✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८२ जेठ २३ गते तद्अनुसार सन् २०२५ जुन ६ तारिख शुक्रबार ज्येष्ठ शुक्ल पक्षको एकादशी तिथि हस्ता नक्षत्र ८ः९ पर चित्रा नक्षत्र व्यतिपात योग वणि करण आनन्दादिमा अमृत योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १८ः५६ मा हुनेछ ।
आजको राशिफल
मेष – पुरानो समस्याले केही झमेला आइलाग्न सक्ने साय छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । दाम्पत्य सम्बन्धमा पनि केही चिसोपन आउन सक्छ । तथापि, दीगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । साझेदारीको काम बन्नेछ । आरोग्यता रहला । बौद्धिक तथा रचनात्मक कार्यमा सफलता मिल्नेछ । खर्च नियन्त्रणका लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
वृष – पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् भने आफन्तसुख मिल्नेछ । विशेष सभा–समारोहमा भाग लिने मौका जुर्ला । मानसम्मान पनि पाइनेछ । रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । यात्रापरक काम बन्नेछ । आजको दिन नयाँ कामको सुरुवात भने खासै राम्रो छैन, कार्यमा हैरानी बढ्न सक्छ । नियमित कार्यमा ध्यान दिनु हितकर हुनेछ ।
मिथुन – शुभदायी समय छ । सानातिना समस्या आइपरे पनि दिन मनोरञ्जनपूर्ण रहला । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । पढाइलेखाइमा प्रगति हुनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । प्रेमभाव वृद्धि हुनेछ । मित्रजनको साथ भ्रमणको आनन्द पाइने योग छ । मान पुरस्कार प्राप्त हुनेछ ।
कर्कट – नियमित कार्यमा केही ब्यस्तता बढेपनि आजको दिन सुखदायी नै रहला । अध्ययन–अध्यापनमा प्रगतिका साथै नयाँ ज्ञानप्राप्तिको मौका जुर्नेछ । आत्मीयजनसँग भेटघाट होला । साजसज्जा तथा वागबगैंचासम्बन्धी काममा विशेष आकर्षण रहनेछ । रमाइलो यात्रा एवम् स्वादिष्ट भोजनको आनन्द मिल्ने योग छ । सन्तान पक्षबाट सुख वृद्धि र परिवारजनसँग आत्मीयता बढ्नेछ । साथीसंगीको सहयोग प्राप्त हुनेछ ।
सिंह – केही चुनौतीयुक्त समय छ । पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सावधान रहनुहोला । कामका कतिपय अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रही कदम चाल्नुहोला । प्रतिकुलताका बाबजुद व्यापारमा राम्रै फाइदा हुने योग छ । पराक्रम वृद्धि हुनेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । बौद्धिक काममा विशेष सफलता मिल्नेछ ।
कन्या – प्रतिभा देखाएर अवसर हातपार्न सकिने समय छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । घरमै बसेर विभिन्न काम सम्पादन गर्न सकिनेछ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने योग परेकोले विशेष योजनाहरूको शुरुवात गर्नु उचित हुनेछ । धैर्यले काम लिने प्रयत्न गर्नुहोला । यात्रागत कार्यमा सफलता मिल्नेछ । साथीभाइको सहयोगले कार्यगति बढ्नेछ ।
तुला – भौतिक साधन जुट्नेछन् भने मेहनतले प्रतिस्पर्धाको दौड जिताउने समय छ । कृषि तथा पशु व्यवसायबाट विशेष लाभ होला । श्रमको उचित मूल्यांकन हुनेछ । आजको दिन प्राकृतिक पर्यावरणमा रमाउने योग छ । आरोग्यबल बढ्नेछ । नियमित खर्चमा पनि केही वृद्धि हुने देखिन्छ । मित्रजनका साथ मिठो भोजन प्राप्त होला । साहसिक काममा आकर्षण रहनेछ ।
वृश्चिक – शुभता बढेर रोकिएको काम बन्ने समय छ । आयवृद्धिका साथै ब्यापार–व्यवसायमा रहनेका लागि दिन विशेष अनुकुल छ । व्यवसायका लागि यात्रा पनि हुन सक्छ । दाम्पत्यजीवन सुखद रहनुका साथै प्रेम सम्बन्धमा पनि प्रगाढता आउनेछ । जस्तोसुकै कठिन कार्य भएपनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने योग छ । शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ ।
धनु – मिश्रित फलदायी समय छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । स्वास्थ्यसम्बन्धी केही समस्याको अनुभूति होला । नियमित कार्यमा सहयोगीहरूले हात झिक्नाले समस्या थपिने योग छ । धन तत्काल खर्च गर्नुपर्ला । छरछिमेकमा केही असमझदारी बढ्ने सम्भावना भएकोले संयमपूर्ण व्यवहार अपेक्षित छ । बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण रहनेछ ।
मकर – आयआर्जन बढ्नुका साथै फसेको रकम हातलागी हुने समय छ । उत्साहजनक समाचारले हर्ष बढाउला । महत्वपूर्ण कामको सुरुवात गर्दै हुनुहुन्छ भने आजको लागि थाती राख्नु हितकर हुनेछ । कृषि तथा पशुपालनमा खर्च बढ्ने योग छ । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजता होला । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहनेछ ।
कुम्भ – दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । पढाइलेखाइमा प्रगति हुनेछ । तार्किक क्षमता बढ्नेछ । नयाँ शिप तथा ज्ञान प्राप्त होला । नयाँ सवारी साधन प्राप्तिको योग छ । आर्थिक विकाससित सम्बन्धित कार्यमा विशेष सफलता मिल्नेछ ।
मीन – बोलीको प्रभाव बढ्ने तथा विभिन्न अवसरले पछ्याउने समय छ । नियमित कार्यमा पनि राम्रै फाइदा होला । गुरुजनको विशेष सहयोग जुट्नेछ । अप्रत्यासित धनलाभ होला । रसरागमा आकर्षण तथा दाम्पत्यसुख मिल्नेछ । ऋण, रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । जस्तोसुकै समस्याको समाधान मिल्ने योग छ ।
प्रतिक्रिया