✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर ग्रीष्म ऋतु वि.सं.२०८२ आषाढ ५ गते तद्अनुसार सन् २०२५ जुन १९ तारिक बिहीबार आषाढ कृष्णपक्षको एकादशीअष्टमी तिथि ८ः४० पर नवमी तिथि उत्तराभाद्रपद नक्षत्र सौभाग्य योग तैतिल करण आनन्दादिमा छत्र योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १९ः०० बजे हुनेछ । भलभल अष्टमी, देवपतने त्रिशूलजात्रा ।
आजको राशिफल
मेष – आर्थिक क्रियाकलाप तथा आयआर्जनको दृष्टिले शुभदायी दिन छ । धनप्राप्तिका साथै मनपरेका पाहुनाको आगमनले मन हर्षित रहला । आफन्तमिलनले सुख दिनेछ । केही नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । नयाँ साथीसंग चिनजान हुने र रमाइलो यात्राको पनि सम्भावना छ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
वृष – हाँसखेल, रमाइलो भ्रमण तथा मनोरञ्जनमा ज्यादा समय बित्ने दिन छ । नियमित कार्य पनि सजिलैसँग निर्वाह हुनेछ । ब्यापारबाट सामान्य नाफा होला । रमणीय र सुखद यात्राको योग छ । नयाँ काम पाउने, नसोचेको ठाउँबाट अर्थलाभ हुने देखिन्छ । कृषिकर्मबाट विशेष लाभ हुनेछ । समस्याको समाधान प्राप्त भइ परिवारिक सुख बढ्नेछ । दिन उत्साहपूर्ण रहनेछ ।
मिथुन – आजको दिन स्वास्थ्यमा गडबडीकोे सम्भावना छ, खानपानमा विशेष सजक रहनुहोला । धनमाल हराएर मनमा पीडा थपिन सक्छ, सजक रहनु उचित हुनेछ । हरेक कार्यमा अरूको भरपर्दा काममा धोका हुन सक्छ । यात्रागत कार्यमा निस्कँदैहुनुहन्छ भने थाती राख्नु उचित हुनेछ । व्यर्थको खर्चबाट जोगिन आर्थिक व्यवहारमा अत्यन्त सजगताको खाँचो छ । होला । धर्मकर्ममा आकर्षण बढ्नेछ ।
कर्कट – मिश्रित फलदायी समय छ । नियमित कार्यमा कठिनाइ आइपर्ने र बन्न लागेको काम पनि बिग्रन सक्ने देखिन्छ । आजको दिन रुपैयाँपैसाको लेनदेन नगर्नु हितकर होला । मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ । ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । प्रतिकुलताका बाबजुद सामर्थ्य वृद्धि भइ शत्रुपक्ष परास्त हुनेछ ।
सिंह – आजको दिन सरल ढंगले कामहरू बन्नाले सुखको अनुभव हुनेछ । धन आर्जनका नयाँ बाटा खुल्नेछन् भने खर्चभन्दा कमाई नै बढी हुने देखिन्छ । पठनपाठन कार्यमा मन जानेछ । सन्तानपक्षबाट खुशीको समाचार सुन्न पाइएला । प्रेमभाव वृद्धिका साथ दाम्पत्यसुख बढ्नेछ । साहसिक काममा विशेष आकर्षण रहला ।
कन्या – नियमित काममा जोश र जाँगर बढ्ने समय छ । कामहरू सजिलैसँग बन्नेछन् भने नयाँ कार्ययोजना अघि बढ्न सक्छ । आर्थिक लाभको योग छ । अध्ययन तथा अध्यापन कार्यमा सफलता मिल्नेछ । मनोरञ्जनात्मक क्रियाकलापमा विशेष आकर्षण रहला । प्रेमभाव वृद्धि हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । कार्यगति बढ्नेछ ।
तुला – समय खासै राम्रे छैन । पेशागत कार्यमा समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्न सकिने योग रहेकोले बोली र व्यवहारमा विशेष सजगता अपनाउनु हितकर होला । मनमा अनावश्यक डर पैदा हुन सक्छ । आरोग्यता रहनेछ । समस्यामा निकट मित्रजन सहयोगी बनेर देखापर्न सक्छन् । आर्थिक ब्यवहारमा सफलता मिल्नेछ ।
वृश्चिक – सामाजिक कामबाट प्रशंसा प्राप्त हुने दिन छ । स्वास्थ्य केही कमजोर रहेपनि नाता-कुटुम्बका काममा सघाउनुपर्ने देखिन्छ । कुनै खास सवालमा मन दुविधाग्रस्त रहला, विवेकको सही प्रयोग गरी ठोस निर्णयमा पुग्ने प्रयास गर्नु हितकर हुनेछ । सामाजिक काममा नाम रहनेछ । ब्यापार तथा जागीरमा दिन ठिकै छ । नयाँ कामको सुरुवात भने खासै राम्रो छैन । आफन्तको साथ मिल्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् ।
धनु – सुखद एवम् शुभदायी समय छ । नजिकका मित्रजनबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । खुसीको खबर प्राप्त हुने योग छ । चल-अचल सम्पत्तिको कारोबार हुन सक्छ, जसबाट तपाईंलाई लाभ नै हुने देखिन्छ । वैवाहिक जीवन सुखद रहला । रमाइलो यात्राको सम्भावना छ । खेलकुद एवम् मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
मकर – पराक्रम वृद्धि हुनुका साथै अल्झेका कामहरू मित्रजनको सहयोगमा बन्ने समय छ । परिश्रमअनुसार राम्रै उपलब्धि हुने देखिन्छ । दैनिक एवम् व्यवसायिक कामहरू सन्तोषजनक नै सम्पन्न हुनेछन् । सुखद यात्रा र अप्रत्याशित लाभको योग छ । रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । मन शान्त रहनेछ । आरोग्यबल वृद्धि हुनेछ भने मिष्ठान्न भोजनको आनन्द लिन पाइएला । सामर्थ्य वृद्धि भइ शत्रुपक्ष परास्त हुनेछ । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजता होला ।
कुम्भ – समय नराम्रो नभएपनि आजको दिन खर्च र विवाद बढ्न सक्छ, विरोधीपक्षले सताउन सक्छ, एकदमै सजक रहनुहोला । सबल स्वास्थ्यका लागि खानपानमा ध्यान दिनु हितकर हुनेछ । फजुल खर्च घटाउनका लागि आर्थिक व्यवहारमा होस पुर्याउनु होला । मित्रजनका साथ रमाइलो भ्रमण हुनसक्छ । बौद्धिक क्रियाकलपमा सकारात्मक सक्रियता बढ्ने योग छ ।
मीन – प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुने समय छ । रोकिएका काम पनि बन्नाले आर्थिक पक्ष सबल रहला । प्रतिभा देखाएर प्रशंसा हासिल हुने योग छ । मुद्दा-मामिलामा विजयी भइनेछ भने धनलाभ पनि हुने देखिन्छ । आरोग्यबल वृद्धि होला । समग्रमा दिन खुशीसाथ बित्नेछ ।
प्रतिक्रिया