आजको पञ्चाङ्ग एवम् राशिफल (१८ जेठ २०८१ आइतबार, १ जुन २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१८ जेठ २०८१ आइतबार, १ जुन २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८२ जेठ १८ गते तद्अनुसार सन् २०२५ जुन १ तारिख आइतबार ज्येष्ठ शुक्ल पक्षको षष्ठी तिथि अश्लेषा नक्षत्र ध्रुव योग कौलव करण आनन्दादिमा वज्र योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १८ः५४ बजेमा हुनेछ । कुमार षष्ठी, भपु भगवती चण्डी यात्रा ।

आजको राशिफल

मेष – स्वास्थ्य सबल रहनुका साथै विभिन्न अवसरले पछ्याउने समय छ । मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्ने देखिन्छ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । तथापि, खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइने योग छ, सजग रहनुहोला । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ । बोलीको विशेष प्रभाव रहनेछ ।

वृष – रोकिएका काम बनी नयाँ काम सुरु हुने समय छ, तर समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ, ध्यान राख्नुहोला । मान–सम्मानमा चोट पुग्ने सम्भावना छ, व्यवहारमा विशेष सजगता अपनाउनुहोला । व्यापारमा फाइदा हुनेछ । बहुमूल्य धातु संग्रह गरिने योग छ । सामाजिक क्रियाकलापमा संलग्न हुनुपर्ने देखिन्छ । शत्रुपक्ष परास्त हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ, तर परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । अन्धविश्वासको भरमा परेर कार्य नगर्नु हितकर हुनेछ । धार्मिक कार्यमा बाधा सृजना हुन सक्छ । भूमिलगायत स्थायी सम्पत्तिको विषयमा पनि केही विवाद निस्कन सक्छ, सावधान रहनुहोला । राजनीतिक पहुँच बढ्नेछ । प्रतिष्पर्धी परास्त हुनेछन् । रमाइलो यात्राको योग छ ।

कर्कट – प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनुका साथै मंगलमय काम सम्पादन हुनसक्ने समय छ । राष्ट्रियस्तरको मानसम्मान प्राप्त हुने योग देखिन्छ । काममा आफन्त एवम् मित्रजनजनको सहयोग जुट्नेछ । आम्दानी बढ्नाले उत्साह थपिएला । स्वास्थ्यगत समस्याले भने केही सताउन सक्छ । आत्मबल र कार्यक्षमतामा कमी आउनेछैन । रोकिएको कामले पूर्णता पाउनेछ । रसरागको भाव जागृत होला ।

सिंह – सुखद समाचार प्राप्ति र परिवारजनको सहयोगले नियमित कार्यमा उत्साह बढाउनेछ । प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिने समय छ । आजको दिन सबल स्वास्थ्यका लागि भने खानपन लगायत क्रियाकलापमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । आत्मीयजनसँगको भेटघाटले मन प्रफुल्ल रहनेछ । व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्ने योग छ । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर होला । बौद्धिक काममा विशेष सफलता मिल्नेछ ।

कन्या – शुभदायी समय छ । भूमिबाट राम्रो फाइदा मिल्ने एवम् साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुने देखिन्छ । अनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई विशेष फाइदाको दिन रहेको छ । यात्रागत कार्यबाट धनलाभ होला । प्रेम र मित्रताको बन्धन कसिने योग छ । व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । आयबल वृद्धिले उत्साह जगाउनेछ ।

तुला – आजको दिन केही चुनौतीयुर रहला । सामान्य अस्वस्थताले पनि नियमित कार्यका साथै राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइने योग रहेकोले अत्यन्त सजग रही कार्य–व्यवहार गर्नु हितकर हुनेछ । पति–पत्नीबीच असमझदारी बढ्ने सम्भावना रहेकोले व्यवहारमा लचकता अपनाउनुहोला । मातृ–स्वास्थ्यप्रति चिन्ताभाव प्रकट हुनसक्छ । प्रतिकुलताका बाबजुद साहसिक काममा आकर्षण रहनेछ ।

वृश्चिक – नियमित कार्यमा मन लाग्नुका साथै व्यापार–व्यवसायमा लगानी बढाउने समय छ । सामर्थ्य वृद्धिका कारण रोकिएको काम पनि अघिबढ्नेछ । आफन्त, परिवारजनमा आत्मीयभाव वृद्धि होला । जीवनसाथीलाई भने केही पीडा हुने योग छ । स्वास्थ्यबाधा तथा समस्या पहिचान हुन कठिन हुने देखिन्छ । आजको दिन समाजले बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपर्ने योग छ । सुख–सुविधाको वस्तु खरिदमा खर्च केही बढ्न सक्छ ।

धनु – लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । नयाँ उद्योग वा विशेष काम सुरु गर्ने मौका जुर्ला । राजनीतिक पहुँच बढ्नेछ भने कुनै नयाँ काम प्रारम्भ हुन सक्छ । आजको दिन ब्यापारबाट राम्रै धनलाभ हुने योग छ । भौतिक साधनहरू जुट्नेछन् भने कृषिउपज र पशुधनबाट पनि लभ नै मिल्ने देखिन्छ । आर्थिक समस्या समाधान हुनुका साथै शत्रुपक्षलाई परास्त गर्न सकिनेछ । रसरागात्मक क्रियाकलपमा आकर्षण बढ्नेछ ।

मकर – मिश्रित फलदायी समय छ । मित्रजनका साथ रमाइलो भ्रमण गर्ने अवसर प्राप्त होला । पठनपाठन कार्यमा राम्रै प्रगति हुनेछ । सन्तान वा अनुयायीले पनि प्रसन्नता दिलाउनेछन् । रमाइलो यात्राको सम्भावना पनि रहेको छ । प्रेमभाव बढ्नेछ भने मिठो भोजन प्राप्त हुनेछ । तर, आर्थिक विषयका कारण बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ, सजग रहनुहोला । स्वास्थ्य सबल रहनेछ । ।

कुम्भ – आजको दिन घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ । प्रतिस्पर्धीहरूले ठाउँ ओगट्न सक्छन् । स्वास्थ्यगत समस्याले दुःख दिन सक्छ । घरखर्च बढ्नुका साथै व्यापार–व्यवसायमा केही मन्दी आउने देखिन्छ । स्थायी सम्पत्तिमा विवाद आउनसक्ने योग रहेकोले अनावश्या झैझमेलाबाट पन्छिनु हितकर हुनेछ । बौद्धिक ढङ्गले समस्या समाधानको प्रयासले सार्थकता पाउनेछ ।

मीन – पारिवारिक सम्बन्ध केही कमजोर बनेको अनुभूति भएपनि आर्थिक समस्या समाधान हुने समय छ । स्वास्थ्य केही कमजोर रहला । काममा आफन्तको साथ मिल्नेछ । चोटपटक लाग्नसक्ने योग रहेकोले हातहतियार तथा सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनुहोला । मिठो भोजन प्राप्त हुनेछ, तर खानपानमा सावधानी अपनाउनु हितकर होला । लेखन–प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ ।