आजको पञ्चाङ्ग एवम् राशिफल (२२ जेठ २०८१ बिहीबार, ५ जुन २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२२ जेठ २०८१ बिहीबार, ५ जुन २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८२ जेठ २२ गते तद्अनुसार सन् २०२५ जुन ५ तारिख गुरुबार ज्येष्ठ शुक्ल पक्षको दशमी तिथि हस्ता नक्षत्र सिद्धि योग तैतिल करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १८ः५६ बजे हुनेछ । गंगादशहरा, ऋषिकेशोत्सव, विश्व वातावरण दिवस ।

आजको राशिफल

मेष – भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । नियमित व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइने समय छ । तथापि, इर्ष्या गर्नेहरूले दुःख दिन सक्छन् । आम्दानी बिगार्नेहरू सक्रिय रहने योग छ । मित्र एवम् आफन्तजनको सहयोगले समस्यासँग जुध्न सघाउला । आमोदप्रमोदको भाव रहनेछ ।

वृष – भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आयआर्जन राम्रै हुनेछ । आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । सरसापटमा धन खर्च हुने योग छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, ध्यान राख्नुहोला । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । प्रेमभाव वृद्धि र मित्रजनका साथ मिठो भोजन प्राप्त होला । बौद्धिक तथा रचनात्मक काममा विशेष सफलता मिल्नेछ ।

मिथुन – शुभदायी समय हुनाले एउटै कामबाट दोहोरो लाभ मिल्ने देखिन्छ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । क्षमता तथा प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने अवसर जुर्नसक्छ, मौको लाभ लिने प्रयत्न गर्नुहोला । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिने योग छ । शत्रुपक्ष परास्त हुनेछ । रचनात्मकता बढ्नेछ ।

कर्कट – भाग्योन्नतिको समय छ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिएला । ब्यवसायमा पनि राम्रै लाभ हुनेछ । तथापि, अरूको भर पर्दा धोका हुन सक्छ, सजग रही व्यवहार गर्नु उचित होला । परिस्थितिअनुसार चल्ने प्रयत्न गर्नुपर्नेछ । अध्ययन–अध्यापनमा उत्साह जागृत हुनेछ । सहयोगीजनले लाभ नै दिलाउनेछन् । आरोग्यबल बढ्नेछ । रसरागमा आकर्षण रहनेछ । मान्यजनसँग असमझदारीको योग रहेकोले संयमपूर्ण व्यवहार गर्नु हितकर होला ।

सिंह – नियमित कार्यमा केही चुनौती बढ्नसक्ने समय छ । अप्ठ्यारा कामको बोझ थपिने तथा अवसर आए पनि मौकामा लाभ उठाउन मुस्किल पर्ने देखिन्छ । ठूलै प्रयत्न गर्दा पनि सामान्यमा फाइदा हुने देखिन्छ । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ, ध्यान राख्नुहोला । अरूको सुझावमा भर नपर्नु उचित हुनेछ । कसैसँग सामान्य मनमुटाव पनि पर्ने सम्भावना छ। । केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । प्रतिकुलताका बाबजुद मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

कन्या – सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिने समय छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । आरोग्यबल बढ्नेछ । आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । व्यवसायिक प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । बौद्धिक एवम् रचनात्मक कार्यमा विशेष सफलता मिल्नेछ । पारिवारिक सुख वृद्धि हुनेछ ।

तुला – नियमित कार्यबाट फुर्सदिलो अनुभूति भइ सामाजिक काममा रुचि बढ्ने दिन छ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । कतै अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ । साझेदारीबाट लाभ मिल्ने देखिन्छ । रोकिएका काम दोहोऱ्याएर प्रयत्न गरे सफलता मिल्नेछ । यात्रागत कार्यमा खर्च बढेपनि सफलता र सन्तुष्टि प्राप्त होला । आफन्त एवम् मित्रजनको साथ–सहयोगले कार्यगति बढ्नेछ ।

वृश्चिक – मान, विद्या एवम् विशेष उपहार प्राप्त हुने समय छ । व्यावसाय विस्तारका लागि यात्राको अवसर जुर्न सक्छ । व्यापार–व्यवसायमा लाभ हुनेछ भने धनलाभको योग छ । सामर्थ्य वृद्धि भइ रोकिएको काम बन्ने देखिन्छ । तथापि, आश्वासन दिएर झुक्याउनेहरू सक्रिय रहन सक्छन्, होसियार रहनुहोला । आरोग्यबल बढ्नेछ । खर्च नियन्त्रणको लागि होसियार रहनु उचित हुनेछ ।

धनु – सामान्य उपलब्धिका लागि पनि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित होला । स्वास्थ्य केही कमजोर रहनाले जोश–जाँगरमा कमी आउने देखिन्छ । पठनपाठनमा खासै समय दिन नसकिएला । नचिताएको ठाउमा धन खर्च हुनसक्छ, सचेत रही आर्थिक व्यवहार गर्नुहोला । प्रतिकुलताका बाबजुद पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

मकर – केही प्रतिस्पर्धा गर्नुपरे पनि कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिने समय छ । कीर्तिमानी काम सम्पादन होला । शत्रुपक्षको चलखेल बढ्नाले चुनौती बढ्नसक्छ, तर जित तपाईंकै हुनेछ । कुनै नयाँ काम अघि बढाउने योजनामा हुनुहुन्छ भने उचित समय आएको छ । प्रेम सम्बन्धमा उत्साह जागृत हुने योग छ । आरोग्यबल वृद्धि हुनेछ ।

कुम्भ – सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ भने चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । मित्रजनको साथ मिठो भोजन प्राप्त हुनेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा विशेष सफलता मिल्नेछ ।

मीन – मिश्रित फलदायी समय छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिएला । पढाइलेखाइमा सामान्य प्रगति हुनेछ भने सेवामूलक कामबाट समेत धनलाभको योग छ । आफन्तबाट टाढिनुपर्ने देखिन्छ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । लाभदायी यात्राको अवसर जुट्न सक्छ । दाम्पत्यसुख बढ्नेछ । खर्च नियन्त्रणको प्रयास गर्नु उचित हुनेछ ।