आजको पञ्चाङ्ग एवम् राशिफल (११ जेठ २०८२ आइतबार, २५ मे २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (११ जेठ २०८२ आइतबार, २५ मे २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थी नाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८२ जेठ ११ गते तद्अनुसार सन् २०२५ मे २५ तारिख आइतबार ज्येष्ठ कृष्ण पक्षको त्रयोदशी तिथी अश्विनी नक्षत्र ९ः२५ पर भरणी नक्षत्र सौभाग्य योग भद्रा करण आनन्दादिमा आनन्द योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१२ मा भयो र सूर्यास्त साँझ १८ः५० मा हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । ।सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । कामको सिलसिलामा यात्रा गर्दै हुनुहन्छ भने कार्यसफलताको योग छ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

वृष – सानातिना काम र घरेलु समस्यामा अल्झनुपरे पनि लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । केही समय लागे पनि महत्वपूर्ण कार्य सम्पादन हुनेछन् । परिवारजनको सहयोग लिँदा अझ फलदायी हुनेछ । आश मारेको फल पुनः प्राप्त हुने योग छ । कतैबाट शुभ समाचार प्राप्त होला । बौद्धिक र रचनात्मक काममा विशेष सफलता मिल्नेछ । यात्रापरक काम पनि बन्नेछ ।

मिथुन – आजको दिन कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकले काम लिने प्रयत्न गर्नुहोला । बौद्धिक प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । स्वास्थ्यमा पनि केही कमजोरी अनुभूति हुनेछ । नियमित कार्यमा केही चुनौतीको सामना गर्नुपरेपनि व्यापार–व्यवसायमा लाभ नै हुनेछ । व्यावसाय विस्तारका लागि यात्राको सम्भावना छ । आफ्ना धारणालाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी सावित हुनेछ । विवेकको सही प्रयोगले शत्रुमाथि विजय प्राप्ति हुनेछ ।

कर्कट – समय शुभदायी छ । रोकिएका काम ढुक्कले अघि बढाउन सकिनेछ । सोख पूर्तिका लागि केही खर्च बढ्न सक्छ । प्रेमको बन्धन कसिनुका साथै दाम्पत्य सम्बन्धमा रमाउने समय छ । दिन मनोरञ्जनपूर्ण रहला । सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनु हितकर होला । आलस्यले अवसर गुम्न सक्छ, चुस्त रहने प्रयत्न गर्नु अपरिहार्य छ । लेनदेन कार्यलाई आजको दिन थाती राख्नु उचित हुनेछ । समस्यामा साथीभाइको सहयोग मिल्नेछ ।

सिंह – बिनाप्रतिस्पर्धा फाइदा हुने समय भएपनि विशेष योजना कार्यान्वयनमा अरूको भरपर्दा काम रोकिन सक्छ । कामकै दौडानमा नयाँ ज्ञान सिक्ने मौका प्राप्त होला । आम्दानी बढ्ने र नयाँ सवारीसाधन प्राप्तिको योग छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ, ध्यान राख्नुहोला । मित्रजनको साथले भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुने देखिन्छ । मनोरञ्जनात्मक क्रियाकलापमा आकार्षण रहनेछ ।

कन्या – अनुकूल समय छ । नियमित कार्यमा सहयोगीहरूले राम्रो साथ दिनेछन् । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । रोकिएका काम बन्नाले उत्साह जागृत होला । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट विशेष लाभ उठाउन सकिनेछ । कुनैपनि समस्याकको समाधान मिल्नाले कार्यगति बढ्नेछ । साहसिक काममा आकर्षण रहनेछ ।

तुला – चुनौती चिर्दै काम सम्पादन गर्न सकिने समय भएपनि इर्ष्या गर्नेहरूले काममा अवरोध गर्न सक्छन्, सावधान रहनुहोला । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । आजको दिन खर्चको मात्रा केही बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनु अन्ततः फलदायी नै हुनेछ । अरुबाट आलोचित हुने, विशेष काममा बाधा आउने, धनमाल हराउनसक्ने सम्भावना पनि रहेको छ, ध्यान राख्नुहोला । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

वृश्चिक – पुरुषार्थी काम सम्पादन हुनसक्ने समय छ । रोकिएका काम बिस्तारै बन्नेछन् । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना छ, संयमपूर्ण व्यवहार गर्नुहोला । पठनपाठनमा राम्रै प्रगति हुनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा लाभको योग छ । स्वादिष्ट भोजनमा मन रमाउला । आरोग्यबल र आत्मविश्वास बढ्नेछ । सुख–सुविधाको वस्तुमा केही खर्च बढ्न सक्छ । योजना बनाएरमात्र आर्थिक व्यवहार गर्नु हितकर हुनेछ ।

धनु – आजको दिन केही चुनौती बढ्ने देखिन्छ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिएला । भेटघाटको अलमलले नोक्सान गर्न सक्छ । पहिलेको सम्झौताले अप्ठ्यारो पार्ने देखिन्छ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्नु उचित हुनेछ । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ, यसमा ध्यान दिएर कार्ययोजना बनाउनु हितकर होला । रचनात्मक काम बन्नेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

मकर – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । तर, अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुने देखिन्छ । कमजोर मानसिकताले पछि परिएला । विशेष योजना अघि बढाउँदै हुनुहुन्छ भने हिम्मतले काम लिन सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुने योग छ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । प्रेमसम्बन्धमा नयाँ मोड आउला । लेखन तथा प्रकाशनसित सम्बन्धित काम सार्थक रहनेछ । सुख विलास बढ्नेछ ।

कुम्भ – मिश्रित फलदायी समय छ । विशेष योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । पुरानो गतिले काम बिग्रन सक्छ । कसैलाई बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । शुभ भावका साथ गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । नसोचेको स्थानबाट धन आर्जन हुने येग छ । मित्रजनका साथ मिठो भोजन प्राप्त हुनेछ । आर्थिक क्रियाकलापमा विशेष सफलता मिल्ने योग छ । आफन्तको साथ र परिवारिक सुख बढ्नेछ ।

मीन – व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । धैर्यसाथ निरन्तर प्रयत्न गर्नु उचित हुनेछ । पारिवारिक जमघटमा मन रमाउला । आरोग्यबल वृद्धिले उत्साह जगाउनेछ ।