✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ ने.सं. ११४५ सिद्धार्थीनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८२ जेठ २८ गते तद्अनुसार सन् २०२५ जुन ११ तारिख बुधबार ज्येष्ठ शुक्ल पक्षको पूर्णिमा तिथि ज्येष्ठा नक्षत्र साध्य योग बालव करण आनन्दादिमा ध्वंक्ष योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः९ मा भयो र सूर्यास्त साँझ १८ः५८ बजे हुनेछ । गैडुपूजा, मष्टपूर्णिमा, कवीरदास जयन्ती ।
आजको राशिफल
मेष – धार्मिक तथा सामाजिक काममा रुचि जाग्ने समय छ । विशेष सभा–समारोहमा भाग लिने अवसर जुर्ला । मानसम्मान पनि मिल्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिएला । कामको दायित्व बढ्नेछ भने आयआर्जनका नयाँ स्रोतहरू थपिनेछन् । बिग्रन लागेको काम पनि कठोर मिहिनेतले काम बन्नेछ । प्रेम सम्बन्धमा अनुकूलता वृद्धि हुनेछ ।
वृष – व्यापार-व्यवसायमा प्रगति हुने तथा नयाँ उद्योगधन्दाको थालनी गर्न सकिने समय छ । दामपत्यसुख बढ्नेछ भने प्रेम र मित्रताको बन्धन कसिएर जानेछ । पढाइलेखाइमा सुधार आउनेछ । व्यापारमा राम्रै लाभ मिल्ने योग छ । जटिल कार्यमा पनि आँट वृद्धि हुनेछ । बौद्धिक तथा रचनात्मक काममा विशेष सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान प्राप्त हुनेछ । यात्रापरक काम पनि बन्नेछ ।
मिथुन – आजको दिन आर्थिक अभावले सताउन सक्छ, तर पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने समय छ । विश्वास गरेकाले धोका दिन सक्छन्, होसियार रहनुहोला । प्रतिकुलताका बाबजुद साहस बढ्नेछ, शत्रुमाथि विजय प्राप्त हुनेछ । बौद्धिकता तथा रचनात्मकता बढ्नेछ । मित्रजन सहयोग ीबनेर देखापर्लान् ।
कर्कट – दिन सामान्य छ । नियमित व्यवसायमा केही उतारचढाव आउला । भूमीसम्बन्धी कामबाट राम्रै फाइदा हुने योग छ । खर्च भने वृद्धि हुने देखिन्छ । सबल स्वास्थ्यका लागि विशेष सजगता अपनाउनु हितकर हुनेछ । विद्यार्थीहरूका लागि भने अनुकूल समय छ । रोकिएको काम मित्रजनको सहयेगले अघि बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
सिंह – बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । धैर्यले काम लिने प्रयत्न गर्दा सफलताको दर बढ्ला । कुटुम्बजनको सहयोगले महत्वपूर्ण काम बन्ने देखिन्छ । व्यापार–व्यवसाय विस्तार हुन सक्छ । आरोग्यबल बढ्नेछ । रसरागको भाव वृद्धि भइ मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।
कन्या – बौद्धिक पक्ष सबल बन्नुका साथै मानसम्मान पाइने समय छ । दिल लगाएर गरेका कामबाट राम्रै लाभ हुने देखिन्छ । श्रमको उचित मूल्यांकन होला । सन्तानपक्षबाट सुख मिल्नेछ भने मित्र एवम् आफन्तजनको पनि साथ रहला । रोकिएका काम फेरि सुरु हुनसक्छन् । आयआर्जनका स्रोत बढ्ने योग छ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
तुला – आम्दानीका विभिन्न माध्यम फेला पर्ने तर खर्च पनि वृद्धि हुने समय छ । प्रतिकूल स्थानान्तरणको सम्भावना छ । आरोग्यबल बढ्नेछ भने दौडधुप पनि वृद्धि हुने योग छ । दैनिकीभन्दा फरक कार्यमा सफलता मिल्नेछ । यशवर्चश्व बढ्ला । कुनैपनि समस्याको समाधान निस्कनेछ ।
वृश्चिक – मिश्रित फलदायी समय छ । रोकिएको कार्य मिहेनतले बनेपनि धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । छरछिमेकमा केही असमझदारी तथा विवाद बढ्ने सम्भावना छ, व्यवहारमा सरलता अपनाउनुहोला । घरखर्च केही बढ्ने देखिन्छ । पति–पत्नीबीच असमझदारी बढ्न सक्छ । आयआर्जनको कमीले पारिवारिक विवादको सम्भावना छ । कुनै पनि कार्य योजना र बजेट बनाएर मात्र गर्नु हितकर हुनेछ ।
धनु – धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । स्वास्थ्य भने केही कमजोर रहन सक्छ, विशेषतः खानपानमा ध्यान राख्नुहोला । नजिकका साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिनसक्ने योग रहेको छ, विशेष सजगता वा सावधानीको खाँचो छ । बुद्धि–विवेकको सही प्रयोगले समस्याको समाधान खोज्न सकिनेछ ।
मकर – सामाजिक क्रियाकलाप एवम् परोपकारी कार्यमा संलग्न हुने समय छ । नयाँ शिप तथा ज्ञान प्राप्त होला । अध्ययन–अध्यापन कार्यमा प्रगति हुनेछ । कृषि र पशुपालनबाट विशेष फाइदा होला । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका जुर्ने देखिन्छ । कामको यात्रा उपलब्धिमूलक रहला । सन्तान पक्षबाट सुख मिल्नेछ । आफन्तको साथले समस्याको समाधान मिल्नेछ ।
कुम्भ – कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिने समय छ । परिश्रमको राम्रो मूल्यांकन होला । चिताएको काम बन्ने योग छ । कर्मबल र सामर्थ्य बढ्नेछ तर वैदेशिक रोजगारीको काममा भने केही समस्या आउने देखिन्छ, सजग रही कार्य गर्नुहोला । मित्रजनका साथ मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक कार्यमा विशेष सफलताको सम्भावना छ ।
मीन – दिन केही चुनौतीयुक्त रहने देखिन्छ । नियमित कार्यमा बाधा एवम् पारिवारिक समस्याहरू देखापर्नेछन् । विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कने योग छ । मित्रजनसँग मनमुटाव हुन सक्छ । विश्वासमा पारेर धोका दिनेहरूको सक्रियता बढ्नेछ, सजग रहनुहोला । चुनौतीका बाबजुद दीगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । सामाजिक कार्यमा लगाव रहनेछ ।
प्रतिक्रिया