✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८२ जेठ १७ गते तद्अनुसार सन् २०२५ मे ३१ तारिख शनिबार ज्येष्ठ शुक्ल पक्षको पञ्चमी तिथि पुष्य नक्षत्र वृद्धि योग बव करण आनन्दादिमा मित्र योग चन्द्रमा कर्कट राशिमा राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः११ मा भयो र सूर्यास्त साँझ १८ः५३ बजे हुनेछ । धुम्रपानरहित दिवस ।
आजको राशिफल
मेष – कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिने अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन होला । भौतिक साधनसमेत जुट्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नाले मन प्रशन्न रहनेछ । कृषि, पशुधनबाट पनि राम्रै लाभ मिल्ने देखिन्छ । इष्टमित्र सहयोगी बनेर देखापर्ने योग छ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।
वृष – व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आँटेको काममा सफलता मिल्नेछ । तथापि, अरुबाट आलोचना हुने, काममा बाधा आउने, धनमाल हराउने, सम्भावना पनि रहेको छ । खर्चको मात्रा केही बढ्ने देखिन्छ । तपाईंको प्रतिभाको उच्च मूल्यांकन हुने योग रहेपनि आफ्नै कमजोरीले विवादमा समेत परिएला । आरोग्यबल बढ्नेछ । बौद्धिकताले पारिवारिक समस्याको समाधान दिलाउनेछ ।
मिथुन – पराक्रम वृद्धिको समय छ । आत्मविश्वास वृद्धिले रोकिएका काम बिस्तारै भएपनि बन्नेछन् । नचाहे पनि जिम्मेवारी बढिरहने देखिन्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना रहेकोले अरुको भर नपर्नु उचित हुनेछ । जीवनसाथीको स्व्वास्थ्यसम्बन्धी समस्याले चिन्ता बढाउन सक्छ । बौद्धिकता तथा रचनात्मकता बढ्नेछ । स्वादिष्ट भोजनमा मन रमाउला ।
कर्कट – मिश्रित फलदायी समय छ । अनावश्यक भेटघाटको अलमलले नोक्सान गर्न सक्छ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने सम्भावना छ । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । मानसम्मानका साथमा आर्थिकलाभ तथा आम्दानी बढ्ने योग छ । आरोग्यता रहनेछ भने मित्रजनका साथ मिठो भोजन प्राप्त हुने देखिन्छ । समस्यामा साथीभाइको सहयोग प्राप्त हुनेछ ।
सिंह – लामो समयदेखि रोकिएका काम बन्नुका साथै नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । प्रेमसम्बन्धमा प्रगाढत आउने योग छ । स्वस्थ्य भने केही कमजोर रहेको अनुभूति होला, सबल स्वास्थ्यका लागि खानपानमा ध्यान दिनु जरुरी छ । कतैबाट उत्साहवद्र्धक समाचार सुन्न पाइएला । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । यात्रागत काार्यमा सफलता मिल्नेछ ।
कन्या – कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ने देखिन्छ । स्थायी सम्पत्ति बढाउन सकिएला । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । दाम्पत्य सम्बन्ध सुमधुर रहनेछ । आजको दिन उच्च महत्वाकांक्षाले केही नोक्सानी निम्त्याउन सक्छ, ख्याल राख्नुहोला । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
तुला – बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिने समय छ । धैर्यसाथ निरन्तरको प्रयत्नले नियमित कार्यमा थप फाइदा दिलाउला । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने विलासितामा खर्च केही बढ्ने देखिन्छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
वृश्चिक – आजको दिन सामान्य कार्यकै लागि ब्यस्तता बढ्ने देखिन्छ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नु उचित होला । मान्यजनको सहयोग र बुद्धि–विवेकको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिने योग छ । प्रतिकुलताका बाबजुद आत्मविश्वास र सामर्थ्य वृद्धि हुनेछ । मित्रजनका साथ मिठो भोजन प्राप्त होला । आरोग्यबल बढ्नेछ ।
धनु – समय लागे पनि महत्वपूर्ण काम सम्पादन हुने तथा लगनशीलताले राम्रै उपलब्धि दिलाउने समय छ । विशेष कार्यमा परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुने देखिन्छ । आम्दानी वृद्धिका साथै परिवारजनका आवश्यकता पूरा हुनेछन् । नसोचेको ठाउँबाट धन प्राप्त भइ मन प्रशन्न रहने योग छ । बौद्धिक तथा रचनात्मक कार्यमा विशेष लगाव रहला ।
मकर – कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुनसक्ने समय छ । विवेकले काम लिने प्रयत्न गर्नुहोला । विचार वा आफ्ना धारणाहरू तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी सावित हुनेछ । काममा स्थानान्तरणको सम्भावना छ । कामकै सिलसिलामा यात्रा हुनसक्छ र यात्रा फलदायी रहनेछ । साझेदारीमा पनि राम्रै फाइदा हुने योग छ । वैवाहिक सम्बन्धमा मधुरपन आउनेछ । रसरागमा आकर्षण रहला । सन्तानपक्षबाट सुख बढ्नेछ ।
कुम्भ – आशा र निराशा दुवै भावको समान प्रभाव रहने समय छ । नियमित कार्यमा खासै जाँगर लाग्ने छैन । आलस्यले गर्दा अवसर गुम्न सक्छ । नयाँ कामको खोजीमा हुनुहुन्छ भने अवसर जुर्ने प्रवल सम्भावना छ । सबल स्वास्थ्यका लागि खानपानमा सतर्कता अपनाउनुपर्नेछ । आजको दिन आर्थिक कारोबार अति आवश्यक अवस्थामा मात्रै गर्नु उचित हुनेछ । नोकरीमा स्थानान्तरणको सम्भावना छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मीन – आजको दिन बिनाप्रतिस्पर्धा फाइदा हुने योग रहेपनि अरूको भरपर्दा काम रोकिन सक्छ । हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुने सम्भावना छ । तत्काललाई ठूलो फाइदा नउठे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त होला । प्रेमभाव वृद्धिका साथै शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । हितैषी मित्र एवम् आफन्तजनको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ ।
प्रतिक्रिया