आजको पञ्चाङ्ग एवम् राशिफल (४ असार २०८२ बुधबार, १८ जुन २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (४ असार २०८२ बुधबार, १८ जुन २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धसर्थीनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८२ आषाढ ४ गते तद्अनुसार सन् २०२५ जुन १८ तारीख बुधबार आषाढ कृष्ण पक्षको सप्तमी तिथि १०ः३८ पर अष्टमी तिथि पूर्वाभाद्रपद नक्षत्र प्रीति योग वालब करण आनन्दादिमा पद्म योग चन्द्रमा कुम्भ राशिमा १६ः१८ बजेसम्म त्यसपछि मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १९ः०० मा हुनेछ । अष्टमी व्रत, गोरखकाली पूजा ।

आजको राशिफल

मेष – नसोचेको काम बन्नसक्ने भाग्यशाली दिन छ । फलदायी एवम् अनौठो समाचार सुनिएला । अर्थलाभका अवसर आउनेछन् । व्यापार-व्यवसायबाट राम्रै आम्दानी हुने देखिन्छ । परोपकारी कार्यका साथै तीर्थ तथा देवालय आदिको भ्रमण हुन सक्छ । सामाजिक प्रतिष्ठा बढ्नेछ । सोचेभन्दा बढी नै लाभ मिल्नाले उत्साह वृद्धि हुनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा विशेष मन लाग्नेछ ।

वृष – प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने समय छ । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिएला । यात्रागत कार्यमा ठूलै सफलता मिल्ने योग छ । मित्रजनको साथ रमणीय तथा सुखद यात्राको सम्भावना छ । जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा विशेष सफलता प्राप्त हुनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका जुर्नसक्छ । प्रगतिको दर बढ्नुका साथै आनन्द वृद्धि हुनेछ ।

मिथुन – केही चुनौती बढ्ने समय छ । आर्थिक संकट पैदा हुनुका साथै लेनदेनमा विवाद पैदा हुन सक्छ । घरायसी व्यवहारमा पनि असहजता बढ्ने योग छ । मित्र बनेर धोका दिनेहरूको सक्रियता बढ्न सक्छ, सजग रहनुहोला । प्रतिकुलताका बाबजुद परोपकारी कार्यमा मन जानेछ । विपरीतलिंगीको सहयोगमा केही काम बन्नेछ । बौद्धिकता तथा विवेकशीलताको प्रयोग हुनेछ ।

कर्कट – अरुको काममा ज्यादा समय दिनुपर्ने दिन छ । सहयोगी भावनाका कारण धेरैको मन जित्न सकिएला । नोकरी तथा राजनीतिमा मान मिल्ने योग छ । नसोचेको स्थानबाट धनलाभ हुन सक्छ । कर्मबल बढ्नेछ, तर घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ । मित्रजन सहयोगी बनेर देखापर्लान् । शत्रु पक्षमाथि विजय प्राप्त हुनेछ ।

सिंह – शुभदायी समय छ । रोकिएका काम बन्नुका साथै नयाँ काम पनि सुरु गर्न सकिएला । दाम्पत्यसम्बन्ध सुखद रहनेछ भने प्रेमको बन्धन कसिएर जाला । आर्थिक लेनदेनका लागि उचित समय छ । सामाजिक यश, मान–सम्मान र प्रतिष्ठा वृद्धि हुनेछ । अप्ठ्यारा काम पनि सजिलै सम्पन्न हुनेछन् । रसरागका क्रियाकलापमा आकर्षण रहनेछ ।

कन्या – दैनन्दिन कर्ममा जाँगर बढ्नुका साथै महत्वपूर्ण योजना साकार गर्न अघि बढ्ने समय छ । परोपकार वा धार्मिक क्षेत्रमा विशेष लगाव रहला । व्यापार-व्यवसायमा लगानी बढाउनु उचित सावित हुनेछ । साझेदारीबाट पनि राम्रो प्रतिफल प्राप्त होल । मनोरञ्जनात्मक क्रियाकलापमा संलग्नता रहला । मित्रजनले साथ दिनेछन् । आफन्तसुख बढ्नेछ । कार्यगतिमा तीव्रता आउनाले मन प्रफुल्ल रहनेछ ।

तुला – सानातिना घरायसी काममा अल्झिनुपर्ने र लेनदेनको समस्याले सताउन सक्ने समय छ । नियमित व्यवसायमा पनि घाटाको अवस्था आइपर्नसक्छ । आजको दिन यात्रामा विशेष सावधानी अपनाउनुपर्नेछ । अनावश्यक विवादमा फस्ने योग रहेकोले बोली र व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ । आरोग्यबल बढ्नेछ ।

वृश्चिक – मिश्रित फलदायी समय छ । पढाइलेखाइमा सुधार आउनेछ । कुरा काट्नेहरू प्रशंसक बन्नेछन् । जागीरबाट पनि सन्तुष्टि मिल्ने देखिन्छ । काममा केही समस्याको सामना गर्नुपर्ला । गलत लेनदेनमा समस्या आउन सक्छ, आर्थिक व्यवहारमा सजगता अपनाउनुहोला । व्यापारमा गरेको लगनी सन्तोषप्रद रहनेछ । परोपकारी कार्यबाट प्रशंसा मिल्नेछ । रोकिएका काम मिहिनेतले बन्नेछ । आरोग्यबल बढ्नेछ ।

धनु – लामो समयदेखि रोकिएका कामहरू बन्नाले हौसला वृद्धि हुने समय छ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्नेछन् । कतै आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना छ । मान–प्रतिष्ठा वृद्धि हुने देखिन्छ । मित्रजनका साथ मिठो भोजन प्राप्त हुनाले सुख बढ्नेछ । बौद्धिक कार्य बन्नेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण रहला ।

मकर – चुनौतीका बाबजुद नसोचेको काम बन्ने र धैर्यले काम लिन सकिने समय छ । मित्रजनको सहयोग पनि प्राप्त होला । प्रेमसम्बन्धमा प्रगति र दाम्पत्यसुखको योग छ । स्वास्थ्यस्थितिमा सुधार आउला । नयाँ आयआर्जनको स्रोत फेलापर्न सक्छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

कुम्भ – समय खासै नराम्रो नभएपनि आजको दिन खर्च र विवाद बढ्ने सम्भावना रहेकोले व्यवहारमा विशेष सजगता अपनाउनुपर्नेछ । शत्रु पक्ष सबल बन्न सक्छन्, सावधान रहनुहोला । महत्वपूर्ण काममा अवरोध आउनाले धननाश हुन सक्छ । सबल स्वास्थ्यका लागि खानपनमा सतर्कता अपनाउनुहोला । प्रतिकुलतामा पनि आत्मविश्वास प्रबल रहनेछ । बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ ।

मीन – अधुरा कामहरु बन्ने, अरुको विश्वास आफुतिर रहने अनि आफन्तजनको उचित सहयोग मिल्ने समय छ । ठूला व्यक्तिबाट बुद्धिको तारिफ हुनेछ । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठनपाठनमा ध्यान दिनु बेस होला । नयाँ कामको थालनी हुने योग छ । प्रेमसम्बन्ध बलियो रहनुका साथै सुख विलास पनि बढ्नेछ ।