✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८२ जेठ २५ गते तद्अनुसार सन् २०२५ जुन ८ तारिख आइतबार ज्येष्ठ शुक्ल पक्षको द्वादशी तिथि ७ः२२ पर त्रयोदशी तिथि स्वाती नक्षत्र १३ः१४ पर विशाखा नक्षत्र परिघ योग कौलब करण आनन्दादिमा लुम्ब योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १८ः५७ बजे हुनेछ । प्रदोष व्रत ।
आजको राशिफल
मेष – रचनात्मक काममा जुट्ने समय छ । रमाइलो तरिकाले कामहरु गर्न पाइएला । सामान्य प्रयासबाटै काममा सफलता मिल्नेछ भने वैदेशिक क्षेत्रका अधुरा काम बन्नेछन् । साथीभाइले काममा सहयोग जुटाउनाले खुशी बढ्नेछ । पशुधन र जमिनबाट पनि केही न केही लाभ नै मिल्ने योग छ । प्रमभावका साथ सन्तानसुख बढ्नेछ ।
वृष – आजको दिन कामको बोझले थाकेको महसूस हुनसक्छ । घर-गृहस्थीमा पनि केही समस्या आउन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । सोचविचार गरेर लिएको निर्णय पनि गलत ठाउँमा पर्नसक्ने योग छ, ध्यान राख्नुहोला । विशेष कार्यमा कडा प्रयाासका बाबजुद सफलता हात नलाग्न सक्छ । कतै वादविवादको सम्भावना छ, सकभर कम बोल्नु हितकर हुनेछ । यात्रापरक काम भने बन्ने देखिन्छ ।
मिथुन – आजको दिन नयाँ कामको सुरुवात खासै राम्रो छैन, कार्यमा हैरानी बढ्न सक्छ । मनमा दुविधा रहनसक्ने समय छ । तथापि, सामाजिक काममा नाम रहने छ । शिक्षा क्षेत्रमा सफलता हासिल गर्न सकिएला । साझेदारीको व्यवसायबाट राम्रै लाभ हुने योग छ । विशेष कार्यमा विपरीतलिंगी मित्रको साथ–सहयोग रहनेछ । प्रेमभाव वृद्धिका साथै रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ । शत्रुपक्ष पराजित हुनेछ ।
कर्कट – सामाजिक कार्यका लागि नेतृत्वदायी भूमिकामा खटिनुपर्ने समय छ, जसले मान प्रतिष्ठा वृद्धि गर्ला । भौतिक सुख–सुविधाको साधन प्राप्ति हुनुका साथै काम बन्नाले मन रमाृउने देखिन्छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिएला । शिक्षा क्षेत्र उपलब्धिमूलक रहनेछ । खेलकुद, भ्रमण जस्ता क्रियाकलापमा आकर्षण बढ्नेछ । स्वास्थय सबल रहला । खर्चको मात्रा कम गर्न याोजना र बजेट बनाएर आर्थिक व्यवहार गर्नु उचित हुनेछ ।
सिंह – मिश्रित फलदायी समय छ । पारिवारिक सुखशान्ति रहेपनि निकट मित्रसँग विवादको योग रहेकोले संयमपूर्ण व्यवहारको दरकार छ । आजको दिन सोच्दै नसोचेको स्थानबाट लाभ हुने सम्भावना छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । यात्रामा रमाइलो अनुभू ितगर्न सकिनेछ । बोलीमा सजगता नअपनाए झूटा आरोप लाग्न सक्छ, ध्यान राख्नुहोला । साहित्यिक कार्यमा मन जानेछ । स्वास्थ्य केही कमजोर रहला ।
कन्या – चुनौतीयुक्त समय छ । स्वास्थ्यगत समस्याले केही सताउन सक्छ । खानपानमा विशेष ध्यान राख्नुहोला । आजको दिन पढाइलेखाइमा पनि खासै ध्यान दिन नसकिएला । पीडा दिनेहरू सक्रिय रहन सक्छन्, सवधान रहनु उचित होला । नियमित कार्य–व्यवहार सामान्य रहेपनि आर्थिक क्रियाकलापमा सजगता अपनाउनु उचित हुनेछ । मित्रजनको साथ–सहयोगले यात्रागत कार्य सफल रहनेछ ।
तुला – आजको दिन काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् भने आर्थिक पक्ष सबल बन्ने देखिन्छ । बुद्धिविवेकले राम्रो साथ दिनाले चुनौतीहरू सजिलै पार लाग्नेछन् । विशेष मामलामा अनायासै ठिक निर्णय हुनेछ । घरमा पाहुना आगमन हुनसक्छ, जसले पारिवारिक माहोल रमाइलो तुल्याउला । आरोग्यबल बढ्नेछ । विरोधिपक्षमाथि विजय प्राप्त हुनेछ ।
वृश्चिक – आँटे-गरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा हुने समय छ । व्यापार–व्यवसायमा फाइदा हुनेछ भने प्रतिस्पर्धीहरू पराजित हुनेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा सफलता मिल्नेछ । अप्रत्यासित रूपले उपहारप्राप्ति वा धनलाभ हुने योग छ । सामर्थ्य वृद्धि हुनेछ । आरोग्यबल बढ्नेछ भने मित्रजनका साथ मिठो भोजन प्राप्त हुनेछ । यात्रागत कार्य सफल रहनेछ ।
धनु – घरायसी समस्याले केही सताए पनि गरेका कार्य सफल हुनाले आजको दिन मन सन्तुष्ट रहनेछ । मित्र वर्गबाट साथ–सहयोग पाइनेछ भने सामाजिक एवं राजनैतिक क्षेत्रमा गरेको योगदानले मानसम्मान प्राप्तिको योग छ । आर्थिक उपार्जनको अवस्था राम्रै रहनेछ । तथापि, अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने परिस्थिति पैदा हुनसक्छ, सजग रहनुहोला । चुनौतीका बाबजुद दायित्व निर्वाहमा सफल रहनुहुनेछ ।
मकर – खर्चको मात्रा केही बढेपनि नयाँ काम सुरु गर्ने समय छ । नियमित कार्यमा भने ढिलासुस्ती आउनुका साथै आर्थिक हानी हुने देखिन्छ, सावधान रहनुहोला । स्वास्थ्य केही कमजोर रहने योग छ, सबल स्वास्थ्यका लागि आहारबिहारमा ध्यान दिनु उचित हुनेछ । महत्वपूर्ण कार्यमा अरूको भर पर्दा धोका हुन सक्छ । बोली र व्यवहारमा संयमता अपनाएर व्यवहार गर्नुहोला ।
कुम्भ – मिश्रित फलदायी समय छ । स्वास्थ्यमा देखिने समस्याले नियमित काम एवं पढाइलेखाइ प्रभावित हुने देखिन्छ । बन्न लागेको काम बिग्रन सक्छ, तथापि आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिएला । दाम्पत्यसुख बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । इष्टमित्रको सहयोगले हौसला वृद्धि होला ।
मीन – नयाँ काम सुरु गर्ने समय छ । व्यापार–व्यवसायमा राम्रै लाभ होला । आर्थिक पक्ष सन्तोषजनक रहनेछ । रोकिएका काम बन्नेछन् । आफन्तको साथ मिले पनि मित्रजनले भने निराश तुल्याउने योग छ । लेखन–प्रकाशनसित सम्बन्धित काम सार्थक रहनेछ । सुख–सुविधाका बस्तु बढ्नेछन् । समस्याको समाधान मिल्नेछ ।
प्रतिक्रिया