✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८२ आषाढ १ गते सन् २०२५ जुन १५ तारिख आइतबार आषाढ कृष्णपक्षको चतुर्थी तिथि श्रवण नक्षत्र ऐन्द्र योग कौलव करण आनन्दादिमा गद योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १८ः५९ मा हुनेछ । आषाढ संक्रान्ति ।
आजको राशिफल
मेष – सामाजिक तथा धार्मिक क्रियाकलापमा विशेष रुचि जाग्ने र रोकिएको काम बन्नाले उत्साह वृद्धि हुने समय छ । पहिलेको उपलब्धिले काममा उत्साह जगाउला । साझेदार नै प्रतिस्पर्धीका रूपमा देखापर्न सक्ने योग भएकोले पार्टनरसिपमा व्यवसाय गर्नेहरू होसियार रहनु हितकर हुनेछ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्ने देखिन्छ । रचनात्मक कार्यले आम्दानीको दिगो स्रोत जुट्न सक्छ । राजकाजमा विशेष सफलता प्राप्त होला ।
वृष – मिश्रित फलदायी समय छ । सामान्य अस्वस्थताका बीच कामको बोझ बढ्ने देखिन्छ । सबल स्वास्थ्यका लागि खानपान लगायतमा विशेष ध्यान दिनुहोला । आश्वासन दिनेहरूले झुक्याउन सक्छन्, मिठो प्रलोभनमा नपर्नु हितकर होला । इर्ष्यालु ब्यक्तिबाट पर रहेकै राम्रो । पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइने योग छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।
मिथुन – प्रियजनसँग भेटघाट र प्रसन्नताको समय छ । विभिन्न अवसर पाइएला । रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ । तर्कशक्ति बढे पनि कुराकानी गर्दा गोपनीयतामा विशेष ध्यान दिनुहोला । आक्षेप लगाउनेहरू सक्रिय हुनसक्ने सम्भावना रहेकोले सजग रही व्यवहार गर्नु हितकर हुनेछ । महत्वपूर्ण कार्यमा अरुको भर नपर्नु उचित होला । बौद्धिकताको उचित प्रयोगले समस्याको समाधान प्राप्त हुनेछ ।
कर्कट – आजको दिन नसोचेको विषयमा व्यवहारिक झमेला आइलाग्न सक्छन्, तर आत्मविश्वास उच्च रहनेछ । अप्ठ्यारो परिस्थितिमा पनि आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । कामको उपलब्धि देखाएर थप फाइदा उठाउन सकिनेछ । प्रशंसकहरू बढ्नेछन् । दीर्घकालीन काममा लगानी गर्ने अवसर जुर्ने देखिन्छ । आँटले जटिल कामसमेत सम्पादन हुन सक्छ । आश मारेको काम बन्नाले उत्साह बढ्नेछ । परिवारिक सुख वृद्धि हुनेछ ।
सिंह – पारिवारिक जमघटको फाइदा उठाउँदै विभिन्न परिकारको आनन्द लिन पाइने समय छ । खर्च केही बढे पनि रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । टाढाका साथीभाइसँग सम्बन्ध बढ्नुका साथै विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिने योग छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । इच्छाशक्ति बढ्नुका साथै लक्ष्यप्राप्तिमा सहजता होला । आरोग्यबल बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।
कन्या – आजको दिन अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । विश्वास गरेकाले धोका दिनेछन् भने साथीभाइहरू पनि टाढिन सक्छन् । जटिल परिस्थितिको बन्धनमा परिने योग भएकाले सजग रही बव्यवहार गर्नुहोला । चुनौतीका बाबजुद सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन् । तर्कशक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका आउला । प्रेमभाव बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।
तुला – मिश्रित फलदायी समय छ । कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन् । अनावश्यक तर्कले विवाद निम्त्याउन सक्छ, बोली-व्यवहारमा सजग रहनुहोला । हिसाबकिताबमा सावधान नहुँदा आर्थिक विवादमा परिने योग छ । मानसम्मानमा चोट पुग्न सक्छ । सहयोगीहरूको भावनालाई बुझेर व्यवहार गर्नु हितकर होला । सन्तानपक्षबाट सुख मिल्ने देखिन्छ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।
वृश्चिक – मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिने समय छ । आँटेका काम बन्नाले जोश–जाँगर बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । सहयोगीहरू जुट्नाले जस्तोसुकै जटिल कामबाट पनि फाइदा उठाउन सकिएला । घरखर्चमा केही वृद्धि हुनसक्छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । आफन्तजनको साथ-सहयोग प्राप्त हुनेछ । आरोग्यबल र पराक्रम बढ्ने छ ।
धनु – आजको दिन परिस्थितिले संघर्षको पाइला चाल्न सिकाउने छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै प्रेमको बन्धन कसिन सक्छ । विपरीतलिंगी मित्रको भावना बुझ्ने चेष्टा गर्नुहोला । व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः फाइदै हुनेछ । पढाइलेखाइका लागि अनुकूल समय छ । मिठो भोजन प्राप्तिले सुख बढ्नेछ ।
मकर – केही खर्च लागे पनि जटिल कामको प्रयत्न सफल हुने समय छ । नियमित कार्य सामान्य रहला । पढाइलेखाइमा प्रगति हुनेछ भने परिश्रमबाट स्थिर सम्पत्ति जोड्ने योग छ । सबल स्वास्थ्यका लागि खानपानमा विशेष ध्यान दिनुपर्नेछ । साझेदारीको काममा केही समस्या आउन सक्छ, सजग रहनुहोला । यात्रागत कार्यमा आंशिक सफलता मिल्नेछ ।
कुम्भ – खर्च बढेर केही समस्या उत्पन्न भएपनि बुद्धिको उपयोगले काम लिने समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । नजिकका आफन्त टाढिन सक्छन् तर विशिष्टजनसँग मित्रता बढ्ने योग छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्ला । चुनौतीका बाबजुद सामर्थ्य वृद्धि हुनेछ । स्वास्थ्य सबल रहला ।
मीन – समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने समय छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । भाग्य बलवान् रहनाले रोकिएका काममा दोहा ऱ्याएर प्रयास गर्दा फाइदा हुनेछ । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइनेछ । तथापि, नाता-सम्बन्ध गाँसेर फाइदा उठाउन खोज्नेहरूले सताउन सक्छन्, सजग रहनुहोला । लेखन तथा प्रकाशनसित सम्बन्धित काममा विशेष सफलता मिल्नेछ । सुख विलास पनि बढ्नेछ ।
प्रतिक्रिया