✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८२ जेठ २१ गते तद्अनुसार सन् २०२५ जुन ४ तारिख बुधबार ज्येष्ठ शुक्ल पक्षको नवमी तिथि उत्तरा फाल्गुनी नक्षत्र प्रवद्र्ध योग बालव करण आनन्दादिमा बज्र योग चन्द्रमा सिंह राशिमा १०ः३७ बजेसम्म त्यसपछि कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १८ः५५ बजेमा हुनेछ । जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस ।
आजको राशिफल
मेष – पहिलेका कमी–कमजोरीलाई सुधार गर्दै रोकिएका कामकाज बिस्तारै अघिबढाउन सकिने समय छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । आत्मीयजनसँग फलदायी भेटघाटको योग छ । कुनै नयाँ योजनाबारे दोधारको अवस्था सिर्जना हुनसक्छ । नियमित कार्यमा पारिवारिक सहयोग रहनेछ । स्वास्थ्य केही कमजोर रहला । बिछोडिएका परिवारजनसँग भेटघाटको सम्भावना छ ।
वृष – अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन असन्तुष्ट रहन सक्छ । बोलीको विपरीत अर्थ लाग्नसक्ने सम्भावना रहेकोले बोली र व्यवहारमा अत्यन्त सजगता अपनाउनु हितकर हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू पनि भेटिनेछन् । धन आर्जनको योग छ । दाम्पत्य सम्बन्धमा प्रेमभाव वृद्धि होला । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।
मिथुन – कतैबाट नयाँ कामको प्रस्ताव आउनुका साथै विगतको सफलताले थप काम गर्न हौसला मिल्ने समय छ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ भने व्यवहारबाट नयाँ ज्ञान प्राप्त हुने योग छ । बौद्धिक अभिव्यक्तिले ठूलै अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
कर्कट – सामाजिक कार्यमा रुचि बढ्नुका साथै रचनात्मक प्रकृतिका काममा विशेष सफलता मिल्ने समय छ । पढाइलेखाइमा प्रगति हुनेछ भने पहिलेको सफलताले थप हौसला जगाउला । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्ने योग छ । आरोग्यबल वृद्धि हुनेछ । पराक्रम बढेर शत्रुपक्ष परास्त गर्न सकिनेछ ।
सिंह – व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । नियमित कार्यमा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । अर्काको काम गरिदिनुपर्ने झमेला आइलाग्न सक्छ, विवेको सही प्रयोग गरी पन्छिने प्रयास गर्नु उचित हुनेछ । आजको दिन दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ, सरल व्यवहारको दरकार छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । बौद्धिक जमातको ध्यान आकर्षित गर्ने कार्य सम्पादन हुने योग छ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहला ।
कन्या – जटिल काम सम्पादन हुनाले पराक्रम तथा उत्साह बढ्ने समय भएपनि सहयोगीहरूले हात झिक्नाले नियमित कार्यमा केही समस्या थपिने देखिन्छ । व्यापार–व्यवसायबाट विशेष फाइदा उठाउन सकिनेछ । अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम सहजै समेत सम्पादन हुने योग छ । कमी–कमजोरीलाई सुधार्ने मौका पाइएला । आरोग्यबल बढ्नेछ । आफन्तजनको साथ प्राप्त हुनेछ ।
तुला – विचार र व्यवहारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा राम्रो साथ दिनेछन् । रोकिएको काम ठूलाबडाको आशीर्वादले बन्न सक्छ । विभिन्न उपहार प्राप्त हुने सम्भावना छ । रमाइलो जमघटको अवसर पनि प्राप्त हुने देखिन्छ । दीगो आम्दानी हुने कार्यमा लगानीको योग छ । साहसिक कार्यमा आकर्षण रहनेछ ।
वृश्चिक – मेहनतले सम्मानित स्थान दिलाउने समय छ । नचिताएको ठाउबाट धन आर्जन हुनाले मन हर्षित होला । शुभता बढेर रोकिएको काम बन्नेछ । स्वास्थ्य सबल रहनुका साथै उत्साह–उमङ्ग प्राप्त हुनेछ । आमाबाट आएको धनको उपयोगबाट सामान्य लाभ उठाउन सकिनेछ । आजको दिन परिवारमा भने केही असमझदारी बढ्न सक्छ, सरल व्यवहार गरी समस्या समाधान गर्न सकिएला । खर्च नियन्त्रणका लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस हुनेछ ।
धनु – सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनुका साथै कामले धेरैको मन लोभ्याउन सकिने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नुका साथै अरूलाई प्रभावित पारेर फाइदा उठाउन सकिएला । कर्मबल बढ्नुका साथै भूमि तथा पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ हुनसक्छ । तथापि, चोरी वा ठगीमा परिने योग समेत रहेकोले आर्थिक कारोबार गर्दा आजको दिन विशेष सजगता अपनाउनु उचित होला । गीतसंगीतका साथै रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
मकर – न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुने समय छ । गुरुजनको सहयोग र बुद्धिविवेकको सही उपयोगले लक्ष्य पहिल्याउन सकिएला । प्रतिस्पर्धाका बीच पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ । आर्थिक पक्ष सुदृढ रहने देखिन्छ । विभिन्न उपहार प्राप्त हुने सम्भावना छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिएला । आफन्तजनको साथ मिल्नेछ । साझेदारीको काम बन्नुका साथै सुख विलास पनि बढ्ने योग छ ।
कुम्भ – पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगति हुने समय छ । घर बसेरै विभिन्न काम सम्पादन गर्न सकिएला । टाढिएका आफन्तहरू नजिकिनेछन् भने हाँसखेलमा दिन गुज्रने देखिन्छ । आजको दिन सहयोगीहरूले पनि साथ दिनेछन् । कृषिकर्ममा विशेष फाइदा हुने योग छ । सामर्थ्य वृद्धिका कारण कुनैपनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।
मीन – मिश्रित फलदायी समय छ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त होला । ब्यस्तता बढ्नेछ । अनावश्यक दौडधुपमा समय बित्न सक्छ, ब्यर्थका यात्रा नगर्नु उचित होला । समयको गतिलाई पछ्याएर कर्म गर्ने प्रयत्न गर्नु उचित हुनेछ । साझेदारीको काम बन्नेछ । दाम्पत्यसुख र प्रेमभाव बढ्नेछ ।
प्रतिक्रिया