विशेष सावधानीसाथ गर्नुपर्ने दिन छ । सन्तान एवम् अनुयायीले प्रसन्नता दिलाउनेछन् । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – पराक्रमका कारण आर्थिक पक्षमा उन्नति भए पनि तपाईंका कमजोर पक्षको फाइदा प्रतिष्पर्धीले उठाउन सक्छन् । नियमित कार्यमा फुकी-फुकी कदम चाल्नु हितकर हुनेछ । घर-जग्गासम्बन्धी मामलामा विवादको योग रहेकोले सावधान रहनुहोला । मातृ-स्वास्थ्यमा समस्या आउने देखिन्छ, विशेष सतर्क रहनुहोला । नोकरीको कार्यमा हस्तक्षेप हुने सम्भावना छ । आजको दिन आर्थिक अभावले पनि सताउन सक्छ । सन्तान पक्षबाट सुख बढ्ला ।
सिंह – कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्ने समय छ । आवेग र असंयमताका कारण हातमा आएको अवसर गुम्न सक्छ, संयम रही व्यवहार गर्नुहोला । समाजसेवा तथा परोपकारका कार्य गरिने योग छ । व्यापार–व्यवसायमा सामान्यमात्र प्रगति हुनेछ । विभिन्न अवसर प्राप्त भए पनि स्वास्थ्य केही कमजोर रहनाले प्रगतिको गति धिमा हुने देखिन्छ । रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ ।
कन्या – आजको दिन केही चुनौतीयुक्त रहला । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्ने देखिन्छ । जीवनसाथीलाई पनि केही पीडा हुने सम्भावना छ । नयाँ व्यवसाय थालनी गर्न सकिनेछ, तर दीगो लाभको दृष्टिले तत्काल योजना कार्यान्वयन नगर्नु उचित हुनेछ । विद्यार्थीहरूको लागि विशेष प्रगति हुने दिन रहेको छ । नियमित काममा सहयोगीले साथ दिनेछन् । लामो समयदेखि थाती रहेको कार्य मित्रजनको सहयोगले पुनः अघि बढ्न सक्छ । साथीभाइको साथ प्राप्त हुनेछ ।
तुला – मिश्रित फलदायी समय छ । सहयोगीको राम्रो साथ पाइनाले नियमित कर्ममा सहजता रहनेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ भने घर-परिवारमा सामान्य मनमुटावको अवस्था निम्तिन सक्छ । दण्ड–जरिवानामा पर्नुबाट जोगिन विशेष सजगताको खाँचो छ । महत्वपूर्ण वस्तु गुम्ने सम्भावना छ, सचेत रहनुहोला । शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्ने योग छ । आरोग्यबल बढ्नेछ ।
वृश्चिक – मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिने समय भएपनि अनावश्यक खर्च र ऋणभार बढ्ने देखिन्छ । स्वास्थ्यगत समस्याले केही सताउन सक्छ । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहला । परिस्थितिलाई पछ्याउन नसक्दा अलिक पछि परिने सम्भावना छ । घरेलु खर्च बढ्नेछ, आयआर्जनमा कमी आउने देखिन्छ । सुख–सुविधाको बस्तु खरिदमा खर्च बढ्न सक्छ, अनावश्यक खर्च नियन्त्रणको प्रयास गर्नु उचित होला ।
धनु – नयाँ व्यवसाय प्रारम्भ गर्न सकिने तथा मेहनत गर्दा राम्रै उपलब्धि हातलागी हुने समय छ । नोकरीमा पदोन्नति, व्यापार–व्यवसायमा फाइदाको योग छ । दाम्पत्य सम्बन्ध सुमधुर रहला । अरूको भरपर्दा काम बिग्रन सक्छ, आफ्नै सामर्थ्यले कर्म गर्नु उचित हुनेछ । मिठो भोजन प्राप्त हुनेछ भने रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
मकर – समय सुखकारी छ । दाम्पत्य सम्बन्ध प्रगाढ हुनेछ भने सन्तान पक्षबाट पनि प्रशन्नता मिल्नेछ । मनोरञ्जनात्मक याको सम्भावना छ । धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । आंशिकरूपले आयबल बढ्नेछ । आँट वृद्धि होला । पारिवारिक समस्याको समाधान मिल्नेछ ।
कुम्भ – पराक्रम वृद्धिका कारण रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन् । धनधान्य लाभ, कृषिकर्म तथा पशु व्यवसायबाट राम्रै फाइदा हुने देखिन्छ । स्थायी सम्पत्ति आर्जन गर्ने योग छ । यात्रा भने कष्टप्रद हुनसक्छ, अनावश्यक यात्रा नगर्नु हितकर होला । साझेदारीमा विवाद र कृषि तथा पशुपालनमा सामान्य लाभ मिल्नेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा मन लगाउनु उचित हुनेछ ।
मीन – धर्मकर्ममा आकर्षण बढेपनि अविवेकी निर्णयले अप्ठ्यारोमा पार्ने खालको समय छ । निजी व्यवसाय र कृषिकर्ममा परिश्रम र लगानीभन्दा न्यून उपलब्धि हासिल हुने देखिन्छ । विपरीतलिंगीप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिने योग छ । तथापि, सरोकार नभएका विषयमा रुचि राख्नाले दुःख पाइएला । अरूको उक्साहटमा नलाग्नु हितकर हुनेछ । समस्यामा आफन्तको साथ मिल्नेछ ।
प्रतिक्रिया