✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं .११४५ सिद्धार्थिनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८२ जेठ २७ गते तद्अनुसार सन् २०२५ जुन १० तारिख मंगलबार ज्येष्ठ शुक्ल पक्षको चतुर्दशी तिथि ११ः१३ पर पूर्णिमा अनुराधा नक्षत्र सिद्ध योग भद्रा करण आनन्दादिमा वज्र योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः९ मा भयो र सूर्यास्त साँझ १८ः५८ मा हुनेछ । पूर्णिमा व्रत ।
आजको राशिफल
मेष – नयाँ कामको सुरुवात खासै राम्रो नभएपनि आजको दिन कीर्तिमानी काम सम्पादन हुन सक्छ । नसोचेका विभिन्न अवसर पाइने सम्भावना छ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन । तर, नियमित कार्यमा ब्यवधान पैदा हुन सक्छ । विशेष काममा जोखिम पनि बढ्ने देखिन्छ । कठोर मिहिनेतले काम बन्नेछ ।
वृष – शुभदायी समय छ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक तथा परोपकारी कर्ममा रुचि बढ्नेछ । सानातिना समस्या आइपर्न सक्छन्, तथापि दिन मनोरञ्जनपूर्ण रहनेछ । पढाइलेखाइमा प्रगति हुनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । साझेदारीको काममा सफलता मिल्नेछ । प्रेमभावका साथ दाम्पत्यसुख बढ्नेछ । बौद्धिक एवम् रचनात्मक काममा विशेष सफलता मिल्नेछ । पारिवारिक समस्याको पनि समाधान मिल्नेछ ।
मिथुन – विशेष योजनाहरू बन्नुका साथै एउटै कामबाट दोहोरो लाभ मिल्नसक्ने समय छ । आत्मीयजनसँगको भेटघाटबाट नयाँ ज्ञान सिक्ने अवसर जुर्ला । पढाइलेखाइमा प्रगति हुनेछ । आजको दिन विशेषतः सरसफाइ, वागबगैंचासम्बन्धी काममा आकर्षित होइएला । सभा-समारोहमा मान मिल्ने योग छ । सामर्थ्य वृद्धि हुनेछ भने प्रतिष्पर्धी परास्त हुनेछन् ।
कर्कट – मिश्रित फलदायी समय छ । नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने केही समय पर्खंनु उचित हुनेछ । गरिआएको कामलाई भने निरन्तरता दिनुहोला । आजको दिन पीडा दिनेहरु सक्रिय रहन सक्छन्, एकदमै सावधान रहनुहोला । बेलैमा ध्यान नपुग्नाले केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ । प्रेमभाव वृद्धि एवम् सन्तान पक्षबाट सुख बढ्नेछ । कर्मबल वृद्धिसँगै साथीभाइको सहयोग पनि प्राप्त हुनेछ । प्रतिष्पर्धी परास्त हुनेछन् ।
सिंह – लगनशीलताले राम्रै उपलब्धि दिलाउने तथा प्रतिभा देखाएर अवसर हातपार्न सकिने समय छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ उठाउन सकिएला । आध्यात्मिक भाव जागृत हुनुका साथै परोपकारी कर्ममा मन आकर्षित रहने देखिन्छ । साहित्य रचनामा विशेष रुचि जागृत हुने योग छ । घरै बसेर विभिन्न काम सम्पादन गर्न सकिनेछ । नियमित खर्चमा केही वृद्धि हुनसक्छ । आरोग्यबल बढ्नेछ । पारिवारिक सुखशान्ति रहनेछ ।
कन्या – पराक्रम वृद्धि हुनुका साथै मेहनतले प्रतिस्पर्धाको दौड जिताउने समय छ । भौतिक साधन जुट्नेछन् भने कृषि तथा पशु व्यवसायबाट पनि लाभ नै हुने देखिन्छ । मित्रजनका साथ प्राकृतिक पर्यावरणमा रमाउने महोल मिल्ने योग छ । पराक्रम वृद्धिले यश वर्चश्व बढाउला । रोकिएको काममा साथीभाइको सहयोग प्राप्त हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
तुला – अरूलाई प्रभावित पारेर काम लिन सकिने समय छ । मेहनत गर्दा जस्तोसुकै जटिल कार्यमा पनि सफलता प्राप्त होला । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । प्रेमभाव वृद्धिका साथै दाम्पत्य जीवन सुखद रहनेछ । आरोग्यबल बढ्नेछ भने मित्रजनका साथ मिठो भोजन प्राप्त हुने योग छ । नियमित काममा जाँगर वृद्धि भइ कार्यपरिणाम उन्नत रहला । बोली र व्यक्तित्वको प्रभाव बढ्ने देखिन्छ ।
वृश्चिक – सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिन सक्ने दिन छ । कसैबाट मिलेको अस्वाभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला । यसले आफ्नो स्वतन्त्रतामा पनि बाधा गर्न सक्छ । उद्योग–व्यापारमा संलग्न व्यक्तिका लागि राम्रै समय छ । स्वास्थ्य भने केही कमजोर रहन सक्छ । रोकिएको काम पूरा गर्न विशेष जोडबल लगाउनुपर्नेछ । सुख सुविधाको बस्तुमा खर्च हुनसक्छ, फजुल खर्च नियन्त्रणको प्रयास गर्नु उचित हुनेछ ।
धनु – उत्साहजनक समाचारले हर्ष बढ्ने समय भएपनि चिताएको महत्वपूर्ण कार्य भने अधुरै रहनसक्ने देखिन्छ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नमिल्न सक्छ । कृषि तथा पशुपालन व्यवसायमा जोखम, लगानी तथा खर्च बढ्नेछ । मित्रजनका माझ वर्चश्व बढ्ला । बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ । नजिकका साथीभाइ टाढिएपनि नयाँ मित्रहरू बन्ने योग छ ।
मकर – सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । भौतिक साधन जुट्नुका साथै व्यवसायमा आम्दानी बढाउन सकिनेछ । नयाँ सवारी साधन प्राप्तिको प्रयासमा हुनुहुन्छ भने प्राप्तिको योग छ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्न सकिनेछ । बौद्धिक अभ्यासमा तार्किक क्षमता बढ्नेछ । मित्र एवम् आफन्तजनको पनि साथ–सहयोग रहनेछ । सुख विलास बढ्नेछ ।
कुम्भ – विभिन्न अवसरले पछ्याउनेछन् भने बोली र ब्यक्तित्वको प्रभाव पनि बढ्ने समय छ । धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन् । नियमित व्यवसायमा लाभ हुनुका साथै साझेदारीमा पनि राम्रै फाइदा हुनेछ । गुरुजनको विशेष सहयोग जुट्ने योग छ । स्वास्थ्यमा सुधार आउनुका साथै कर्मबल बढ्नेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने योग छ ।
मीन – आजको दिन पुरानो समस्या बल्झिएर केही झमेला आइलाग्न सक्छ । निश्चय भएको काम अचानक बिग्रन सक्ने सम्भावना छ । साथीसंगीबाट पनि धोका होेला । आश्वासन दिएर झुक्याउनेहरूले सताउने योग छ, गोपनीयतामा ध्यान दिँदै सचेत रहनु उचित हुनेछ । दाम्पत्य सम्बन्धमा चिसोपन आउन नदिन व्यवहारमा सरलता अवलम्बन गर्नुहोला । धार्मिक तथा परोपकारी कार्यमा मन जानेछ ।
प्रतिक्रिया