✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम सम्बत्सर ग्रीष्म ऋतु वि.सं. २०८२ जेठ १६ गते तद्अनुसार सन् २०२५ मे ३० तारिख शुक्रबार ज्येष्ठ शुक्ल पक्षको चतुर्थी तिथि पुनर्वसु नक्षत्र गण्ड योग वणि करण आनन्दादिमा लुम्ब योग चन्द्रमा मिथुन राशिमा राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः११ मा भयो ।
आजको रशिफल
मेष – अग्रज एवम् विशिष्टजनको आशीर्वादले रोकिएको काम बन्नसक्ने समय छ । व्यवहारबाटै नयाँ ज्ञान प्राप्त हुने देखिन्छ । नियमित कार्यबाट आर्थिक लाभ प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् र सोचेजस्तै सफलता मिल्ने योग छ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्ला । इर्ष्या गर्नेहरूले काममा अवरोधको प्रयास गरेपनि जित तपाईंकै हुनेछ । आफ्ना योजना गोप्य राखेर अघि बढ्ने प्रयास गर्नुहोला ।
वृष – मिश्रित फलदायी समय छ । परोपकार र धार्मिक क्षेत्रमा मन आकर्षित रहला । विशेष योजनामा साथीभाइको सहयोग प्राप्त हुनाले पराक्रम बढ्नेछ भने रोकिएका काम सम्पादन हुनेछन् । कसैसँग सामान्य विवाद वा झगडा हुनसक्ने योग छ, आजको दिन बोली र व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ । सवारी साधनको प्रयोगमा अपनाइएको सचेतनाका कारण चोटपटकबाट जोगिन सक्नुहुनेछ । बौद्धिक क्षेत्रको काममा यात्रा हुनसक्छ । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना छ ।
मिथुन – सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइएला । कतै लामो दूरीको लाभदायी यात्रा गर्नुछ भने जाँगर चलाउनु हितकर हुनेछ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि गर्न सक्नेछैनन् । सभा-समारोहमा मान प्राप्त हुने योग छ । पराक्रम वृद्धिले ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – कर्मबल वृद्धि र नियमित कार्यमा लगाव बढ्ने दिन छ । तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त होला । वरिष्ठ व्यक्तित्वका साथमा सुमधुर सम्बन्ध बन्ने योग छ । बन्द–व्यापारबाट राम्रै लाभ मिल्ला । तथापि, गरगहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु हितकर हुनेछ । अप्ठ्यारा परिस्थितिसँग जुझ्न मित्रजनको सहयोग रहनेछ । आरोग्यबल बढ्नेछ । रसरागमा आकर्षण रहनेछ ।
सिंह – नोकरी तथा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखापर्ने समय छ । चुनौती र अप्ठ्यारा हटाउन आज गरिएको प्रयास सफल रहला । मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्ने देखिन्छ । विशेष योजना गोप्य राखेर अघि बढ्ने प्रयास गर्नुहोला । पुरानो गतिले काम बिग्रन सक्छ । आरोग्यबल बढ्नेछ ।
कन्या – चुनौती चिर्दै काम सम्पादन गर्न सकिने समय छ । नयाँ काम र जिम्मेवारी हातपर्ने देखिन्छ । पढाइलेखाइमा पनि राम्रै प्रगति होला । आर्थिक पक्ष सबल रहनेछ । स्वास्थ्य भने केही कमजोर रहेको अनुभूति होला । सबल स्वास्थ्यका लागि खानपानमा विशेष ध्यान दिनु उचित हुनेछ । परिवारमा पाहुनाको चाप बढ्न सक्छ र, तिनको आवागमनमा महत्वपूर्ण समय ब्यतीत हुने सम्भावना छ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला ।
तुला – पारिवारिक सुख मिल्नुका साथै नियमित कार्य-व्यवहारमा समयको सदुपयोग हुने समय छ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला । सानातिना घरेलु समस्या स्वतः पन्छिनेछन् भने नसोचेको कामबाट पनि लाभ मिल्ने योग छ । अप्ठ्यारो परिस्थितिमा पनि विशेष काम बन्नेछन् । मित्रजनको सहयोगले यश-वर्चश्व बढ्नेछ ।
वृश्चिक – मनमा दोधारको अवस्था सिर्जना भएपनि न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुने समय छ । आर्थिक पक्ष सुदृढ रहला । यात्रामा भजे सोचेजस्तो रमाइलो नहुन सक्छ । सबल स्वास्थ्यका लागि खानपानमा नियन्त्रण गर्नु हितकर होला । रोकिएको काम मित्रजनको सहयोगले अघि बढ्नेछ । सामर्थ्य वृद्धि होला । बौद्धिक तथा रचनात्मक कार्य सार्थक रहनेछ । सुख-सुविधाको वस्तुमा खर्च बढ्न सक्छ ।
धनु – नियमित कार्यमा लगाव रहने तथा सहयोगीजनको विशेष साथ–सहयोग रहने समय छ । पारिवारिक साथले पनि उत्साह जगाउनेछ । तर, व्यवसायको चाप या ब्यस्तताका कारण प्रेमी या प्रेमिकासँगको सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ, ध्यान राख्नुहोला । कामको सिलसिलामा यात्रा गर्नुपर्ने अवस्था आउनसक्छ, तर आजको दिन यात्रागत कार्य स्थगित गर्नु उचित हुने देखिन्छ । मिठा परिकारको आनन्द पाइएला ।
मकर – मिश्रित फलदायी दिन छ । अरुको सामान्य बोली-वचनले पनि मनमा गहिरो छाप छोड्न सक्छ । कल्पना र भावनामा केन्दित भइएला । बोलीको विपरीत अर्थ लाग्ने र विवादमा परिने योग भएकोले संयमित रही अभिव्यक्ति दिनु हितकर होला । नचिताएको स्थानबाट धनागमन हुने देखिन्छ । परिणाममुखी काममा लगानीको सम्भावना छ । दाम्पत्यसुख बढ्नेछ भने मनोरञ्जनात्मक क्रियाकलापमा विशेष लगाव बढ्नेछ ।
कुम्भ – नियमित कार्यमा जाँगर चल्नुका साथै उत्साह र उमङ्ग मिल्ने दिन छ । स्वास्थ्य सबल रहनेछ र मिहेनतको उपलब्धि राम्रै हासिल हुने देखिन्छ । पराक्रम तथा उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । मित्रजनका साथ मिठो भोजन प्राप्त होला । कुनै पनि प्रकारको आर्थिक विकाससित सम्बन्धित कार्य समर्थक रहनेछ । आरोग्यबल बढेपनि पारिवारिक वातावरण भने तपाईंको अनुकूल हुने छैन, ध्यान राख्नुहोला ।
मीन – चुनौतीका बाबजुद नसोचेको काम बन्नसक्ने समय छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । धैर्यले काम लिने प्रयास गरे महत्वपूर्ण उपलब्धि हासिल हुनेछन् । पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रै लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति होला । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने देखिन्छ । प्रेमभाव वृद्धि होला । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।
प्रतिक्रिया