✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८२ जेठ १३ गते तद्अनुसार सन् २०२५ मे २७ तारिख मंगलबार ज्येष्ठ कृष्ण अमावश्या तिथि ८ः५९ पर ज्येष्ठ शुक्ल पक्षको प्रतिपदा तिथि कृतिका नक्षत्र ६ः८ पर रोहिणी नक्षत्र सुकर्म योग किंस्तुघ्न करण आनन्दादिमा गद योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१२ मा भयो र सूर्यास्त साँझ १८ः५१ मा हुनेछ । औंसी, शनिजयन्ती ।
आजको राशिफल
मेष – न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित होला । अरूलाई प्रभावित पारेर फाइदा उठाउने प्रयास गर्दा आंशिक सफलता मिल्नेछ । भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ होला । स्वास्थ्य केही कमजोर रहन सक्छ, जसले गर्दा नियमित कार्यको जोश–जाँगरमा केही कमी आउने देखिन्छ । पठनपाठनमा समय दिन नसकिएला । समस्यामा इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।
वृष – प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिने दिन छ । कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिएला । कीर्तिमानी काम सम्पादन हुने र विभिन्न उपहार प्राप्तिको योग छ । महत्वपूर्ण योजनामा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । विरोधिहरूको चलखेल बढ्नाले चुनौती समेत सामना गर्नपर्ला । मान्यजनसँग असमझदारी बढ्न सक्छ, व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । परिवारिक सुख वृद्धिले उत्साह बढाउला ।
मिथुन – सानो प्रयत्नले ठूलो काम सम्पादन हुनसक्ने समय छ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । आज सहयोगीहरूले पनि राम्रो साथ दिनेछन् । कृषिकर्ममा विशेष फाइदा होला । मित्रजनका साथ मिठो भोजन प्राप्त हुने योग छ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । जस्तोसुकै समस्याको समाधान मिल्नेछ ।
कर्कट – बोलीको प्रभाव बढ्ने तथा अभिव्यक्ति कलाको माध्यमबाट लाभ लिन सकिने समय छ । कर्मबल बढ्नाले आय वृद्धि होला । विशेष कार्यमा मित्रजनको सहयोग प्राप्त हुनेछ । रोकिएको काम बन्नेछ । शत्रुपक्ष परास्त हुनेछ । मनोरञ्जनपूर्ण यात्राको योग छ । पढाइलेखाइमा सामान्य प्रगति हुनेछ । सेवामूलक कामबाट पनि धनलाभ हुने र सन्तान वा सहयोगीका माध्यमबाट विशेष काम बन्ने देखिन्छ ।
सिंह – आजको दिन श्रमअनुसारको मूल्य वा परिणाम नमिल्न सक्छ, सोचेभन्दा कमै फाइदा मिल्ने समय छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । तथापि, विगतका कमी-कमजोरीलाई सुधार गर्ने मौका जुर्ला । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । कृषि-व्यवसायबाट आम्दानी बढ्ने देखिन्छ । बिछोडिएका परिवारजनसँग भेटघाट होला । विपरीतलिंगीप्रति आकर्षण बढ्नेछ । बौद्धिक तथा कलात्मक कार्यमा सफलता मिल्नेछ ।
कन्या – भौतिक साधन जुट्नुका साथै आम्दानी बढाउने काम सुरु गर्न सकिने समय छ । आयआर्जन राम्रै होला । नयाँ कामको प्रस्ताव आउने तथा धन आर्जनको योग छ भने सहयोगीहरू पनि भेटिनेछन् । तथापि, आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । सरसापटमा धन खर्च हुने सम्भावना छ । परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइनेछ, ध्यान राख्नुहोला ।
तुला – प्रतिभाको कदर हुने र बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउनसक्ने समय छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ । एउटै कामबाट दोहोरो लाभ मिल्ला । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । बौद्धिक प्रतिस्पर्धामा अब्बल सावित हुने योग छ । साहसिक कार्यमा मन जानुका साथै सफलता पनि मिल्नेछ । सुखदयात्राको सम्भावना छ ।
वृश्चिक – भाग्योन्नतिको समय छ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिएला । मित्रजनका साथ स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको कार्यबाट मिलेको सफलताले थप हौसला जगाउनेछ । ब्यापार–ब्यवसायमा राम्रै लाभ हुनेछ । तथापि, अरूको भर पर्दा धोका हुन सक्छ, ध्यान राख्नुहोला । दाम्पत्यसुख वृद्धिको योग छ । आरोग्यबल बढ्नेछ ।
धनु – व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । नियमित काममा आलस्य जाग्ने भने ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा हुनेछ । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला । कसैसंग सामान्य मनमुटाव पनि पर्न सक्छ । आजको दिन खर्चको मात्रा केही बढ्ने देखिन्छ । आरोग्यता रहनेछ । बौद्धिक कार्य बन्नेछ । प्रतिकुलताकाक बाबजुद रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । साझेदारीको काम बन्नेछ ।
मकर – समय केही चुनौतीयुक्त रहने देखिन्छ । आफ्नै कमजोरीले विवादमा परिने सम्भवना छ, बोली र व्यवहारमा संयमता अपनाउनु उचित होला । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस हुनेछ । परिवारजनको सहयोग लिएर काम गर्ने प्रयास गर्दा आंशिक सफलता मिल्नेछ । अध्ययन–अध्यापनमा प्रगति हुनेछ । विगतका कमी–कमजोरीलाई सुधार्ने मौका पाइनेछ । प्रेमभाव बढ्नेछ ।
कुम्भ – आजको दिन तपाईंबाट भएका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । नियमित कार्यमा फुर्सदिलो अनुभूति हुनुका साथै सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ । सुन्दर पहिरनले व्यक्तित्व निखार्दै अरुलाई प्रभावित तुल्याउन सकिने समय छ । रमाइलो जमघटको अवसर पनि प्राप्त हुने देखिन्छ । कतै अतिथिका रूपमा सत्कारसहित मिठो भोजन प्राप्त हुने योग छ । सामर्थ्य वृद्धि हुनेछ ।
मीन – मेहनतले सम्मानित स्थान दिलाउने समय भएपनि आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । तर, नचिताएको ठाउबाट धन आर्जन हुनाले मन हर्षित होला । व्यापार–व्यवसायमा लाभ हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर पनि जुट्न सक्छ । आरोग्यबल बढ्नेछ । सुख–विलासको अवस्था रहला ।
प्रतिक्रिया