आजको पञ्चाङ्ग एवम् राशिफल (२४ जेठ २०८१ शनिबार, ७ जुन २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२४ जेठ २०८१ शनिबार, ७ जुन २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८२ जेठ २४ गते तद्अनुसार सन् २०२५ जुन ७ तारिख शनिबार ज्येष्ठ शुक्ल पक्षको एकादशी तिथि ५ः२३ पर द्वादशी तिथि चित्रा नक्षत्र १०ः३७ पर स्वाती नक्षत्र वरियान योग बव करण आनन्दादिमा काण योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १८ः५६ बजे हुनेछ । निर्जला एकादशीव्रत, तुलसीको दल राख्ने दिन ।

आजको राशिफल

मेष – विभिन्न अवसरले पछ्याउने समय छ । सहयोगीहरूको पूर्ण साथ पाइनाले अप्ठ्यारा कामहरु पनि सजिलै पूरा हुनेछन् । व्यापार–व्यवसायमा फाइदा हुनेछ भने कर्म गरेर धेरैलाई आकर्षित गर्न सकिनेछ । सन्तानसुख र प्रेमभाव बढ्नेछ । कृषि तथा पशुपालनबाट विशेष लभ उठाउन सकिनेछ । अनुकूलता वृद्धि भएको आभास होला ।

वृष – सामाजिक प्रतिष्ठा मिल्ने र गरेका कामको प्रशंसा हुने समय छ । तथापि, केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । बोलीको गलत अर्थ लाग्नाले विवादमा पर्ने योग छ, बोली र व्यवहारमा संयमता अपनाउनु उचित हुनेछ । सहयोगीहरू प्रतिस्पर्धीका रूपमा उभिन सक्छन् । विपरीतलिंगीको सहयोग मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । यात्रापरक काम बन्नेछ ।

मिथुन – आँटेका काम बिस्तारै भए पनि सम्पन्न हुनेछन् । पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ । टाढिएका सहयोगीहरूको साथ पुनः मिल्ने समय छ । बौद्धिकता र पराक्रम वृद्धि होला । मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी हुन पाइएला । धन मान महत्व बढ्नेछन् । मिठो भोजन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । जस्तोसुकै समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट – मान सम्मान र प्रतिष्ठा आर्जन हुने समय छ । समाजसेवा र राजनीतिमा पनि प्रसिद्धि बढ्ने योग छ । ब्यस्ततासँगै आम्दानी पनि बढ्नेछ । सहयोगीहरू जुट्नाले नियमित कार्यमा उत्साह थपिनेछ । खर्च केही बढेपनि सुखद यात्रा गर्ने अवसर जुट्न सक्छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – दिगो फाइदा हुने काम र जिम्मेवारी हातपर्ने समय छ । रोकिएका काम बन्नेछन् । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउने योग छ । कार्यबोझ वा जिम्मेवारी थपिए पनि कामहरू बन्नाले उत्साह वृद्धि हुनेछ । निकटका मित्र एवम् आफन्तहरू कुनै कारणले रुष्ट हुनसक्ने योग रहेकोले व्यवहारमा सरलता तथा सजगता अपनाउनु हितकर हुनेछ । पारिवारिक सुखशान्ति रहनेछ ।

कन्या – आजको दिन केही चुनौतीयुक्त या प्रतिकुल रहन सक्छ । अरुका काममा ज्यादा समय बिताउनुपर्ला । हतारको निर्णयले सास्ती बढ्न सक्छ । स्वास्थ्य केही कमजोर रहन सक्छ, खानपिनमा विशेष ध्यान दिनुहोला । परोपकार वा सामाजिक कार्यमा परिस्थितिले साथ दिनेछ । प्रतिष्ठा पनि बढ्नेछ । आफन्तजनको अपेक्षित साथ नमिलेपनि समस्यामा साथीभाइको सहयोग प्राप्त हुनेछ ।

तुला – केही प्रतिष्पर्धा बढेपनि आँटेका विशेष काम पूरा हुने समय छ । शुभचिन्तकहरूले साथ दिनेछन् भने कामको सन्दर्भमा उच्च व्यक्तिहरूसँग भेटघाट हुने देखिन्छ । रोकिएका काम बन्नुका साथै व्यवसायबाट राम्रो फाइदा हुने योग छ । आरोग्यबल बढ्नेछ । यात्रा सुखद रहनेछ ।

वृश्चिक – आजको दिन सुखकारी एवम् लाभदायक देखिन्छ । सहयोगीहरूले साथ र हौसला दिनाले प्रतिस्पर्धीहरूलाई उछिन्न सकिनेछ । व्यावसायिक काममा राम्रै फाइदा हुनेछ, खर्च भने केही बढ्न सक्छ । प्रेम र मित्रताको बन्धन कसिने योग छ । पराक्रम झल्कने कार्यमा विशेष लगाव रहला । मिठो भोजन प्राप्तिले मन तृप्त बन्नेछ ।

धनु – अरूको मन जितेर अवसर हात पार्न सकिने समय छ । व्यापार–व्यवसायबाट विशेष लाभ लिन सकिनेछ । व्यवसायबाट सोचेको लाभ मिल्ने तथा व्यवसायिक यात्राको सम्भावना छ । आयआर्जन भए पनि यात्रा सुखद नरहन सक्छ, ध्यान राख्नुहोला । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्ला । प्रतिष्पर्धीमाथि विजय प्राप्त हुनेछ ।

मकर – काममा अलिक प्रतिस्पर्धा गर्नुपर्ला । केही चुनौतीसमेत देखापर्ने समय छ । कोसिस गर्दा केही रम्रा अवसर मिल्न सक्छ । भेटघाटमा अल्मलिनाले महत्वपूर्ण काममा बाधा पुग्ने योग भएपनि विवेकको सही प्रयोगले समस्या सुल्झने देखिन्छ । घरायसी समस्या बढ्न सक्छ । बन्न लागेको काम पनि अर्थ अभावले स्थगित हुने सम्भावना छ । तथापि कर्मबल बढ्नेछ भने साझेदारीको काममा लाभ हुनेछ ।

कुम्भ – नियमित कार्यमा केही चुनौती बढ्ने समय छ । आँटेका काम मुस्किलले बन्नेछन् भने खर्च वृद्धिका साथै आर्थिक अभावले महत्वपूर्ण काम रोकिन सक्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन्, सजग रही व्यवहार गर्नुहोला । पठनपाठनमा खासै ध्यान जाने छैन । यात्रागत कार्यमा आंशिक सफलता मिल्नेछ । बुद्धि–विवेकले साथ दिनेछ ।

मीन – ब्यस्तता केही बढेपनि रोकिएका काम बन्नेछन् भने दीगो आम्दानी हुने काम सुरु गर्न सकिने समय छ । श्रमको उचित मूल्य प्राप्त गर्न सकिएला । लगनशीलताले काममा उत्साह जगाउनेछ । व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका मिल्ने देखिन्छ । कतै आतिथ्यपूर्ण सम्मान पाइने योग छ । आफन्तको साथ मिले पनि मित्रसँगको भेटघाटमा अवरोध पैदा हुन सक्छ । स्वास्थ्य सबल रहनेछ ।