आजको पञ्चाङ्ग एवम् राशिफल (१० असार २०८२ मंगलबार, २४ जुन २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१० असार २०८२ मंगलबार, २४ जुन २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर ग्रीष्म ऋतु वि.सं.२०८२ आषाढ १० गते तद्अनुसार सन् २०२५ जुन २४ तारिख मंगलबार आषाढ कृष्णपक्षको चतुर्दशी तिथि रोहिणी नक्षत्र शूल योग भद्रा करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः११ मा भयो र सूर्यास्त साँझ १९ः०१ मा हुनेछ ।

आजको राशिफल

मेष – शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने समय छ । गरिएका कर्मको उचित प्रतिफल पाइएला । व्यावसायिक काममा केही खर्च बढेपनि बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । तथापि, आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । कृषि-चौपायामा केही समस्या देखिए पनि धन आर्जनको योग छ । यात्रामा अनुकुलतका वृद्धि हुनेछ । परिवारिक सुख बढ्नेछ ।

वृष – स्वास्थ्यमा केही कमजोरीका बाबजुद धेरै परिश्रम गर्नुपर्ने दिन छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ उठाउन सकिएला । व्यापारमा पनि राम्रै फाइदा हुने देखिन्छ । पढाइलेखाइमा राम्रै प्रगति हुनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने योग छ । कतैबाट शुभ समाचार प्राप्तिको सम्भावना छ । भाग्योन्नतिको समय हुनाले त्यसै–त्यसै मन उत्साहित रहनेछ ।

मिथुन – मिश्रित फलदायी दिन छ । नियमित कार्यमा सहयोगीहरूले त्यत्ति साथ नदिने, बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ । सोचेको काम समयमा सम्पादन गर्न नसक्दा अवसर फुत्कने सम्भावना देखिन्छ । तपाईंको कमी–कमजोरीमाथि टिप्पणी होला, सचेत रहनुपर्नेछ । विगतको श्रमबाट लाभ मिल्ने देखिन्छ । विभिन्न अवसर पनि जुर्नसक्ने योग छ । रचनात्मक काममा सफलता र पारिवारिक समस्याको समाधान मिल्नेछ ।

कर्कट – प्रतिष्ठित काम गर्ने मौका जुर्नुका साथै पारिवारिक जमघटमा मन रमाउने समय छ । विशिष्ट व्यक्तित्वसँग भेटघाटले आत्मविश्वास वृद्धि होला । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ, धैर्यले काम लिने प्रयत्न गर्नुहोला । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । छर-छिमेकमा भने केही असमझदारी बढ्ने सम्भावना छ । आयवृद्धिमा साथीभाइको सहयोग रहला । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – कर्मबल वृद्धि हुनुका साथै महत्वपूर्ण योजना अघि बढाउन सकिने दिन छ । सफलताको दर वृद्धि होला । ऋण, रोग र शत्रुपक्ष किनारा लाग्नेछन् । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजता आउला । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा विशेष फाइदा हुनेछ । काममा परिवारजनको सहयोग जुटाउने प्रयत्न गर्नुहोला । पशुधन र जमिनबाट सामान्य लाभ मिल्ने देखिन्छ । मातृशक्तिबाट लाभ उठाउन सकिनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । समग्रमा समय उत्साहवद्र्धक रहला ।

कन्या – अरूलाई प्रभावित गरेर कीर्तिमानी काम सम्पादन गर्न सकिने समय छ । सामाजिक परोपकारी एवम् प्रतिष्ठित काम गर्ने मौका जुर्नेछ । काममा मातापिताको सहयोग प्राप्त होला । दाम, इनाम र प्रतिष्ठा आर्जनको योग छ । श्रमको उचित मूल्यांकन हुनेछ भने पढाइलेखाइमा प्रगति हुने देखिन्छ । सामाजिक कामको दायित्व बढ्नेछ । अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला । आफन्तजनको साथले कार्यगति बढ्नेछ ।

तुला – नियमित कार्यमा ब्यस्तता वृद्धिसँगै आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पैत्रिक सम्पत्तिको उपयोगबाट पनि थप लाभ हुनसक्छ । व्यवहारबाट नयाँ ज्ञान सिक्ने मौका जुर्ला । कृषि तथा पशुपालनमा कम तथा व्यापारमा राम्रै फाइदा हुने देखिन्छ । सहयोगी वा हितैषीजनले तपाईंका कमी–कमजोरी औंल्याउन सक्छन्, मनन गर्नु हितकर हुनेछ । अलिक द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ ।

वृश्चिक – ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । बेलैमा होश नपुग्नाले अनावश्यक खर्च बढ्न सक्छ । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्, ध्यान राख्नुहोला । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारबाट फाइदा मिल्ने योग छ । आरोग्यबल बढ्नेछ । शत्रुपक्ष कमजोर सावित हुनेछ ।

धनु – सामाजिक उत्तरदायित्व बहन गर्ने समय छ । रोकिएका कामहरू सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका जुर्ला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ, ध्यान राख्नुहोला । आफ्नै कमजोरीले विवादमा परिने योग छ । सद्विचारबाट अभिप्रेरित हुनेहरूलाई सहजताको दिन छ । आरोग्यबल वृद्धि हुनुका साथै रसरागको क्रियाकलापमा आकर्षण रहनेछ । पारिवारिक सुख वृद्धि हुने देखिन्छ ।

मकर – बाध्यतापूर्ण काममा आजको ज्यादा समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । तथापि, श्रमको उचित मूल्यांकन हुनेछ भने अध्ययन-अध्यापनमा पनि राम्रै प्रगति होला । बन्दै गरेको काममा रोकावट र आकस्मिक खर्च समेत बढ्ने योग छ । स्वास्थ्य कमजोर रहनाले नियमित कार्यमा असर पर्न सक्छ । जिम्मेवारी बढिरहनेछन् । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । रचनात्मक कार्य पनि बन्नेछ ।

कुम्भ – व्यवसायिक कार्यमा लगानीको समय छ । सहयोगीहरूले त्यत्ति साथ नदिन सक्छन्, तर काममा मातापिताको सहयोग प्राप्त हुनेछ । स्वादिष्ट भोजनको आनन्द पाइएला । स्वास्थ्य भने केही कमजोर रहन सक्छ, ध्यान राख्नुहोला । रोकिएका काम प्रयास गर्दा पूरा हुनेछन् । सुख–सुविधाको बस्तुमा केही खर्च बढ्ने देखिन्छ । व्यस्तता वृद्धि हुनेछ ।

मीन – नियमित काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ । अरुबाट आलोचनाको शिकार बनिएला । पठन-पाठनमा पनि खासै समय दिन नसकिने देखिन्छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्ने योग छ । परिवारजनको भरण-पोषणमा खर्च वृद्धि हुनाले उत्साहमा कमी आउला । साझेदारीको काममा पनि नोक्सानीको सम्भावना छ । सतर्क रही व्यवहार गर्नुहोला ।