आजको पञ्चाङ्ग एवम् राशिफल (१ जेठ २०८२ बिहीबार, १५ मे २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (१ जेठ २०८२ बिहीबार, १५ मे २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ ने.सं. ११४५ सिद्धार्थीनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८२ जेठ १ गते तद्अनुसार सन् २०२५ मे १५ तारिख बिहीबार ज्येष्ठ कृष्ण पक्षको तृतीया तिथि ज्येष्ठा नक्षत्र १२ः५५ पर मूल नक्षत्र शिव योग वणि करण आनन्दादिमा कालदण्ड योग चन्द्रमा वृश्चिक राशिमा १२ः५५ बजेसम्म त्यसपछि धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१७ मा भयो र सूर्यास्त साँझ १८ः४५ बजे हुनेछ । ज्येष्ठ संक्रान्ति ।

आजको राशिफल

मेष – नियमित कार्यमा केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । तर, चुनौती सामना गर्नुपरे पनि व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । प्रेमभाव वृद्धि र सन्तानसुख बढ्नेछ । मित्रजनहरू सहयोगका लागि तत्पर रहनाले रोकिएको काम बन्नेछ । रसरागको भाव जागृत होला ।

वृष – आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । भूमि तथा मातृधनबाट विशेष लाभ मिल्ने देखिन्छ । विगतका कमजोरीलाई सुधार गर्न मौका मिल्ला । प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत हुनेछन् । दामपत्यसुख बढ्नेछ । बौद्धिक काममा विशेष सफलताको योग छ । पारिवारिक समस्याको समाधान मिल्नाले सुख वृद्धि हुनेछ । यात्रापरक काम बन्नेछ ।

मिथुन – सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका कामहरू पनि सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हातपर्न सक्छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइएला । धैर्यले काम लिने प्रयत्न गरेमा सफलताको दर बढ्नेछ । पशुपालन तथा कृषि क्षेत्रबाट भने सामान्यमात्र लाभ मिल्ने देखिन्छ । सभा-समारोहमा सरिक भइ सम्मानसमेत मिल्ने योग छ । प्रतिष्पर्धामा विजय प्राप्त हुनेछ ।

कर्कट – स्वास्थ्य केही कमजोर रहनाले जाँगरमा कमी आएपनि जिम्मेवारी भने बढिरहने दिन छ । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाट धोका पाइएला । तथापि, नियमित व्यवसायबाट आम्दानी बढ्ने योग छ । रमाइलो यात्राको अवसर आउला । लेनदेनमा भने विवाद आउने सम्भावन रहेकोले आजको दिन आर्थिक कारोबार नगर्नु हितकर होला । सहयोगको तत्परता देखाउनेहरूबाट सजग रहनु उचित हुनेछ ।

सिंह – महत्वपूर्ण कार्यमा अरूको भर पर्दा धोकामा परिने समय छ, सचेत रहनुहोला । खर्च वृद्धि र अनावश्यक व्यस्तताले मन असन्तुष्ट रहन सक्छ । आरोग्यबल बढ्नेछ भने रसरागका कार्यक्रममा आकर्षण रहनेछ । बौद्धिक तथा रचनात्मक काममा विशेष सफलता मिल्नेछ । प्रयास गर्दा रोकिएका बन्नेछन् । समस्यामा मातापिताको सहयोग प्राप्त हुनेछ ।

कन्या – आजको दिन मातापिता र आफन्तको सहयोगले विशेष कामहरू बन्नेछन् र विशेष लाभ उठाउन सकिनेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी वृद्धिका साथै खर्चमा पनि केही बढोत्तरी आउला । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ । परिवारजनको भरण-पोषणमा खर्च बढ्नेछ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । यात्रागत कार्यमा सफलता नै मिल्नेछ । ।

तुला – आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । समयमै काम पूरा नहुनाले खिन्नता बढ्ला । व्यावसायिक काममा खर्च बढ्नेछ । तथापि, सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने योग छ । नियमित कार्यमा सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिन सक्छ । आरोग्यता रहनेछ । चुनौतीका बाबजुद साहसिक काममा आकर्षण बढ्नेछ ।

वृश्चिक – स्वास्थ्यमा कमजोरीका बाबजुद परिश्रम धेरै गर्नुपर्ने समय छ । भए-गरेका काममा सफलता नै मिल्नेछ । अप्रिय समाचारले खिन्नता बढ्न सक्छ । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । व्यापार-व्यवसायमा तत्काल लगानी नबढाउनु उचित हुनेछ । अध्ययन तथा अध्यापन कार्यमा राम्रै प्रगति हुने देखिन्छ । शत्रुपक्ष परास्त हुनेछ ।

धनु – विभिन्न अवसर जुरे पनि सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ । काममा केही चुनौती देखिए पनि आत्मविश्वासमा कमी आउनेछैन । तपाईंले अपेक्षा गरेका धेरैले सहयोगको तत्परता देखाउनेछन्, जसबाट नसोचेको फाइदा उठाउन सकिनेछ । खर्च केही वृद्धि भएपनि मिष्ठान्न भोजनको आनन्द पाइएला । बौद्धिक तथा रचनात्मक काम बन्नेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

मकर – धैर्यले काम लिने प्रयत्न गरेमा चुनौतीपूर्ण र नसोचेका काम पनि बन्नसक्ने दिन छ । प्रतिस्पर्धाबाट विशेष फाइदा उठाउन सकिनेछ । छरछिमेकमा असमझदारी तथा विवादको योग भएपनि विजय तपाईंकै हुनेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । परिवारजन तथा बन्धु-बान्धवबीच आत्मीय भाव बढ्नेछ । आयबल वृद्धि होला । साझेदारीको काम बन्नेछ । सुख–सुविधाको वस्तु हासिल हुनुका साथै सुख-विलास पनि बढ्नेछ ।

कुम्भ – प्रतिष्ठित कार्य गरी मान-प्रशंसा मिल्ने समय छ । व्यवहारबाट नयाँ ज्ञान प्राप्त हुनसक्छ । पितृधन प्राप्ति र त्यसबाट विशेष लाभ मिल्ने योग छ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार-व्यवसाय विशेष लाभप्रद हुनेछ । कर्मबल वृद्धिका साथै व्यवसायिक यात्राको सम्भावना छ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । समग्रमा दिन मनोरञ्जनात्मक एवम् उत्साहवद्र्धक रहला ।

मीन – सामाजिक कामको दायित्व बढ्ने र अरूको जिम्मेवारीसमेत बहन गर्नुपर्ने समय छ । श्रमको उचित मूल्यांकन होला । पढाइलेखाइमा प्रगति हुनेछ । तर, पदको आशा देखाउनेहरूले धोका दिन सक्छन् । सानातिना काम या घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ । परोपकारमा आकर्षण बढ्नेछ । यात्रागत कार्य गर्दै हुनुहुन्छ भने आजको लागि थाती राख्नु उचित हुनेछ ।