आजको पञ्चाङ्ग एवम् राशिफल (२९ जेठ २०८२ बिहीबार, १२ जुन २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२९ जेठ २०८२ बिहीबार, १२ जुन २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८२ जेठ २९ गते तद्अनुसार सन् २०२५ जुन १२ तारीख विहीबार आषाढ कृष्ण पक्षको प्रतिपदा तिथि मूल नक्षत्र शुभ योग तैतिल करण आनन्दादिमा धूम्र योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः९ मा भयो र सूर्यास्त साँझ १८ः५९ मा हुनेछ ।

आजको राशिफल

मेष – अलिक द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने समय छ । काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा समेत परिएला । चुनौतीको सामना गर्नुपर्नेछ । सहयोगी वा हितैषी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन् । यसका बाबजुद व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । यात्रा सुखद एवम् लाभप्रद हुनेछ । रोकिएको काम पुनः अघि बढ्न सक्छ ।

वृष – ब्यस्तता केही बढेपनि आम्दानीदायक कार्यमा आकर्षण रहने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने देखिन्छ । प्रयत्न गर्दा उठ्नुपर्ने रकम हातलागी हुने सम्भावना प्रवल छ । मन लगाएर गरेका व्यवसायिक कर्मबाट राम्रै फाइदा उठाउन सकिने योग छ । भूमि तथा मातृधनबाट पनि लाभ मिल्नेछ । विगतका कमजोरीलाई सुधार गर्ने मौका मिल्ला । महत्वाकांक्षी योजना फलीभूत हुनेछन् । खर्च भने केही बढ्न सक्छ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – नियमित कार्य निर्वाहका बाबजुद सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने समय छ । प्रतिष्ठित काम सम्पादन गर्ने अवसर आइपर्ला । धैर्यसथ प्रयत्न गर्दा रोकिएका कामसमेत सम्पादन हुनेछन् । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा मिल्नेछ । पशुपालन तथा कृषि क्षेत्रबाट पनि सामान्य लाभ नै मिल्ने देखिन्छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइएला । आरोग्यता वृद्धि हुनेछ । यात्रागत कार्य आजको लागि थाती राख्नु उचित होला ।

कर्कट – नियमित कार्यमा अवरोध आइपर्नुका साथै बाध्यतापूर्ण काममै आजको ज्यादा समय बित्न सक्छ । स्वास्थ्य केही कमजोर रहनाले महत्वपूर्ण कार्यमा पनि खासै जाँगर नलाग्ने देखिन्छ, तर जिम्मेवारी भने बढिरहनेछन् । सहयोगको आशा देखाउनेहरूबाटै धोका मिल्ने योग छ, सजग रहनुहोला । लेनदेनमा विवाद आउनसक्छ, आर्थिक कारोबार सकभर नगर्नु उचित हुनेछ । सहयोगको तत्परता देखाउनेहरूसँग पनि आज सजग रहनुहोला । खेलकुद एवम् रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – मिश्रित फलदायी समय छ । नियमित कार्यमा रुचि लाग्नेछैन, तथापि प्रयास गर्दा रोकिएका काम बन्नेछन् । खर्च केही मात्रामा बढ्ने देखिन्छ । व्यवसायमा लगानी वृद्धिको आवश्यकता पर्ला । समस्यामा मातापिताको सहयोग प्राप्त हुनेछ । अरूको भर पर्दा धोकामा परिने सम्भावना छ । आर्जित धन तत्काल खर्च हुनसक्ने योग रहेकोले सचेत रहनुहोला । सन्तानपक्षबाट सुख बढ्नेछ । आरोग्यता रहनेछ । मित्रजनहरू सहयोगी बनेर देखापर्लान् ।

कन्या – ब्यस्तता बढेपनि श्री वृद्धि हुने समय छ । नियमित व्यवसायबाट आम्दानी बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट पनि लाभ नै मिल्नेछ । तथापि, परिवारजनको भरण–पोषणमा खर्च केही बढ्ने देखिन्छ । मित्रजनले सोचेअनुसार साथ नदिनाले उत्साहमा कमी आउला । मातापिता र आफन्तको सहयोगले काम बन्नेछन् । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने योग छ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

तुला – आजको दिन अरूका काममा समय बित्न सक्छ । महत्वपूर्ण काम समयमा पूरा नहुनाले खिन्नता बढ्ला । तथापि, सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । व्यावसायिक काममा खर्च बढ्नेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ, सजग रहनुहोला । आरोग्यबल बढ्नेछ । साहसिक काममा आकर्षण रहला ।

वृश्चिक – स्वास्थ्यमा कमजोरीका बाबजुद परिश्रम धेरै गर्नुपर्ने समय छ । गरिएको काममा भने सफलता नै मिल्नेछ । भाग्योन्नति होला, तथापि अप्रिय समाचारले खिन्नता बढ्नसक्ने योग रहेको छ । पढाइलेखाइमा खासै ध्यान दिन नसकिए पनि रोकिएको काम मिहिनेतले बन्नेछ । रमाइलो यात्रा हुनुका साथै यात्रागत कार्य सार्थक रहला । आरोग्यबल बढ्नेछ । सुख-सुविधाको बस्तु खरिदमा मन जाला, जसले खर्च बढाउनेछ । योजना र बजेट बनाइ आर्थिक व्यवहार गर्नु बेस होला ।

धनु – विभिन्न अवसरले पछ्याउने समय छ । काममा केही चुनौती देखिएपनि समयको सदुपयोग हुनेछ । तर, सोचेको काम समयमा सम्पादन गर्नका लागि विशेष जोडबल लगाउनुपर्ला । सामान्य लापर्वाहीले पनि महत्वपूर्ण अवसर फुत्कने सम्भावना रहेकोले अत्यन्त सजग रही कार्य-व्यवहार गर्नुहोला । धेरैले सहयोगको तत्परता देखाउनाले नसोचेको फाइदा उठाउन सकिने योग छ । आरोग्यबल बढ्नेछ ।

मकर – धैर्यले काम लिने समय छ । आजको दिन चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ । बोली र व्यवहारमा सरलता अपनाउनु हितकर होला । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । परिवारजनका साथै बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । खर्च भने केही बढ्न सक्छ । सुख–विलास पनि बढ्ने देखिन्छ ।

कुम्भ – कुनै पनि प्रकारको शारीरिक एवम् आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने समय छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका जुर्ला । स्थानान्तरण तथा लामो यात्राको सम्भावना छ । पितृधनबाट विशेष लाभ प्राप्त हुने योग छ । मित्रजनको साथ मनोरञ्जनपूर्ण यात्रा हुनसक्छ । व्यापार–व्यवसाय लाभप्रद नै रहनेछ । आयबल बढ्नेछ । समग्रमा दिन उत्साहवद्र्धक रहला ।

मीन – सानातिना काम वा घरेलु समस्यामा अल्झनुपर्ने समय भएपनि श्रमको उचित मूल्यांकन हुनेछ । पढाइलेखाइमा प्रगति हुनेछ भने सामाजिक कामको दायित्व बढ्ने देखिन्छ । अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सजग रही व्यवहार गर्नुहोला । आफ्नै प्रयत्नले जटिल कार्यमा सफलता प्राप्त गर्न सकिने योग छ । केही चुनौती बढेपनि कर्मबल प्रप्त हुनेछ ।