✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर ग्रीष्म ऋतु वि.सं.२०८२ आषाढ ७ गते तद्अनुसार सन् २०२५ जुलाई २१ तारिक शनिबार आषाढ कृष्ण पक्षको एकादशी तिथि अश्विनी नक्षत्र अतिगण्ड योग बालव करण आनन्दादिमा सौम्य योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १९ः०१ मा हुनेछ । स्मार्तको लागि योगिनी एकादशी व्रत ।
आजको राशिफल
मेष – आजको दिन अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । नजिकका आफन्त टाढिन सक्छन् । प्रगतिको दर भने बढ्नेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ । अरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ, ध्यान राख्नुहोला । कमजोरी ढाकछोपको प्रयास नगर्नु हितकर हुनेछ । नियमित खर्च केही बढ्ने देखिन्छ । पारिवारिक समस्याको समाधान मिल्नाले उत्साह बढ्नेछ ।
वृष – प्रतिभा प्रदर्शन गरेर धेरैलाई आकर्षित गर्न सकिने समय छ । तपाईंको विचार-व्यवहारलाई धेरैले मन पराउनेछन् । दाम, इनाम र प्रतिष्ठा कमाउने मौका जुर्ला । मित्रता र प्रेमको बन्धन कसिन सक्छ । पठनपाठनसम्बन्धी कार्यमा प्रगति हुनेछ । नयाँ नोकरीको प्राप्त हुने सम्भावना छ । नाता गाँसेर फाइदा उठाउन खोज्नेहरूले भने केही दुःख दिन सक्छन्, सतर्क रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण रहनेछ ।
मिथुन – व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ । खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्न सक्छ । स्वास्थ्य केही कमजोर रहला, खानपानलगायतका व्यवहारमा सजगता अपनाउनु उचित हुनेछ । रमाइलो यात्राको अवसर जुट्न सक्छ । पहिलेको उपलब्धिले काममा उत्साह जगाउने देखिन्छ । बौद्धिकता तथा रचनात्मकता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने समय भएपनि शक्तिशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रने सम्भावना छ । गोपनीयतामा विशेष ध्यान दिनुहोला । सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्नेछ । आजको दिन चोटपटकको योग रहेकोले सवारीसाधन तथा हातहतियार उपयोग गर्दा विशेष सचेत रहनुहोला । पहिलेका सहयोगी प्रतिस्पर्धीका रूपमा देखापर्ने तथा इर्ष्या गर्नेहरुले फसाउन सक्छन्, सावधानीपूर्वक व्यवहार गर्नुहोला ।
सिंह – विभिन्न अवसर प्राप्त हुने समय भएपनि आजको दिन उतारचढावमा बित्नसक्ने देखिन्छ । बलजफ्तीले काम बिग्रन सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् । विवादले मन खिन्न तुल्याउन सक्छ । अनावश्यक खर्च बढ्ने सम्भावना छ, रकम जोगाउने चेष्टा गर्नु उचित होला । आफन्तजनको सहयोगले विशेष फाइदा होला । प्रेमभावका साथै दाम्पत्यसुख बढ्नेछ । बौद्धिक तथा रचनात्मक काममा सफलता मिल्नेछ ।
कन्या – बोली र व्यवहारकै माध्यमबाट धेरैको मन लोभ्याउन सकिने समय छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले नाम, दाम र इनाम हातपार्न सकिनेछ । कतिपय व्यावहारिक झमेला आइलाग्न सक्छन्, तर अप्ठ्यारो परिस्थितिमा पनि आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । प्रेमभाव वृद्धि हुनेछ भने यात्रागत कार्यमा सफलता मिल्नेछ । भौतिक साधन जुटाउन सकिनेछ । कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुने देखिन्छ ।
तुला – दिगो आम्दानी हुने काम सुरु गर्ने समय छ । इच्छाशक्ति बढ्नुका साथै चाँडै लक्ष्य प्राप्त गर्न सकिनेछ । पारिवारिक जमघटको फाइदा उठाउँदै विभिन्न परिकारको आनन्द लिन पाइने देखिन्छ । प्रेमभाव र आरोग्यबल बढ्नेछ । नयाँ व्यापार–व्यवसाय विस्तार हुनसक्छ । परोपकारी कर्ममा खर्च हुनसक्छ, त्यसबाट आत्मिक सन्तुष्टि पनि पाइनेछ । अप्ठ्यारो परिस्थितिमा गरिएको पुरुषार्थले प्रतिष्ठा दिलाउला ।
वृश्चिक – मिश्रित फलदायी समय छ । रोकिएका काम मिहेनत र आत्मविश्वासका कारण अघि बढ्नेछन् । सञ्चित धनको हानी नोक्सानी हुने योगका कारण आर्थिक लेनदेनमा आज विशेष सजगता अपनाउनु उचित हुनेछ । बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ । विश्वास गरेकाले धोका दिनेछन् भने नजिकका साथीभाइ पनि टाढिन सक्छन् । परिस्थितिको बन्धनमा परिने सम्भावना छ, सचेत रहनुहोला । प्रतिकुलताकै बीचपनि राम्रो आम्दानी हुने रोजगारीको अवसर मिल्नसक्ने देखिन्छ । आरोग्यबल बढ्नेछ ।
धनु – परोपकारजन्य कार्यहरू सम्पादन हुनेछन् । बोलीकै भरमा काम सम्पादन गर्ने समय छ । प्रेम र मित्रताको गाँठो कसिन सक्छ । धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ । सामाजिक प्रतिष्ठा जोगाउन आफ्ना योजना गोप्य राख्नु हितकर हुनेछ । इर्ष्यालुजनहरूले आत्मीय सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन्, सजग रहनुहोला । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजता हुनेछ ।
मकर – नयाँ कार्ययोजना बन्ने तथा नयाँ कामको सुरुवातसमेत हुने समय छ । ब्यापार कर्मबाट सोचेभन्दा बढी लाभ हुने देखिन्छ । नियमित कार्य सामान्य भए पनि आम्दानी राम्रै हुने योग छ । दिगो फाइदा हुने योजनामा लगानी गर्ने अवसर जुट्न सक्छ । सहयोगीहरू जुट्नाले काममा फाइदा उठाउन सकिनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । बौद्धिक र रचनात्मक कार्यमा विशेष आकर्षण रहला ।
कुम्भ – पुरुषार्थ देखाएर नाम, दाम र इनाम हात पार्न सकिने दिन छ । मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै प्रेमको गाँठो समेत कसिन सक्छ । व्यापार-व्यवसाय सन्तोषजनक रहला । खर्च केही वृद्धि हुनसक्छ । जटिल काम पनि हिम्मतले सम्पन्न गर्न सकिएला । कुनै पनि प्रकारको शारीरिक तथा आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।
मीन – महत्त्वपूर्ण काममा सफलता मिल्नुका साथै आकस्मिक धनलाभ हुनसक्ने समय छ । श्रमको उचित मूल्यांकन हुनेछ । केही खर्च बढेपनि रमाइलो यात्राको अवसर जुर्ने देखिन्छ । सिर्जनात्मक कार्यमा रुचि बढ्नेछ । स्वास्थ्य कमजोर रहनसक्छ, खानपानमा विशेष ध्यान दिनुहोला । साझेदारीको काम लाभदायी सावित होला ।
प्रतिक्रिया