आजको पञ्चाङ्ग एवम् राशिफल (२० जेठ २०८१ मंगलबार, ३ जुन २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२० जेठ २०८१ मंगलबार, ३ जुन २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८२ जेठ २० गते तद्अनुसार सन् २०२५ जुन ३ तारिख मंगलबार ज्येष्ठ शुक्ल पक्षको अष्टमी तिथि पूर्वाफाल्गुणी नक्षत्र हर्षण योग भद्रा करण आनन्दादिमा धूम्र योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १८ः५५ बजे हुनेछ । भौमाष्टमीव्रत, गोरखकाली पूजा, वायुअष्टमी ।

आजको राशिफल

मेष – आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तर, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । व्यावसायिक काममा खर्च बढ्ने देखिन्छ । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि विचार पुऱ्याउनुहोला । आफन्त र मित्रजनबाट सहयोग तथा हौसला मिल्नेछ, साहस बढ्नेछ । आमोदप्रमोदमा रमिरहने अवसर जुर्ने योग छ ।

वृष – एकपछि अर्को अवसर आउनाले मन प्रशन्न रहने देखिन्छ । आयआर्जन राम्रै हुने समय छ । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुनसक्छ । स्वास्थ्यमा भने विशेष ध्यान पुऱ्याउनुपर्ने देखिन्छ । उद्योग–व्यापारमा विशेष फाइदा हुने योग छ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिएला । आजको दिन मूलतःमनोरन्जनमा समय ब्यतित भएर जानेछ ।

मिथुन – आजको दिन नियमित कार्यमा बाधा आइपर्न सक्छ, साथै सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन् । तथापि, वित्तादि लाभ तथा धनार्जनको योग छ । बिनाप्रतिस्पर्धा फाइदा हुने देखिन्छ । पढाइलेखाइ तथा बौद्धिक क्रियकलापमा खासै समय दिन नसकिएला । ब्यापार–ब्यवसायमा भने फाइदा नै होला । यात्रागत कार्य सार्थक रहनेछ ।

कर्कट – आजको दिन स्वास्थ्य केही कमजोर रहेको अनुभूति हुनुका साथै नियमित कार्य सम्पादनमा बाधा पर्न सक्छ । समयमा काम पूरा नहुनाले सम्भावित महत्वपूर्ण अवसर पनि गुम्ने सम्भावना छ । छरछिमेकमा विवाद वा झैझगडाको योग रहेकोले विशेष सावधानी अपनाउनुहोला । श्रमको समुचित मूल्यांकन नहुन सक्छ । आम्दानीमा पनि बाधा पुग्ने देखिन्छ । मित्रजनको सहयेग रहनेछ, खासगरी विपरीतलिंगीको मद्दतबाट समस्या समाधान हुनसक्छ ।

सिंह – काम बिग्रने डरले सताएपनि व्यापार–ब्यवसायमा राम्रै फाइदा हुने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । आजको दिन कसैलाई बेसुरमा वचन दिनाले दुःख पाइने तथा मान–सम्मानमा पनि ठेस पुग्ने देखिन्छ । कामका लागि गरिएको भ्रमण ब्यर्थ सावित हुने सम्भावना छ । तथापि, रसरागको कार्यक्रममा आकर्षण रहला । आरोग्यबल बढ्नेछ ।

कन्या – महत्वपूर्ण कार्य सजिलै बन्नाले उत्साह जाग्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्यसुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार प्राप्त हुने योग छ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनाले उत्साह वृद्धि होला । परोपकारजन्य क्रियाकलापमा लगाव रहनेछ । मंगलमय कृत्य सम्पादन गर्न सकिनेछ । आफन्तजनको साथले कार्यगति बढ्नेछ ।

तुला – सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका जुर्ला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनुका साथै परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । आजको दिन खर्चमा भने केही वृद्धि हुनसक्छ । मितव्ययिता अपनाउने प्रयास गर्नु उचित होला ।

वृश्चिक – आजको दिन सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनसक्छ । मुख्य काममा बाधा हुने देखिन्छ । भौतिक साधनको खराबीले पनि लक्ष्यप्राप्तिमा बधा गर्न सक्छ । स्वास्थ्य केही कमजोर रहला । धेरै लगानीपछि कममात्र प्रतिफल मिल्नसक्छ । आँटेको काम समयमा पूरा नहुने योग रहेकोले विशेष योजना थाती राख्नु उचित हुनेछ । पढाइलेखाइमा त्यत्ति मन नजाला । तर्कशक्ति भने सबल रहनेछ ।

धनु – सहयोगीहरूले राम्रो साथ दिएपनि आजको दिन समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । तथापि, रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । कर्मबल बढ्नेछ, पठनपाठनमा प्रगति हुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।

मकर – विशेष लाभको काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा राम्रो फाइदा हुनेछ भने आयआर्जनका स्रोत बढ्नेछन् । विशेषगरी आमाको माध्यमबाट काम बनाउन सकिनेछ । नसोचेको ठाउँबाट धन आर्जन हुने देखिन्छ । तथापि, अरूका विषयमा चासो लिँदा विवादमा परिनेछ, ध्यान राख्नुहोला । असावधानीले ब्यर्थमा खर्च बढ्न सक्छ । प्रेमभाव बढ्नेछ । बौद्धिक एवम् रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्या निराकरण हुनेछ ।

कुम्भ – आजको दिन परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनसक्छ । बाध्यताले अप्ठ्यारोमा पार्ने देखिन्छ । तपाईंका विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । नगरेका गल्तीको सजाय भोग्नुपर्ने योग छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना रहेकोले सतर्क रही व्यवहार गर्नु उचित होला । यात्राको प्रक्रिया अघि बढ्ने देखिन्छ । स्वास्थ्य केही कमजोर रहनसक्छ । खानपानमा ध्यान दिनुहोला ।

मीन – आजको दिन केही चुनौतीयुक्त रहने देखिन्छ । लेनदेनको विवादले अप्ठ्यारो पर्नसक्ने र स्वास्थ्यसम्बन्धी पुरानो समस्याले सताउने सम्भावना छ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने योग छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । व्यावसायिक काममा पनि समस्या आउन सक्छ । सवारीसाधनको प्रयोगमा आज विशेष सावधानी अपनाउनु हितकर हुनेछ ।