✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८२ आषाढ २ गते तद्अनुसार सन् २०२५ जुन १६ तारिख सोमबार आषाढ कृष्ण पक्षको पञ्चमी तिथि धनिष्सठा नक्षत्र वैधृति योग गर करण आनन्दादिमा शुभ योग चन्द्रमा ११ः५५ बजेसम्म मकर त्यसपछि कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १९ः०० बजेमा हुनेछ ।
आजको राशिफल
मेष – व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ । पहिलेको लगानी तथा श्रमबाट राम्रै प्रतिफल पाइएला । खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । नजिकका साथीभाइ टाढिन सक्छन्, तर टाढाका साथीभाइसँग भने मित्रता बढ्नेछ । स्वास्थ्यमा केही कमजोरी देखिन सक्छ । समस्यमा इष्टमित्रको सहयोग रहला ।
वृष – नियमित कार्यमा ढिलासुस्ती हुने देखिन्छ, तर बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । आम्दानीको तुलनामा खर्च अलि बढी हुनाले आर्थिक समस्या देखापर्न सक्छ । चोटपटकको योग रहेकोले आजको दिन सवारीसाधन तथा हातहतियारको उपयोग गर्दा विशेष सजगता अपनाउनुहोला । शक्तिशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रने सम्भावना छ । गोपनीयतामा ध्यान राखेर व्यवहार गर्नु उचित हुनेछ । बौद्धिक तथा रचनात्मक काममा विशेष सफलता मिल्नेछ । परिवारिक सुख बढ्नेछ ।
मिथुन – नोकरीमा प्रशंसा, पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ । आफन्तजनको सहयोगले विशेष फाइदा होला । नयाँ नोकरी प्राप्तिको सम्भावना छ । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्ने देखिन्छ । खर्च केही बढ्ने देखिएकाले रकम जोगाउने चेष्टा गर्नु हितकर होला । कुनैपनि कार्यमा बलजफ्तीले समस्या निम्त्याउन सक्छ, ध्यान राख्नुहोला । मित्रजनको साथले शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
कर्कट – ब्यस्तता केही बढेपनि मेहनतले नाम, दाम र इनाम हातपार्न सकिने समय छ । पुरस्कार, प्रशंसा, ख्याति आदि मिल्ने सम्भावन प्रवल छ । भौतिक साधन जुट्नुका साथै कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ । काम गरेर धेरैको मन लोभ्याउन सकिएला । प्रेम र मित्रताको बन्धन कसिनेछ । प्रतिस्पर्धी परास्त हुनेछन् । कतै आतिथ्यपूर्ण सम्मान पाइनेछ । कर्मबल बढ्नेछ ।
सिंह – नयाँ व्यापार-व्यवसाय विस्तार हुने समय छ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । खुसीको समाचार सुन्न पाइनेछ । अप्ठ्यारो परिस्थितिमा गरिएको पुरुषार्थले प्रतिष्ठा दिलाउला । मित्रजनको साथ–सहयोगले दिगो आम्दानी हुने काम सुरु गर्ने मौका जुर्ला । प्रेमभाव र दामपत्यसुख बढ्नेछ । आध्यात्मिक कार्यमा खर्च गरिएला । पारिवारिक सुखशान्ति रहनेछ ।
कन्या – मिश्रित फलदायी समय छ । स्वास्थ्यसम्बन्धी सामान्य समस्याले नियमित कार्यमा ब्यवधान पैदा गर्न सक्छ । समयमा काम सम्पन्न गर्न नसक्दा हातबाट अवसर फुत्कने देखिन्छ । सञ्चित धनको हानी–नोक्सानी हुने योगका कारण आर्थिक लेनदेनमा सजगता अपनाउनु उचित हुनेछ । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्ने सम्भावना छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । अरूलाई बेसुरमै दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ ।
तुला – बोलीकै भरमा काम सम्पादन गर्ने समय छ । आफन्तजनसँग असमझदारी बढे पनि शुभचिन्तकहरूले साथ दिनेछन् । सामाजिक प्रतिष्ठा जोगाउन आफ्ना योजना गोप्य राख्नुहहोला । परोपकारजन्य कार्यहरू सम्पादन हुनेछन् । प्रेम र मित्रताको गाँठो कसिन सक्छ । आफ्नो कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्न सक्छ, सजग रही व्यवहार गर्नुहोला । साहसिक काममा विशेष आकर्षण रहनेछ ।
वृश्चिक – नयाँ कार्ययोजना बन्ने र नयाँकामको सुरुवात गर्न सकिने समय छ । काम सामान्य भए पनि राम्रो आम्दानी हुने देखिन्छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्ला । व्यस्तता बढ्नुका साथै रोकएको काम सम्पन्न हुने देखिन्छ । मानसम्मान वृद्धि र आम्दानी बढ्ने योग छ । परिवारजनमा भने केही असमझदारी बढ्न सक्छ । मिहिनेत ले रोकिएको काम बन्नेछ । आरोग्यता रहनेछ ।
धनु – खर्च केही बढ्ने र विशेष कामकाजमा अबरोध आउनसक्ने परिस्थिति रहेकोले हिम्मतले काम लिने समय छ । पुरुषार्थ देखाएर नाम, दाम र इनाम हात पार्न सकिनेछ । बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ । उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुन सक्छ । व्यापारमा सन्तोषजनक अवस्था रहनेछ । बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ ।
मकर – महत्त्वपूर्ण काममा सफलता मिल्नुका साथै आकस्मिक तवरले धनलाभ हुने समय छ । पढाइमा रूचि बढ्नेछ भने श्रमको उचित मूल्यांकन हुने देखिन्छ । खर्च लागे पनि रमाइलो यात्राको अवसर जुट्न सक्छ । मिठो भोजन प्राप्तिले सुख वृद्धि होला । आरोग्यबल बढ्नेछ । तर, कृषि तथा पशुधनबाट सामान्य मात्र फाइदा हुनेछ । आजको दिन मन मिल्ने साथीभाइ अलिक टाढिन सक्छन् । प्रेम सम्बन्धमा पनि चिसोपन आउने योग छ ।
कुम्भ – विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । विपरीतलिंगी वा शुभचिन्तकहरूले साथ दिनेछन् । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ । अरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ । कमजोरी ढाकछोपको प्रयत्न नगर्नु उचित हुनेछ । वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी सावित होला । आरोग्यबल बढ्नेछ । बौद्धिक क्रियाकलापमा अब्बल बन्ने योग छ ।
मीन – शुभदायी समय छ । प्रतिभा प्रदर्शन गरेर धेरैको मन जित्न सकिनेछ । जस्तोसुकै समस्या पनि बुद्धिको उपयोगले पन्छाउन सकिएला । प्रेम र मित्रताको बन्धन कसिन सक्छ । अस्थायी पेसाबाट राम्रै फाइदा हुने देखिन्छ । नयाँ नोकरी प्राप्त हुने योग छ । दाम, इनाम र प्रतिष्ठा कमाउने अवसर जुर्ला । अध्ययन–अध्यापनमा प्रगति हुनेछ । सुख–सुविधाको वस्तु बढ्नेछन् ।
प्रतिक्रिया