✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८२ जेठ १९ गते तद्अनुसार सन् २०२५ जुन २ तारिख सोमबार ज्येष्ठ शुक्ल पक्षको सप्तमी तिथि मघा नक्षत्र व्याघात योग गर करण आनन्दादिमा ध्वाँक्ष योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १८ः५४ मा हुनेछ । कुमार यात्रा ।
आजको राशिफल
मेष – आजको दिन दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुटेपनि तपाईंका कमी–कमजोरीप्रति टीका–टिप्पणी वा गुनासो सुन्नुपर्नेछ । मेहनत गर्दा अवसर भने पाइनेछ, तर समयमै ध्यान नदिँदा हातबाट अवसर गुम्न सक्छ । उपहारका नाउँमा ब्यर्थका सामान हातलागी हुन सक्छ । समाजसेवा वा सत्कार्यमा जुट्नाले दीर्घकालिक लाभ मिल्ने देखिन्छ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
वृष – कीर्तिमानी काम सम्पादन गर्न सकिने समय छ । नयाँ काममा हात हाल्ने अवसर जुर्ला । आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्नेछ । मान-सम्मान प्राप्त हुने योग छ । मित्रजनको साथ रमाइलो यात्रा हुन सक्छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुने योग छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । प्रेमभाव बढ्नेछ । बौद्धिक काममा विशेष सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।
मिथुन – उच्च महत्वाकांक्षाले गर्दा सोचेको काम पूर्ण रुपमा सम्पादन हुनसक्ने समय छ । केही खर्च बढेपनि चिताएको काम बन्नेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । अरुले झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिनेछ । आजको दिन मित्रजनको साथ-सहयोगबाट नसोचेको फाइदा उठाउन सकिने योग छ । सभा–समारोहमा मान मिल्नाले आनन्द बढ्ला । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – आजको दिन अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनसक्छ, तर पनि विपरीतलिंगी वा हितैषीजनहरूले साथ दिनेछन् । अस्वस्थताका बीच कामको बोझ बढ्न सक्छ । खर्च बढ्ने र आर्थिक अभावले सताउने योग छ । कुनै अवसर प्राप्त भए पनि इर्ष्यालु पात्रहरूको कारण अप्ठ्यारोको सामना गर्नुपर्ने योग छ । विशेष योजना थाती राख्नु हितकर हुनेछ ।
सिंह – विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुनसक्ने समय छ । विशेष पदमा बसेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ । स्वास्थ्य पनि केही कमजोर रहला । खानपानमा सावधानी अपनाउनु हितकर हुनेछ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुने योग छ । रसरागका क्रियाकलापमा आकर्षण रहनेछ । परिवारमा शान्ति रहनेछ ।
कन्या – नयाँ काममा हात हाल्ने समय आएको छ । थाती रहेका काम पनि अघि बढाउन सकिनेछ । पढाइलेखाइमा पनि जाँगर बढ्ने र उपलब्धि हातलागी हुने देखिन्छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सकिनेछ । कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा हुने दिन छ । कसैबाट विशेष उपहार हातलागी हुनसक्छ । भोगविलासमा मन जाला । मनोरञ्जनात्मक यात्रा हुनसक्छ ।
तुला – विपरीतलिंगी मित्रहरूको माध्यमबाट लाभ प्राप्त हुने समय छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्यसम्बन्ध सुमधुर बन्नेछ । रोकिएका काम दोहोर्याउने प्रयत्न गरेमा चाहेअनुसार सफलता मिल्नेछ । परिवारिक भेटघाटले मन आनन्दित तुल्याउला । आयबल बढ्नुका साथै दीगो आम्दानीको स्रोत जुट्न सक्छ । साहसिक कार्यमा आकर्षण बढ्नेछ ।
वृश्चिक – कर्मबल वृद्धिका साथै विशेष अवसर प्राप्तिको समय भएपनि आजको दिन इर्ष्या गर्नेहरूले दुःख दिन सक्छन् । आफ्नाबाटै धोका पाइने सम्भावना रहेकोले सजग रही व्यवहार गर्नुहोला । अनायसै नसोचेको शीर्षकमा खर्च हुन पनि सक्छ । स्वास्थ्य केही कमजोर रहेको अनुभूति होला । महत्वपूर्ण कार्यमा अवरोध आउनाले मन खिन्न रहने देखिन्छ । आज धनमाल हराउने, चोरिने वा ठगीमा परिने योग छ । प्रतिकुलताका बाबजुद आत्मविश्वासमा कमी आउने छैन । शत्रुपक्ष परास्त हुनेछ ।
धनु – मिश्रित फलदायी समय छ । बौद्धिक र रचनात्मक कार्यमा विशेष सफलता मिल्ने देखिन्छ । आम्दानी भन्दा बढी खर्च गर्नुपर्ने अवस्था आइपर्ने योग छ । लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला । ठूला ब्यक्तिहरुबाट मानसम्मान प्राप्त हुने सम्भावना छ । मित्रजनका साथ मिष्ठान्न भोजनको अवसर जुर्नेछ । नजिक ठानिएका व्यक्ति टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध गाँसिएला । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
मकर – विगतका कमजोरी सच्याउने एवम् विशिष्ट व्यक्तित्वको सहयोगले विशेष अवसर पाइने समय छ । ब्यवसायमा केही जोखिम बढेपनि दिगो आम्दानी हुने काम सुरु हुनसक्छ । धनलाभको योग छ । परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्छ, संयमित व्यवहारको दरकार छ । काम र पदको आशा देखाउनेहरूसँग सोची–सम्भी व्यवहार गर्नुहोला । यात्रापरक काम बन्नेछ । परिवारिकसुखले उत्साह बढाउनेछ ।
कुम्भ – कीर्तिमानी काम गर्दै बोली र व्यक्तित्वबाट धेरैलाई प्रभावित बनाउन सकिने समय छ । तर, अधैर्यपना बढ्नुका साथै काम नबन्ने डरले सताउन सक्छ । दाम्पत्यसुख भने बढ्नेछ । आजको दिन यात्रा गर्दा वा सवारी साधनको उपयोग गर्दा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । पढाइलेखाइमा आज खासै मन जानेछैन । उठ्नुपर्ने रकम हातलागी नहुँदा आर्थिक अभावले सताउन सक्छ । बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ ।
मीन – आजको दिन केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । स्वास्थ्यगत समस्याले सताउने सम्भावना छ । जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिएला । सोचेको काम समयमा नबन्नाले असन्तुष्टि बढ्न सक्छ । भोजभतेरको निम्तो आए पनि नियमित कामकै चिन्ताले सताउन सक्छ । आफन्त एवम् मित्रजनको साथ भने मिल्नेछ । मिष्ठान्न भोजनको अवसर जुर्ने देखिन्छ ।
प्रतिक्रिया