✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८२ जेठ ३० गते तद्अनुसार सन् २०२५ जुन १३ तारिख शुक्रबार आषाढ कृष्णपक्षको द्वितीया तिथि पूर्वाषाढ़ा नक्षत्र नक्षत्र शुक्ल योग वणि करण आनन्दादिमा प्रवद्र्ध योग चन्द्रमा धनु राशिमा भ्रमण शील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः९ मा भयो र सूर्यास्त साँझ १८ः५९ मा हुनेछ ।
आजको राशिफल
मेष – अरूलाई प्रभावित पारेर काम लिन सकिने तथा कीर्तिमानी काम सम्पादन हुने समय छ । काममा मातापिताको सहयोग प्राप्त होला । तर, प्रतिष्ठित काम गर्ने मौका मिलेपनि विगतका निर्णयले काम बिग्रन सक्छ, सजग रहनुहोला । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ, जसले अनावश्यक समस्या निम्त्याउने सम्भावना दर्शाउँछ । मित्रहरूको साथ-सहयोगले आत्मविश्वास जागृत गराउनेछ ।
वृष – शुभदायी समय छ । नियमित कार्यमा जाँगर बढ्नुका साथै नयाँ कार्यारम्भका लागि उत्साह जगृत होला । गरिआएको कामलाई पनि निरन्तरता दिन सकिनेछ । तथापि, आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्, सचेत रहनुहोला । विभिन्न सहयोग र उपहार पाइने योग छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने देखिन्छ । पैत्रिक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ । बौद्धिक तथा रचनात्मक कामले गति लिनेछ ।
मिथुन – आजको दिन कामको चापबाट मुक्त रही विश्राम पाइनेछ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । तर, समयमा होश नपुग्नाले खर्चको मात्रा केही बढ्न सक्छ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्, सजग रहनुहोला । अध्ययन-अध्यापनमा ठूलो प्रयत्नका बाबजुद उपलब्धि उठाउन मुस्किल पर्ने योग रहेकोले आजका लागि यसतर्फ समय खर्च नगर्नु उचित हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । स्वास्थ्य सबल रहनेछ ।
कर्कट – श्रमको उचित मूल्यांकन हुने, दैनिक क्रियाकलापमा जाँगर चल्ने, प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्राको मौका जुर्नुका साथै कतै अतिथिका रूपमा सम्मानसमेत पाइएला । शुभचिन्तकहरूको सुझावलाई कदर गर्नु हितकर हुनेछ । साथीभाइको सहयोगले रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण रहला ।
सिंह – ब्यस्तता तथा दौडधुप बढ्ने तर न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । बन्दै गरेको काममा रोकावट र आकस्मिक खर्च समेत बढ्ने योग छ । पढाइलेखाइ तथा बौद्धिक क्रियाकलाप भने उन्नत रहने देखिन्छ । सन्तान पक्षबाट सुख बढ्नेछ । पारिवारिक समस्या समाधान भएर जानेछन् ।
कन्या – लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । आजको प्रयत्न निष्फल जस्तै होला । काम बिग्रने भयले सताइरहनेछ । सहयोगीहरूले पनि त्यत्ति साथ नदिन सक्छन् । स्वास्थ्य पनि केही कमजोर रहने योग छ । तथापि, जस्तोसुकै कठिनाइ उत्पन्न भएपनि आत्मविश्वास कायम रहनेछ । अति निकटका मित्रहरूको साथ-सहयोग रहनाले समस्याको समाधान मिल्नेछ ।
तुला – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा हुने देखिन्छ । इर्ष्यालुजनले अनावश्यक आलोचना गरी मानसम्मानमा आघातको प्रयास गर्न सक्छन्, त्यसको उपेक्षा गर्नु हितकर हुनेछ । द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानीसाथ जुट्नुपर्नेछ । आरोग्यबल बढ्नेछ । साहसिक कर्ममा आकर्षण रहला ।
वृश्चिक – रोकिएको काम अथक मिहेनतबाट सम्पन्न गर्न सकिने र बिनाप्रतिस्पर्धा लाभ मिल्ने समय छ । शत्रु तथा प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ । यात्राको व्यवस्थापनमा केही खर्च हुने देखिन्छ । गरिएका कर्मको उचित प्रतिफल पाइएला । धन आर्जन गर्ने विशेष मौका जुर्ला । आरोग्यबल बढ्नेछ । सुख-सुविधाको वस्तु खरिदमा केही खर्च हुनसक्छ ।
धनु – सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने समय छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ उठाउन सकिएला । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने सम्भावना छ, सबल स्वास्थ्यका लागि ध्यान दिनुपर्ने देखिन्छ । पढाइलेखाइमा समय दिन नसकिएला । व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला । नयाँ योजनाको कार्यान्वयन थाती राख्नु उचित हुनेछ । प्रतिकुलताका बाबजुद मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहनेछ ।
मकर – आजको दिन प्रतिष्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । सफलताका लागि अलिक प्रतिस्पर्धा गर्नुपर्ने समय छ । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । तपाईंका कमी-कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ । सहयोगीहरूले पनि खासै साथ नदेलान् । यात्रागत कार्य गर्दै हुनुहुन्छ भने सफलता प्राप्त हुनेछ ।
कुम्भ – आजको दिन प्रतिष्ठित काम गर्ने अवसर जुर्ला । विशिष्ट व्यक्तित्वसँगको भेटघाटले आत्मविश्वास बढ्नेछ । पारिवारिक जमघटमा मन रमाउला । आयबल बढ्नेछ भने मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । आर्थिक विकाससित सम्बन्धित कार्यमा विशेष सफलता मिल्ने र बौद्धिक कार्य पनि बन्ने देखिन्छ । मातृशक्तिको सल्लाह, सहयोगले नियमित कार्यमा विशेष उत्साह थपिन सक्छ । आयआर्जन पनि राम्रै हुनेछ ।
मीन – मिश्रित फलदायी समय छ । त्यसै-त्यसै आफू कमजोर भएको अनुभूति हुनसक्छ । अप्रिय समाचारले मन खिन्न तुल्याउने योग छ । व्यावसायिक कामबाट केही फाइदा भए पनि तत्काल खर्च गर्नुपर्ने सम्भावना छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर हुनेछ । काममा परिवारजनको सहयोग जुटाउने प्रयत्न गर्नुहोला । चुनौतीका बाबजुद कर्मबल बढ्नेछ । सुख-सुविधाको साधन हातलाग्ने देखिन्छ ।
प्रतिक्रिया