✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८२ जेठ ९ गते तद्अनुसार सन् २०२५ मे २३ तारिक शुक्रबार ज्येष्ठ कृष्णपक्षको एकादशी तिथि उत्तराभाद्रपद नक्षत्र प्रीति योग बव करण आनन्दादिमा ध्वज योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१३ मा भयो र सूर्यास्त साँझ १८ः४९ बजे हुनेछ । अपरा एकादशी व्रत ।
आजको राशिफल
मेष – आजको दिन बौद्धिक कार्यमा तीब्रता आउनुको साथै जोश र जाँगर बढ्ने, पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ । अरुको विश्वास सजिलै जित्न सकिएला । सामाजिक कार्यमा खासै रुचि नहोला । स्वास्थ्य केही कमजोर रहला । मूलतःहाडजोर्नीको समस्याले सताउने देखिन्छ । आर्थिक कारोबारमा पनि समस्या आउने योग छ, सजग रहनुहोला । आमोदप्रमोदको भाव जागृत हुनेछ ।
वृष – शुभदायी समय छ । नियमित कार्यमा प्रगतिका साथै नयाँ कार्य पनि आरम्भ हुन सक्छ । शैक्षिक उन्नतिका अवसरहरू मिल्नेछन् । विवाहितहरूको दाम्पत्य जीवन सुखमय रहनेछ । सबल स्वास्थ्यका लागि खानपानमा सजगता अपनाउनु हितकर हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ । आफन्तको साथले उत्साह बढाउला ।
मिथुन – परोपकारी कार्यमा मन जाने तथा धर्मकर्ममा आकर्षण बढ्ने समय छ । कतै रमाइलो यात्रा गर्ने अवसर प्राप्त होला । उद्योग र व्यापारमा विशेष फाइदा हुने देखिन्छ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइएला । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । आजको दिन चरित्रसम्बन्धी आरोप आउन सक्ने योग रहेकोले विपरितलिङ्गीहरुसँग दूरीमा रहनु हितकर होला । जस्तोसुकै समस्याको समाधान प्राप्त हुनेछ ।
कर्कट – आजको दिन केही चुनौतीयुक्त रहला । लेनदेनमा विवाद बढ्ने सम्भावना छ । काम रोकिनुका साथ मानसम्मानमा आघात पुग्न सक्छ । माता, पिता र सन्तानसँगको मतभेद बढ्ने सम्भावना छ, व्यवहारमा सजगता अपनाउनुहोला । विगतको श्रमबाट भने लाभ मिल्ने योग छ । पढाइलेखाइमा अवरोध आउने छ । आजको कुनै निर्णय खराब हुनसक्छ, निर्णय गर्दा अलि विचार गर्नुपर्ला । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ । प्रतिकुलताका बाबजुद मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
सिंह – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । नयाँ काम र जिम्मेवारी हात पार्न सफल भइएला । सहयोगीहरूले राम्रो साथ दिनेछन् । प्रेमभावका साथै दामपत्यसुख बढ्नेछ । समस्यामा इष्टमित्रको साथ रहनेछ । आजको दिन लेनदेनको कारोबार सकभर नगर्नु उचित हुनेछ । बलभन्दा बुद्धिको काममा जोड दिनु हितकर होला । खर्चका बाध्यता धेरै आइपर्ने योग छ ।
कन्या – भाग्यबल वृद्धि होला । विदेश यात्रा तथा स्थानान्तरणको प्रयासमा हुनुहुन्छ भने सजिलै मिल्ने समय छ । पति-पत्नीबीचको सम्वन्ध सुमधुर हुनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुने देखिन्छ । प्रेमभाव वृद्धि होला । यात्रागत कार्यमा सफलता मिल्नेछ । मित्रजन सहयोगी सावित हुनाले कार्यगति बढ्नेछ । मान महत्व बढ्ला । धार्मिक कार्यमा भने खासै मन जानेछैन
तुला – मिश्रित फलदायी समय छ । व्यापार-व्यवसायमा लक्ष्यअनुरूप सफलता प्राप्त हुनेछ । घर-जग्गा, सवारीसाधन जोड्ने अवसर जुर्नसक्छ । पति-पत्नीबीचको सम्बन्ध सुमधुर रहनेछ, तर मित्रजनसँग असमझदारी वा मनमुटाव बढ्ने योग छ । बोली र व्यवहारमा संयमता अपनाउनु हितकर होला । महत्वपूर्ण विषयको निर्णायक क्षमतामा कमी आउला । आरोग्यबल बढ्नेछ । अनावश्यक यात्राको सम्भावना छ ।
वृश्चिक – आजको दिन तपाईंका कामको तारिफ हुनेछ । भुलेका मित्रहरुले सम्झनेछन् भने आम्दानीका अवसरहरू प्राप्त हुने योग छ । रोकिएको काम मिहिनेतले बन्नेछ । विद्यार्थीहरुका लागि पनि दिन राम्रो छ । सबल स्वास्थ्यका लागि खानपानमा विशेष ध्यान दिनुपर्नेछ । विशेष योजनाको सफलताका लागि गोपनियतामा निरन्तर रहनुहोला । कसैसंग सामान्य विवादको योग रहेकोले संयमताको दरकार छ । महत्वपूर्ण कार्यमा अरूको भर नपर्नु हितकर हुनेछ ।
धनु – आजको समय केही प्रतिकुल रहने देखिन्छ । घरेलु समस्याले सताउने, मित्र र आफन्तहरूबाट धोका हुने सम्भावना छ । पति-पत्नीबीच विवाद बढ्ने र प्रेमी-प्रेमिकाबीच पनि असमझदारी बढ्ने योग छ । तपाईंका कमजोरीमाथि टीका-टिप्पणी हुन सक्छ । सहयोगीहरू टाढिन सक्छन् । बोलीको गलत अर्थ लाग्नाले वादविवाद सिर्जना हुनसक्छ, मौन रहनु हितकर होला । विवेकको प्रयोगले समस्याबाट उम्कन सघाउनेछ ।
मकर – व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने समय भएपनि सहयोगीहरूको भरपर्दा अन्त्यमा धोका मिल्नसक्छ । काममा लगनशील बन्न नसक्दा आलोचनाको शिकार बन्ने सम्भावना छ । तथापि, नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । मनोरञ्जनयुक्त यात्रा हुनुका साथै मिष्ठान्न भोजनको अवसर जुर्ला । व्यस्तता बढ्नेछ । आरोग्यता रहनेछ । फजुल खर्चको योग रहेकोले योजना र बजेट बनाएर मात्र आर्थिक व्यवहार गर्नु हितकर हुनेछ ।
कुम्भ – आजको दिन केही सुख केही दुःखको भावका साथ बित्ने देखिन्छ । बोलीको प्रभावमा अरुलाई विश्वास दिलाउन सफल भई चाहेको कार्य अघि बढाउन सकिने समय छ । वैदेशिक कार्यहरू तीव्र गतिमा अगाडि बढ्न सक्छन् । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने सम्भावना छ, सजग रहनुहोला । भेटघाटको अलमलले महत्वपूर्ण योजनामा असर पार्न सक्छ । चुनौतीहरूसँग सम्झौता गर्नुपर्ने अवस्था पैदा होला । मिठो भोजन प्राप्त हुनेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा केही सफलता मिल्नेछ ।
मीन – लामो समयदेखि रोकिएको काम बन्ने समय भएपनि आम्दानी सीमित हुनाले आर्थिक कठिनाई आउन सक्छ । निरर्थक यात्रा गर्नुपर्ने देखिन्छ । प्रेमसम्बन्धमा खटपट देखापर्ला । दाम्पत्य सम्बन्ध पनि चिसो रहने योग छ । निको भइसकेको रोगले पुन सताउने देखिन्छ । लेखन-प्रकाशनसित सम्बन्धित कार्यमा आंशिक सफलता मिल्नेछ ।
प्रतिक्रिया