✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८२ जेठ ४ गते तद्अनुसार सन् २०२५ मे १८ तारिख आइतबार ज्येष्ठ कृष्णपक्षको षष्ठी तिथि उत्तराषाढ़ा नक्षत्र शुक्ल योग गर करण आनन्दादिमा अमृत योग चन्द्रमा मकर राशिमा भ्रमण शील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१५ मा भयो र सूर्यास्त साँझ १८ः४६ मा हुनेछ ।
आजको राशिफल
मेष – व्यावसायिक काममा खर्च केही बढेपनि एकपछि अर्को अवसर आउनाले मन प्रशन्न रहनेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ, तर सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ । यात्रा मनोरञ्जनात्मक र सार्थक रहनेछ । मान प्रतिष्ठा फैलिने योग छ । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुऱ्याउनु उचित होला ।
वृष – समय शुभदायी नै छ । व्यापार–व्यवसायमा लाभ तथा आयआर्जन राम्रै हुने देखिन्छ । कतै अतिथिको रूपमा सम्मान प्राप्त हुने योग छ । स्वास्थ्य भने केही कमजोर रहन सक्छ, ध्यान पुऱ्याउनुहोला । शत्रु तथा प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । मित्रजनसँग मनोरन्जनमा भुल्ने अवसर जुर्नेछ । आज रमाइलो यात्रा पनि हुनसक्छ । मिठो भोजन प्राप्त हुनेछ । परिवारिक सुख बढ्नेछ ।
मिथुन – आजको दिन सहयोगीहरूको भरमा सबै काम नबन्न सक्छन्, तर पनि वित्तादि लाभ हुने देखिन्छ । पढाइलेखाइमा समय दिन नसकिए पनि बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । गरिँदै आएको काममा थप जाँगर पलाएर आउने छ भने ब्यापार–ब्यवसाय लाभदायी नै रहनेछ । नसोचेको ठाउँबाट धन आर्जन गर्ने मौका जुर्ला । साझेदारीको काम बन्नेछ । आर्थिक समस्याको समाधान प्राप्त हुनेछ ।
कर्कट – कर्मबल बढेपनि स्वास्थ्य कमजोर रहनाले नियमित कार्य सम्पादनमा प्रभाव पर्ने दिन छ । समयमा काम पूरा नहुनाले अवसर गुम्ने सम्भावना छ । आज छरछिमेकमा पनि विवाद तथा झैझगडाको योग रहेकोले बोली र व्यवहारमा विशेषता अपनाउनु हितकर होला । श्रमको समुचित मूल्यांकन नहुनाले आम्दानीमा पनि बाधा पुग्ने देखिन्छ । आत्मविश्वासमा भने कमी आउनेछैन । साथीभाइको सहयोगले रोकिएको काम अघि बढ्ला । प्रतिष्पर्धीमाथि विजय प्राप्त हुनेछ ।
सिंह – मिश्रित फलदायी समय छ । व्यापार ब्यवसायमा सोचेअनुसारकै फाइदा हुने तथा आम्दानी बढ्ने देखिन्छ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । तथापि, काम बिग्रने डरले कता–कता सताइरहला । मित्रजनलाई बेसुरमा वचन दिनाले दुःख पाइने सम्भावना छ, जसबाट मानसम्मानमा पनि ठेस पुग्न सक्छ । कामका लागि गरिएको भ्रमण ब्यर्थ हुने सम्भावना छ, ध्यन राख्नुहोला । प्रेमभाव र सन्तान पक्षबाट सुख बढ्नेछ ।
कन्या – सानो प्रयत्नले पनि ठूलै काम सम्पादन हुने समय छ । विभिन्न सहयोग र उपहार प्राप्तिका साथै प्रेम र मित्रताको बन्धन कसिने, दाम्पत्य सुखमा रमाउने अवसर जुर्ला । सजिलै काम बन्नाले उत्साह जाग्नेछ । परोपकारजन्य क्रियाकलापमा ज्यादा समय बित्नेछ । मंगलमय कृत्य सम्पादनका साथै तीर्थाटनको अवसर प्राप्त हुने देखिन्छ । मित्रजनको सहयोगले यात्रामा सफलता प्राप्त हुनेछ ।
तुला – सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारीको मौका जुर्ला । साथीभाइको साथ मिल्नेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । पशु र कृषिबाट भने सोचेको लाभ नउठ्न सक्छ । आरोग्यबलका साथै पराक्रम बढ्नेछ । धन सम्पदामा बढोत्तरी होला ।
वृश्चिक – आजको दिन सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहन सक्छ । मुख्य काममा बाधा हुने देखिन्छ । भौतिक साधनको खराबीले पनि लक्ष्य प्राप्त गर्न बाधा पुऱ्याउला । स्वास्थ्य केही कमजोर रहन सक्छ । आँटेको काम समयमै पूरा नहुने सम्भावना प्रबल छ । पढाइलेखाइमा पनि खासै मन नजाला । धेरै लगानीपछि कम प्रतिफल पाइन सकिन्छ । मिठो भोजन प्राप्तिको योग छ ।
धनु – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ, तर समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ, ध्यान राख्नुहोला । सहयोगीहरूले राम्रो साथ दिनेछन्, तर आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । पठनपाठन तथा लेखन कार्यमा प्रगति हुनेछ । आरोग्यबल बढ्नेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
मकर – आर्थिक लाभदायी काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा राम्रो फाइदा हुने देखिन्छ । आयआर्जनका स्रोत बढ्नेछन् भने आमाको माध्यमबाट महत्वपूर्ण काम बनाउन सकिनेछ । नसोचेको ठाउँबाट धन आर्जन हुने योग छ । अरूका विषयमा चासो लिँदा विवादमा परिने सम्भावना छ । असावधानीले धन खर्च हुन सक्छ । रसरागको क्रियाकलापमा आकर्षण बढ्नेछ ।
कुम्भ – मिश्रित फलदायी समय छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । कामको सिलसिलामा यात्राको प्रक्रिया अघि बढ्ला । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । स्वास्थ्य पनि केही कमजोर नै रहने देखिन्छ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । नगरेका गल्तीको सजाय भोग्नुपर्ला । प्रतिकुलताका बाबजुद आत्मविश्वासमा कमी आउनेछैन । आफन्तको साथ मिल्नेछ ।
मीन – आजको दिन केही चुनौतीयुक्त रहला । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ भने लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । स्वास्थ्य पनि कमजोर रहने देखिन्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । व्यावसायिक काममा समस्या आउन सक्छ । नियमित कार्यमा समेत जाँगर नलाग्ने समय छ । आजको दिन सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर होला । आफन्तको साथ मिल्नेछ ।
प्रतिक्रिया