✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८२ जेठ २६ गते तद्अनुसार सन् २०२५ जुन ९ तारिख सोमबार ज्येष्ठ शुक्ल पक्षको त्रयोदशी तिथि ९ः२३ पर चतुर्दशी तिथि विशाखा नक्षत्र शिव योग गर करण आनन्दादिमा मित्र योग चन्द्रमा तुला राशिमा ९ः११ बजेसम्म त्यसपछि वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः९ मा भयो र सूर्यास्त साँझ १८ः५७ बजे हुनेछ ।
आजको राशिफल
मेष – सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा विशेष संलग्नता रहनेछ । रोकिएका काम समेत सम्पादन हुनेछन् भने नयाँ जिम्मेवारी हातपर्ने योग छ । पढाइलेखाइमा पनि राम्रै प्रगति हुने देखिन्छ । रोकिएका काम सम्पादन हुनेछन् । विशेष सभा-समारोहमा सहभागी बन्ने मौका जुर्ला । सन्तानसुख बढ्नेछ । दाम्पत्यसुख बढ्नेछ । नियमित कार्यमा अनुकूलता वृद्धि हुनेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।
वृष – शुभदायी समय छ । प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा राम्रै साथ दिनेछन् । विगतको श्रमबाट धनलाभ हुने योग छ । लाभदायी यात्रा हुन सक्छ । प्रतिस्पर्धा वा मुद्दा-मामिलामा विजयी भइनेछ । प्रेमभावका साथ आनन्द बढ्नेछ । मित्रजनका साथ रमाइलो यात्राका साथै मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक कर्ममा विशेष सफलता मिल्नेछ ।
मिथुन – अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । प्रतिष्ठित काम गर्ने मौका जुर्ला । दाम, इनाम र प्रतिष्ठा कमाउने योग हुनाले दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । काममा मातापिताको सहयोग प्राप्त हुनेछ । पढाइलेखाइमा प्रगति होला । बौद्धिक प्रतिस्पर्धामा पनि विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका जुर्ने देखिन्छ । प्रेमभाव, बौद्धिकता र रचनात्मकता बढ्नाले जस्तोसुकै समस्याको समाधान मिल्नेछ ।
कर्कट – आजको दिन सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ । विगतका समस्या बल्झिन सक्छन् । मिथ्या भ्रमणमा समय बित्ने योग रहेकोले ब्यर्थको यात्रा रद्द गर्ने प्रयास गर्नुहोला । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ, खानपानलगायतमा सजग रहनुहोला । पारिवारिक जमघटमा मन रमाउनेछ । मित्रजनको साथ–सहयोग प्राप्त हुनेछ । चुनौतीका बाबजुद रसरागमा आकर्षण रहला ।
सिंह – मिश्रित फलदायी समय छ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्, तर विद्यामा कमजोरी र लेनदेनमा विवाद हुने देखिन्छ । इष्टदेवको पूजा–उपासनाले राहत मिल्नसक्छ । केही विवादमा समेत परिने योग रहेकोले सचेत रही व्यवहार गर्नुहोला । दाम्पत्यजीवन सुखद रहनेछ । आजको दिन सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर होला । रसरागको क्रियाकलापमा आकर्षण रहनेछ ।
कन्या – रोकिएका काम पुनः अघि बढ्ने र पठनपाठनमा पनि प्रगति हुने समय छ । जस्तोसुकै समस्याको समाधान मिल्नुका साथै कार्यगति बढ्नेछ । विशेष सभा-समारोहमा सहभागी बन्ने मौका जुर्ला । आजको दिन आर्थिक अभावले अलिक सताउनेछ । नसोचेको ठाउँमा धन खर्च हुन सक्छ । विशेष काममा मातापिताको सहयोग प्राप्त होला । यात्रागत कार्यमा सफलता मिल्नेछ । साहसिक काममा आकर्षण रहनेछ ।
तुला – भाग्योन्नतिको समय छ । सहयोगीहरूले साथ दिनेछन् र नियमित कार्यमा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने उचित समय छ । आर्थिक उपार्जनमा सुधार आउनेछ । परिश्रम परे पनि विशेष योजनामा सफलता नै मिल्नेछ । तीर्थाटन, मंगलमय कृत्य आदि सम्पादन हुनेछन् । नसोचेको ठाउँबाट धन आर्जन गर्ने मौका जुर्ला । आरोग्यबल बढ्नेछ ।
वृश्चिक – अलिक बाध्यताका काममा जुट्नु परेपनि सानै प्रयत्नले राम्रो फाइदा उठाउन सकिने समय छ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिनुका साथै दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यावसायिक यात्राको सम्भावना छ । कृषिकर्ममा भने केही चुनौती सामना गर्नपर्ला । बोली र व्यक्तित्वको प्रभाव वृद्धि हुने योग छ । आर्थिक विकाससित सम्बन्धित कार्यमा विशेष सफलता मिल्ने देखिन्छ ।
धनु – बोलीको भरमा काम सम्पादन हुने समय छ । विचारले धेरैलाई आकर्षण गर्न सकिएला । नियमित कार्यमा केही चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने देखिन्छ । स्वास्थ्य सबल रहला । जमिनसम्बन्धी व्यवसाय गर्नेका लागि लाभको योग भएपनि अन्य व्यापारमा कममात्र फाइदा होला । शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनाले भएको दायित्वलाई पूरा गर्नुहुनेछ ।
मकर – श्रमको तुलनामा कमै प्रतिफल पाइने तथा भएको आम्दानी सञ्चय गर्न नसकिने समय छ । तर आम्दानीमा कमी हुनेछैन । फसेको रकम हातलागी हुने योग छ । मालमत्ता चोरी वा नष्ट हुने सम्भावना रहेकोले सजग रहनु उचित हुनेछ । विचारले धेरैलाई आकर्षण गर्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन् । नियमित कार्यमा सहयोगीहरूले राम्रै साथ दिनाले कर्मबल बढ्नेछ ।
कुम्भ – अस्वस्थताका बाबजुद ब्यस्तता बढ्नेछ । सामाजिक कामको दायित्व बढ्नुका साथै परिवारजनको भरण–पोषणमा खर्च वृद्धि होला । उत्साहमा कमी आउने समय छ । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस् । कर्मफल र अधिकारका लागि अलिक प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौतीको सामना गर्नपर्ला । तापनि, व्यापार तथा उद्योगतर्फ लााभको योग छ । आमाको साथले आत्मविश्वास बढाउला ।
मीन – आजको दिन ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् भने आँटे–गरेका काम पूरा भइ धनलाभ हुन सक्छ । नियमित कार्यमा जाँगर बढ्नुका साथै नयाँ काम पाउने योग छ । पढाइमा राम्रै उन्नति गरेर अगाढि बढ्न सकिएला । मित्रजनका साथ रमाइलो यात्रा हुने देखिन्छ । परिश्रमले अरुको विश्वास जित्न सकिनेछ । अधुरा काम बन्नेछन् ।
प्रतिक्रिया