आजको पञ्चाङ्ग एवम् राशिफल (३१ जेठ २०८२ शनिबार, १४ जुन २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (३१ जेठ २०८२ शनिबार, १४ जुन २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८२ जेठ ३१ गते तद्अनुसार सन् २०२५ जुन १४ तारिख शनिबार आषाढ कृष्णपक्षको तृतीया तिथि उत्तराषाढ़ा नक्षत्र ब्रम्हा योग नव करण आनन्दादिमा राक्षस योग चन्द्रमा मकर राशिमा भ्रमण शील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १८ः५९ मा हुनेछ ।

आजको राशिफल

मेष – मिश्रित फलदायी समय छ । व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्ने र बिनाकारण आफन्तजनबाट टाढिनुपर्ने योग छ । विश्वास गरिएका पात्रले नै धोका दिन सक्नेछन् । सामाजिक कार्यले मान–प्रतिष्ठा दिलाउनेछ । मित्रजनको साथ रमाइलो यात्रा र मिठो भोजन प्राप्त हुनेछ । समस्यामा इष्टमित्रको सहयोग रहनेछ ।

वृष – आजको दिन चुनौतीयुक्त रहने देखिन्छ । पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमुटाव र ब्यर्थको छटपटी बढ्ने समय छ । मित्रजनका बीच पनि एक्लोपनाको अनुभूति होला । विवाद, धनहानी, फजुलको लाञ्छना जस्ता समस्या आउन सक्छन् । सामाजिक प्रतिष्ठामा कमी आउने सम्भावना रहेकोले बोली र व्यवहारमा अत्यन्त सजग रहनुहोला । काममा विलम्ब र चुनौतीको सामना गर्नुपर्ला । खर्च नियन्त्रण्को लागि आर्थिक व्यवहारमा ध्यान दिनुपर्नेछ । परिवारजनको साथले उत्साह बढ्नेछ ।

मिथुन – परोपकार र मङ्गलमय काम सम्पादनमा मनोवृत्ति बढेपनि आजको दिन केही प्रतिकुल नै रहने देखिन्छ । पारिवारिक समस्याहरू देखापर्नेछन् भने पति–पत्नीमा असमझदारी बढ्ने योग छ । साझेदारीको काममा पनि विवाद हुनसक्छ, सजग रहनुहोला । विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कनेछ । कुनै विशेष कार्ययोजना अघि बढाउने तयारीमा हुनुहुन्छ भने केही समय थाती राख्नु उचित हुनेछ ।

कर्कट – बौद्धिक कार्यमा विशेष सफलता मिल्नुका साथै रोकिएका काम अघि बढ्ने समय छ । बौद्धिक कर्ममा लागेका व्यक्तिहरूका लागि समय विशेष अनुकूल रहला । रोकिएका काम बन्नेछन् भने अतिरिक्त आम्दानीको स्रोत उपलब्ध हुने योग छ । नियमित कार्यमा प्राप्त उपलब्धिले उत्साह बढ्नेछ । विपरीतलिंगी मित्रको विशेष साथ रहनाले सुख बढ्नेछ । विरोधि पक्षले आत्मसमर्पण गर्ने योग छ ।

सिंह – आजको दिन समाजसेवा र परोपकारका कार्यमा ज्यादा समय बित्ने देखिन्छ । दीन–दुखीको सेवाले आत्मिक सन्तुष्टिको भाव जागृत हुनेछ । आयआर्जनको कमीले ठूलो योजना वा प्रगतिमा बाधा पुग्ने योग छ । आफन्तजनसँग मनमुटाव बढ्न सक्छ, विवादबाट बच्ने प्रयत्न गर्नु हितकर होला । स्वास्थ्यगत समस्याले केही सताउन सक्छ । सन्तान पक्षबाट भने सुख मिल्नेछ ।

कन्या – आजको दिन केही चुनौतीयुक्त रहला । स्वास्थ्यमा बाधा, नियमित काममा झमेला र आफन्तबीच असमझदारी बढ्ने देखिन्छ । झुटा आरोप आइलाग्न सक्छन्, सजग रहनुहोला । सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्नेछन् । बाह्य यात्रामा रहेका र प्रवासमा हुनेहरूलाई भने समय निकै अनुकूल रहनेछ । कृषि व्यवसायमा विशेष उन्नतिका साथै धन आर्जन काो अवसर जुट्नेछ । समस्यामा साथीभाइको सहयोग प्राप्त हुनेछ ।

तुला – साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिने समय छ छ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइएला । जीवनसाथी एवम् परिवारजनको साथ–सहयोगबाट भौतिक सम्पत्ति लाभ हुने योग छ । घर–जग्गा जोड्ने योजनामा क्रियाशील भएका व्यक्तिका लागि समय अनुकुल रहनेछ । साथीभाइको साथ मिल्नाले पराक्रम बढ्नेछ । मित्रजनको साथ रमाइलो यात्रा एवम् मिठो भोजन प्राप्त होला ।

वृश्चिक – विश्वासमा पारेर धोका दिनेहरूले सताउन खोजेपनि रोकिएका काम बन्न थाल्नेछन् । परोपकार र सामाजिक काममा रुचि जाग्ने समय छ । अध्ययन तथा लेखन कार्यमा जाँगर वृद्धि र प्रगति हुने देखिन्छ । सोच्ने शक्ति बढ्ला । आलोचना गर्नेहरू नै तपाईंको प्रशंसा गर्ने अवस्थामा पुग्नेछन् । सामाजिक मान-प्रतिष्ठा मिल्ने योग छ । नयाँ नोकरी प्राप्ति वा पदोन्नतिको सम्भावनाका साथै व्यापार–व्यवसाय विस्तार हुने देखिन्छ । आरोग्यबल वृद्धि होला ।

धनु – नियमित कार्यमा जोश-जाँगर बढ्नुका साथै स्थायी सम्पत्ति आर्जन गर्ने समय छ । सामाजिक प्रतिष्ठा तथा मानसम्मान बढ्नेछ । जीवनसाथीबाट मिलेको साथ र सहयोगीहरूको मद्दतले चुनौतीपूर्ण काम पनि सहजै सफल हुनेछन् । विद्यार्थी वर्गका लागि विशेष उपलब्धिमूलक दिन रहला । सहयोगीको रामै साथ पाइनेछ । आरोग्यबल बढ्नेछ । रसरागात्मक क्रियाकलपमा विशेष आकर्षण रहला ।

मकर – आजको दिन केही अनुकुल केही प्रतिकुल परिस्थितिबाट गुज्रने देखिन्छ । स्थायी सम्पत्ति जोड्ने अवसर मिलेपनि बुद्धि–विवेकको सही उपयोग गर्न नसकिएला । बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउने योग छ । तपाईंको अधिकार तथा शक्तिमा अंकुश लाग्ने देखिन्छ । सन्तानपक्षबाट लाभ र सुख मिल्नाले दीर्घकालीन योजनाहरू सम्पादन हुन सक्छन् । आम्दानीको तुलनामा खर्च वृद्धि हुन सक्छ । स्वास्थ्य केही कमजाोर रहन सक्छ, खानपनमा विशेष ध्यान दिनुहोला ।

कुम्भ – शुभदायी समय छ । उद्योगधन्दा र रोजगारीका लागि विभिन्न अवसर आउने एवम् आयआर्जनका स्रोत बढ्नेछन् । कृषि-पशुपालनमा सामान्य तर उद्योग-व्यापारमा राम्रै लाभ मिल्ने योग छ । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । हरेक मामलामा आफ्नो पक्ष सबल बन्नुका साथै मित्रजनका बीचमा मान पनि बढ्नेछ । सामाजिक तथा परोपकारी कार्यमा विशेष रुचि जाग्नेछ । समग्रमा दिन उत्साहपूर्ण रहनेछ ।

मीन – बिनाकारण अनेक चुनौतीको सामना गर्नुपरेपनि आयआर्जनका विभिन्न स्रोत भेटिने दिन छ । विभिन्न अवसरले पछ्याउनेछन् । स्थापित व्यवसाय, कृषिकर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ । व्यवसायमा सोचेभन्दा बढी नै सफलता मिल्ने देखिन्छ । बौद्धिक कर्ममा विशेष लगाव रहला । कर्मबका साथै सुख विलास पनि बढ्नेछ ।