आजको पञ्चाङ्ग एवम् राशिफल (७ जेठ २०८२ बुधबार, २१ मे २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (७ जेठ २०८२ बुधबार, २१ मे २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८२ जेठ ७ गते तद्अनुसार सन् २०२५ मे २१ तारिख बुधबार ज्येष्ठ कृष्ण पक्षको नवमी तिथि शतभिषा नक्षत्र वैधृति योग तैतिल करण आनन्दादिमा मानस योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१४ मा भयो र सूर्यास्त साँझ १८ः४८ मा हुनेछ ।

आजको राशिफल

मेष – अनुकूलता वृद्धि भइ रोकिएको काममा सफलता मिल्ने दिन छ । स्वास्थ्य सबल रहला । नियमित काममा पनि फाइदाको योग छ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका जुर्ला । विभिन्न सहयोग र उपहार पाइने देखिन्छ । भौतिक साधन जुट्नुका साथै आयआर्जन राम्रै होला । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । मिठो भोजन मिल्नेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

वृष – मिश्रित फलदायी समय छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ला । अरुको काममा ज्यादा समय खर्च गर्नुपर्ने देखिन्छ । पशुपालन तथा कृषि क्षेत्रबाट भने राम्रै लाभ मिल्ने योग छ । स्वास्थ्य केही कमजोर रहला । आजको दिन अनावश्यक भ्रमणबाट जोगिने प्रयत्न गर्नुहोला । परिवारजनको साथले आत्मविश्वास बढाउनेछ । आफन्तजनको साथ मिल्नेछ ।

मिथुन – लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्नसक्ने समय छ । साथीभाइको सहयोगले हिम्मत दिलाउला । प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुनसक्ने योग छ । तर, समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । विद्यामा कमजोरी र लेनदेनमा विवादको सम्भावना छ, आजको दिन आर्थिक कारोबार नगर्नु उचित हुनेछ । सानातिना घरेलु कार्यमै अल्झनुपर्ने देखिन्छ । बौद्धिक कर्मले सन्तुष्टि दिलाउनेछ ।

कर्कट – ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । नियमित कार्यमा पनि केही चुनौती बढ्न सक्छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । चोरी वा ठगीमा परिने योग छ । अनावश्यक दौडधुपमा समय बित्नसक्छ, महत्वपूर्ण कामलाई थाती राख्नु उचित हुनेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता नगर्नु हितकर होला । मेहनतअनुसार फाइदा कमै हुने योग रहेकोले व्यवसायिक कार्यमा भन्दा सामाजिक क्रियाकलापमा आफूलाई संलग्न गराउनु उचित हुनेछ । मित्रजनको साथ-सहयोग मिल्ने देखिन्छ ।

सिंह – दीगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । प्रतिस्पर्धामा विजयी भइएला । शत्रुपक्ष परास्त हुनेछ । मित्रहरूका साथ रमाइलो यात्राको सम्भावना छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । आम्दानी बढ्नुका साथै परिवारजनका आवश्यकता पूरा हुनेछन् । आरोग्यबल बढ्नेछ । रसराग तथा मनोरञ्जनात्मक क्रियाकलापमा लगाव बढ्ने देखिन्छ । पारिवारिक सुख–शान्ति रहनेछ ।

कन्या – दाम, इनाम र प्रतिष्ठाका साथ आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिने समय छ । सामाजिक दायित्व बढेपनि परोपकारी कार्यको माध्यमबाट सन्तुष्टिको मात्रा बढ्नेछ । कामकै सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने योग छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ला । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । प्रेमभाव वृद्धिका साथै सन्तान पक्षबाट सुख बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

तुला – कीर्तिमानी काम गर्ने समय छ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट विशेष लाभ मिल्ने देखिन्छ । व्यापार-व्यवसायमा राम्रै फाइदा होला । तथापि, आफ्नै कमजोरीले विवादमा परिने सम्भावना रहेकोले सावधानीको दरकार छ । बोली र व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई विशेष लाभको योग छ । आजको दिन सवारीसाधन उपयोग गर्दा थप सावधानी अपनाउनुहोला । साहसिक काममा आकर्षण रहनेछ ।

वृश्चिक – ब्यस्तता केही बढेपनि श्रमको उचित मूल्यांकन हुने तथा लाभदायी काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । पढाइलेखाइमा प्रगति हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रशन्नता मिल्नेछ । मित्रजनका साथ रमाइलो यात्राको अवसर जुट्ने सम्भावना छ । रोकिएको काम मिहेनतले बन्नेछ । सामर्थ्य वृद्धि होला । आरोग्यबल बढ्नेछ । सुख–सुविधाको वस्तुमा खर्च केही बढ्ने योग छ । शत्रुलाई परस्त गर्ने सकिनेछ । समग्रमा दिन उत्साहवद्र्धक रहला ।

धनु – आयआर्जनका स्रोत बढ्ने र व्यापार-व्यवसायमा पनि अनपेक्षित फाइदा हुने समय छ । मेहनतले आम्दानी बढाउनेछ भने उठ्नुपर्ने रकम हातलागी हुने सम्भावना प्रबल छ । साझेदारीमा राम्रो फाइदा होला । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । खेलकुद, भ्रमण एवम् रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । बौद्धिक कार्य बन्नेछ ।

मकर – आजको दिन सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । इर्ष्या गर्नेहरूले काममा अवरोध गर्न सक्छन् । विशेष कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, सजग रहनुहोला । अरूका विषायमा चासो लिँदा झमेला आइपर्ने देखिन्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्ने योग छ । मित्रजनको साथ मिठो भोजन प्राप्त होला, तथापि खानपानमा नियन्त्रण राख्नु उचित हुनेछ । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहयोग पुग्नेछ ।

कुम्भ – ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ भने परिवारजनबाट टाढिनुपर्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइएला । स्वास्थ्य पनि केही कमजोर रहने योग छ । अस्वस्थताले महत्वपूर्ण काममा ढिलासुस्ती हुन सक्छ । बुद्धि–विवेकको सही प्रयोगले आर्थिक विकाससित सम्बन्धित विशेष कार्यमा सफलता मिल्नेछ ।

मीन – महत्वाकांक्षी योजना बिस्तारै फलदायी हुने समय छ । ब्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । विभिन्न अवसरले पछ्याउनेछन् भने रुचिका विषयमा लगानी बढाउन सकिनेछ । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह-सहयोगले सन्तुष्टि दिने योग छ । साझेदारीको काम बन्नुका साथै सुख-सुविधाको वस्तु बढ्नेछन् ।