आजको पञ्चाङ्ग एवम् राशिफल (५ जेठ २०८२ सोमबार, १९ मे २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (५ जेठ २०८२ सोमबार, १९ मे २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८२ जेठ ५ गते सन् २०२५ मे १९ तारिख सोमबार ज्येष्ठ कृष्णपक्षको सप्तमी तिथि श्रवण नक्षत्र ब्रम्हा योग भद्रा करण आनन्दादिमा सिद्धि योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१५ मा भयो र सूर्यास्त साँझ १८ः४७ मा हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने सम्भावना छ । स्वादिष्ट भोजनमा मन रमाउला । तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउने योग छ । राजनीतिमा रहेकालाई विशेष सफलता मिल्ने सम्भावना छ । इष्टमित्रको सहयोग मिल्नेछ

वृष – सोचेको विशेष काम सफलतापूर्वक सम्पन्न हुने समय छ । परोपकार र धर्मकर्ममा आकर्षण बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ, तर नजिकका साथीभाइ टाढिन सक्ने योग छ । अरूको फाइदाका लागि उपयोग भइएला । विरोधिजनसँगको प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । यात्रापरक काम बन्नाले उत्साह बढ्नेछ । स्वास्थ्यमा सुधार आउला ।

मिथुन – आजको दिन नसोचेको ठाउँबाट धनलाभ हुने देखिन्छ, तर बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । काम बिग्रने डरले सताइरहला । कसैलाई बेसुरमा वचन दिने बानीले आफैलाई कष्टमा पार्न सक्छ, सावधान रहनुहोला । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर हुनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले सचेत रहनुहोस् ।

कर्कट – कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन् । साझेदारीको काम पनि बन्नेछ । धनलाभको सम्भावना छ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । समस्यामा साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागका क्रियाकलापमा आकर्षण रहला । रमाइलो यात्राको योग रहेको छ, दिन रमाइलैसंग बित्ने देखिन्छ ।

सिंह – विशेष योजनाहरू बन्ने र ठूलै लाभको आश्वासन पनि पाइने समय छ । टाढिएका साथीभाइ नजिकिनाले मन हर्षित रहला । धेरैले तपाईंका कामको तारिफ गर्नाले आत्मविश्वास बढ्नेछ । सबल स्वास्थ्यका लागि मसलाजन्य खानाबाट सावधान रहनु उचित होला । पारिवारिक भेटघाटको योग छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका जुर्ने देखिन्छ ।

कन्या – मिश्रित फलदायी समय छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रशन्न रहला । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने योग छ । असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, बोली र व्यवहारमा सजगता अपनाउनुहोला । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा विजयी बनिनेछ । आज अनायसै धन खर्चनुपर्ने आवश्यकता पर्न सक्छ, ध्यान राख्नुहोला । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

तुला – नियमित कार्यमा सहयोगीहरूले राम्रै साथ दिनेछन् र सोचेजस्तै सफलता मिल्नेछ । पारिवारिक जमघटमा मन रमाउला, तर भेटघाटको अलमलले नोक्सान गर्न सक्छ । प्रतिस्पर्धी परास्त हुनेछन् । अवसर आए पनि मौकामा लाभ उठाउन विशेष प्रयत्नको खाँचो छ । आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्ने योग रहेकोले सजग रहनुहोला । आरोग्यबल बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

वृश्चिक – पराक्रम र उत्साह बढ्ने तथा विशेष योजनामा लगानीको समय छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त होला । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ, तर अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । विदेश भ्रमणको प्रयासमा हुनुहुन्छ भने प्रयास सार्थक रहला । आफन्तको साथ सहयोगले पराक्रम बढ्नेछ । आरोग्यता रहनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

धनु – सहयोगीहरूबाट अलिक धोका पाइने सम्भावना रहेपनि विशेष काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त हुने समय छ । मेहनतले राम्रै लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदाको योग छ । खर्चको मात्रा बढ्ने देखिन्छ, सचेत रहनुहोला । निश्चय भएको काम अचानक बिग्रन सक्ने देखिन्छ, सावधानीको खाँचो छ । बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ ।।

मकर – लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । साझेदारीमा पनि फाइदा नै मिल्ने देखिन्छ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ, तर सबल स्वास्थ्यको लागि खानपानमा नियन्त्रण राख्नु उचित हुनेछ । उपहारका नाउँमा बिग्रेको वस्तु हातलागी हुने योग छ । प्राप्त न्यून उपलब्धिले मन बुझाउन नसकिएला । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

कुम्भ – रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव एवं कार्यसम्पादनको क्षमता बढ्नेछ । अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । तर, अनावश्यक वादविवादमा परिने योग रहेकोले सतर्कताको दरकार छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । मिठो भोजन प्राप्त होला । आर्थिक विकाससित सम्बन्धित कार्यमा विशेष सफलता मिल्नेछ ।

मीन – सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने समय छ, तर होसियारीसाथ काम लिनु आवश्यक छ । स्वार्थ वा लाभको पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । कृषिकर्म र व्यावसायिक काममा राम्रै फाइदा हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिले सुख दिलाउने योग छ । मेहनतले कीर्ति दिलाउला । आय वृद्धि हुनेछ । सुख विलास पनि बढ्नेछ ।