✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८२ ज्येष्ठ १२ गते तद्अनुसार सन् २०२५ मे २६ तारिख सोमबार ज्येष्ठ कृष्ण पक्षको ११ः२२ पर अमावश्या तिथि भरणी नक्षत्र ७ः४४ पर कृतिका नक्षत्र शोभन योग चतुष्पाद करण आनन्दादियोगमा चर योग चन्द्रमा मेष राशिमा १३ः२० बजेसम्म त्यसपछि वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१२ मा भयो र सूर्यास्त साँझ १८ः५१ मा हुनेछ । वटसावित्री व्रत ।
आजको राशिफल
मेष – आजको दिन केही चुनौतीयुक्त रहला । नियमित क्रियाकलापमा गडबडी आउनुका साथै अनावश्यक खर्च बढ्ने देखिन्छ । उच्च महत्वाकांक्षाले नोक्सानी निम्त्याउने योग छ, ध्यान राख्नुहोला । स्वास्थ्य पनि कमजोर रहनसक्छ । सरकारी निकायबाट हुने कडिकडाउको सिकार हुने तथा दण्ड-जरिवानाको पनि सम्भावना छ । पतिपत्नीबीच असमझदारी बढ्न सक्छ, संयम व्यवहार गर्नु हितकर हुनेछ । कामको सिलसिलामा गरिने यात्रा भने सार्थक रहनेछ ।
वृष – पारिवारिक समस्याको समाधान मिल्ने समय छ । परिवारजनका साथै साथीसंगीको पनि सहयोग प्राप्त हुनेछ । व्यापार–व्यवसायमा लगानी बढाउन सकिएला । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ तर जीवनसाथीलाई भने केही पीडा हुने योग छ । नसोचेको स्थानबाट धनलाभको सम्भावना छ । मित्रजनको साथ मिठो भोजन प्राप्त होला । बौद्धिक र रचनात्मक कार्यमा विशेष सफलता मिल्नेछ । यात्रापरक काम बन्नाले उत्साह जागृत होला ।
मिथुन – लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । नयाँ उद्योग वा विशेष काम सुरु गर्न सकिनेछ । नसोचेको ठाउँबाट धन प्राप्त भइ मन प्रशन्न रहला । अध्ययन-अध्यापन कार्यमा प्रगति हुनुका साथै नयाँ ज्ञान प्राप्त होला । ब्यापार–व्यवसायबाट राम्रै धनलाभ हुनेछ । भौतिक साधनहरू जुट्नेछन् र पशुधनबाट पनि राम्रै फाइदा हुने देखिन्छ । स्वास्थ्य सबल रहनुका साथै शत्रुमाथि विजय प्राप्त हुनेछ । बौद्धिकता तथा रचनात्मकता बढ्नेछ ।
कर्कट – आजको दिन कर्मबल वृद्धि हुनुका साथै तपाईंबाट भएका कामहरूको धेरैले प्रशंसा गर्नेछन् । नोकरीमा प्रशंसा मिल्ने र पढाइलेखाइमा पनि प्रगतिको समय छ । रमाइलो भ्रमण गर्ने अवसर प्राप्त होला । सन्तान वा अनुयायीले पनि प्रसन्नता दिलाउनेछन् । जमिनसम्बन्धी कारोबार गर्दैहुनुहुन्छ भने आजको लागि थाती राख्नु उचित हुनेछ । बन्धुबान्धवसँग केही असमझदारी बढ्ने योग छ । आय र आरोग्यबल बढ्नेछ । खेलकुद एवम् रसरागका क्रियाकलापमा आकर्षण रहला ।
सिंह – घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्नसक्ने समय छ । घरखर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ । विपरीतलिंगप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धनमा कसिने योग छ, तर खर्च भने अप्रत्यासित बढ्ने देखिन्छ । महत्वपूर्ण काममा बाधा पर्नसक्ने योग छ । प्रतिस्पर्धीहरूले ठाउँ ओगट्न सक्छन् । आरोग्यबल बढ्नेछ । मित्रजन सहयोगी बनेर देखापर्लान् ।
कन्या – मिश्रित फलदायी समय छ । नियमित कार्यमा खासै जाँगर लाग्नेछैन । स्वास्थ्यमा केही कमजोरी महसूस भएपनि कामको दायित्व बढ्नेछ । हातमा आएका महत्वपूर्ण अवसर गुम्न सक्छन्, होसियार रहनु उचित होला । आजको दिन सवारीसाधन एवम् हातहतियार उपयोग गर्दा विशेष सावधानी अपनाउनु हितकर होला । पारिवारिक सम्बन्ध अलिक कमजोर बन्ने देखिन्छ । यात्रामा सफलता मिल्ने र आर्थिक समस्या समाधान हुने योग छ ।
तुला – आजको दिन स्वास्थ्य सबल रहनेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । यश वर्चश्व बढ्नेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । कृषि, पशुधनबाट पनि रम्रै लाभ मिल्नेछ । तथापि, खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइने सम्भावना छ । तपाईंको सामान्य कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ, बोली र व्यवहारमा संयमता अपनाउनुहोला ।
वृश्चिक – सरकारी सेवामा हुनेका लागि प्रगति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदाको समय छ । समयमा निर्णय लिन नसक्दा हातमा आएको अवसर गुम्नसक्ने तर्फ विशेष सजग रही कार्य गर्नु हितकर होला । रोकिएका काम बनी नयाँ काम सुरु हुनेछन् भने व्यापारमा पनि फाइदाकै योग छ । आरोग्यबल बढ्नेछ । मान–सम्मानमा चोट पुग्ने सम्भावनालाई ध्यानमा राख्दै व्यवहार गर्नु आवश्यक देखिन्छ । बुद्धि–विवेकको प्रयोगले शत्रुपक्षलाई परास्त गर्न सकिनेछ ।
धनु – मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिने समय भएपनि आजको दिन केही चुनौतीयुक्त नै रहला । र परिवारजनमा केही असमझदारी बढ्न सक्छ । स्थायी सम्पत्तिका विषयमा विवाद उत्पन्न हुनसक्छ । जीवनसाथीको समस्याले चिन्ता बढ्ने योग छ । अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइएला । धार्मिक-सामाजिक क्रियाकलापमा पनि बाधा उत्पन्न हुनसक्छ, सजक रही कार्य–व्यवहार गर्नुहोला ।
मकर – समय शुभदायी एवम् सुखकारी छ । मानसम्मानका साथमा आम्दानी पनि बढ्ने देखिन्छ । जीवनसाथीको सहयोगले थप लाभ र आनन्द प्राप्त होला । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनुका साथै राष्ट्रियस्तरकै मानसम्मान प्राप्त हुने योग छ । आफन्तजनको साथ-सहयोग जुट्नाले मंगलमय काम सम्पादन हुने देखिन्छ । नियमकानूनले साथ दिनाले शत्रुपक्ष परास्त हुनेछ ।
कुम्भ – परिवारजनको सहयोगले उत्साह बढाउनेछ भने उत्साहवद्र्धक समाचार सुन्न पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने छ । सुखद समाचारले काममा उत्साह जगाउनेछ भने प्रतिस्पर्धी परास्त हुनेछन् । मिठो भोजन प्राप्तिको योग छ, तर सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्नेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा विशेष सफलता मिल्ने समय छ ।
मीन – परिवारजनको सहयोगले विशेष कामहरू बन्ने समय छ । अनुसन्धानात्मक क्षेत्रमा संलग्न रहेकालाई विशेष सफलता प्राप्ति हुने देखिन्छ । यात्रागत कार्यबाट धनलाभ हुन सक्छ । प्रेम र मित्रताको बन्धन कसिएला । दाम्पत्य सम्बन्ध पनि सुमधुर रहनेछ । व्यापार-व्यवसायमा राम्रै फाइदा हुनेछ भने समस्यामा इष्टमित्र तथा बन्धुबान्धवको सहयोग मिल्नेछ । साझेदारीको काम बन्नेछ ।
प्रतिक्रिया