आजको पञ्चाङ्ग एवम् राशिफल (९ असार २०८२ सोमबार, २३ जुन २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (९ असार २०८२ सोमबार, २३ जुन २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८२ आषाढ ९ गते तद्अनुसार सन् २०२५ जुन २३ तारिख सोमबार आषाढ कृष्ण पक्षको त्रयोदशी तिथि कृतिका नक्षत्र धृति योग गर करण आनन्दादियोगमा सुस्थिर योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५११ मा भयो र सूर्यास्त साँझ १९ः०१ मा हुनेछ । सोमप्रदोषव्रत ।

आजको राशिफल

मेष – इष्टमित्रको साथले रोकिएको काममा सफलता हातपर्ने दिन छ । जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले जटिल काम पनि सहजै सफल हुनेछन् । विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक समय छ । व्यवसायिक व्यक्तिका लागि पनि सहयोगीको राम्रो साथ रहनेछ । साझेदारीमा फाइदा हुनेछ । स्वास्थ्य केही कमजोर रहनसक्छ, सबल स्वास्थ्यका लागि खानपानमा विशेष सावधानी अपनाउनुहोला । प्रेमभाव बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

वृष – मिश्रित फलदायी समय छ । सफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती समेत सामना गर्नपर्ला । बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउनसक्ने दिन छ । शक्तिमा अंकुश लाग्नेछ । तथापि, सन्तान पक्षबाट लाभ र सुख मिल्नेछ । प्रेम वा दाम्पत्यमा आत्मीयभाव वृद्धि होला । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । दीर्घकालीन योजनाहरू अघि बढ्नेछन् । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – नियमित कार्यमा जाँगर वृद्धि हुनुका सार्थ विशेष कार्ययोजना पनि अघि बढाउन सकिने समय छ । आर्थिक पक्ष पनि सबल रहला । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । सामाजिक क्रियाकलापमा रहेको संलग्नताले मानसम्मान पाइएला । आयआर्जनका स्रोत बढ्नेछन् भने उद्योगधन्दा र रोजगारीका लागि विभिन्न अवसर आउनेछन् । सन्तान, अनुयायी र मातृशक्तिको सल्लाह–सहयोगले काममा फाइदा हुन सक्छ । बौद्धिकता बढ्नाले कुनैपनि समस्याको समाधान मिल्नेछ ।

कर्कट – विभिन्न अवसरले पछ्याउने समय छ । शिक्षा र साझेदारीमा विशेष फाइदा होला । परोपकार र मङ्गलमय काम सम्पादन गर्न सकिनेछ । आयआर्जनका स्रोत भेटिनेछन् । व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्ने योग छ । पढाइलेखाइमा पनि राम्रो नतिजा हासिल गर्न सकिनेछ । यात्रागत कार्य विशेष फलदायी बन्नाले उत्साह जाग्नेछ । कर्मबल वृद्धि भइ रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण रहला । परिवारिक सुख र उत्साह बढ्नेछ ।

सिंह – सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्ने र व्यावसायिक काम पनि बिग्रनसक्ने समय छ । बिनाकारण आफन्तजन रुष्ट हुनसक्छन् । बोली र व्यवहारमा लगाम लगाएर सङ्कटहरू टार्न सकिनेछ । मातापिताका बारेमा चिन्ता बढ्ला । विश्वासपात्रले धोका दिन सक्छन्, सजग रहनुहोला । वैदेशिक रोजगारीमा केही समस्या आउनेछन् । श्रम र उत्पादनको उचित मूल्य नमिल्न सक्छ । विगतका निर्णयले काम बिग्रन सक्छ । प्रतिकुलताका बाबजुद मनोरञ्जनत्मक क्रियाकलापमा आकर्षण रहनेछ । समस्यामा आफन्तजनको साथ मिल्नेछ ।

कन्या – नियमित कार्यमा विलम्ब र चुनौतीको सामना गर्नुपर्ने समय छ । पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमुटाव र छटपटी बढ्ने देखिन्छ । सामाजिक प्रतिष्ठामा कमी आउन सक्छ । मानहानी वा अपयशको सम्भावना रहेकोले सार्वजनिक व्यवहारबाट पन्छिने प्रयास गर्नु हितकर होला । आर्थिक अभावले सताउन सक्छ । आश्वासन दिएर झुक्याउनेहरूको सक्रियता रहनेछ, सचेत रहनुहोला । यात्रागत कार्यमा आंशिक सफलता मिल्नेछ ।

तुला – मित्रता, प्रेम र दाम्पत्य सम्बन्धका लागि समय अनुकूल देखिन्छ । तर्कशक्ति बढ्नेछ भने कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइएला । शुभता बढेर रोकिएको काम पनि बन्न सक्नेछ । बौद्धिक तथा रचनात्मक कार्यमा विशेष सफलता मिल्नेछ । सुख–सुविधाको वस्तु खरिदमा केही खर्च हुन सक्छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

वृश्चिक – आजको दिन शुभ तथा सुखदायी रहला । बौद्धिक कार्यमा विशेष सफलता मिल्नुका साथै पढाइलेखाइमा प्रगति हुनेछ । उत्तम रोजगारीमा प्रवेश वा पदोन्नतिको सम्भावना छ । अनुकूल स्थानान्तरणको पनि योग छ । अतिरिक्त आम्दानी वृद्धि होला । घरै बसेर विभिन्न काम सम्पादन गर्न सकिनेछ । कतै अतिथिका रूपमा सम्मान पाइएल । आरोग्यबल वृद्धि हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

धनु – दिन केही प्रतिकूल रहला । आजको कामका प्रयत्न निष्फल जस्तै हुने र काम बिग्रने भयले सताउने सम्भावना छ । बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । स्वास्थ्यसम्बन्धी समस्याले पनि सताउने योग छ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने देखिएपनि सामाजिक प्रतिष्ठा आर्जन हुने देखिन्छ । बुद्धि–विवेकको सही प्रयोगले वर्चश्व कायम राख्न सघाउ पुग्नेछ । आत्मविश्वासमा कमी आउनेछैन । साहस वृद्धि हुनेछ भने रचनात्मक कार्य बन्नेछ ।

मकर – मिश्रित फलदायी समय छ । सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्नसक्ने सम्भावना रहेपनि बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई समय निकै अनुकूल रहला । कृषिकर्म एवम् व्यवसायमा उन्नति हुनुका साथै राम्रै धन कमाउने अवसर जुट्नेछ । नयाँ नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुन सक्छ । प्रेमभाव वृद्धिका साथै ऋण, रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

कुम्भ – आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने तथा बौद्धिक र रचनात्मक कार्य पनि बन्ने समय छ । जीवनसाथी एवम् सन्तान पक्षको साथ–सहयोगबाट भौतिक सम्पत्ति लाभ हुने योग छ । घर–जग्गा जोड्ने प्रयासमा हुनुहुन्छ भने सकारात्मक सङ्केतहरू मिल्नेछन् । अध्ययनका लागि विदेशयात्राको सम्भावना वृद्धि हुनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । जटिल कार्यमा पनि सहज सफलता मिल्नेछ ।

मीन – समय शुभदायी छ । रोकिएका काम बन्न थाल्नेछन् । विरोधहरूले समेत प्रशंसा गर्न थाल्ने योग छ । परोपकार र सामाजिक काममा रुचि जाग्नेछ भने पठनपाठन कार्यमा पनि प्रगति हुनेछ । सकारात्मक सोचाइले मनमा बास गर्नेछ । शक्तिबढने छ । धन वृद्धि हुने तथा व्यापार र उद्योगतर्फ फाइदा हुने देखिन्छ । यात्राको व्यवस्थापनमा केही खर्च हुनसक्छ । शत्रुसित लड्ने सामर्थ्य वृद्धि होला । सुख-सुविधाको वस्तु बढ्नेछन् ।