✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धर्थीनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८२ आषाढ ११ गते तद्अनुसार सन् २०२५ जुन २५ तारिख बुधबार आषाढ कृष्ण पक्षको अमावश्या तिथि मृगशिरा नक्षत्र ११ः२९ पर आद्र्रा नक्षत्र गण्ड योग चतुष्पाद करण आनन्दादिमा अमृत योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः११ मा भयो र सूर्यास्त साँझ १९ः०१ मा हुनेछ । स्नान दानका लागि औंसी ।
आजको राशिफल
मेष – भाग्योन्नतिको समय छ । नियमित कार्यमा सहयोगीहरूले साथ दिनेछन् र सोचेअनुरुप सफलता मिल्नेछ । परिश्रम केही बढेपनि आर्थिक उपार्जनमा सुधार आउला । तीर्थाटन, मंगलमय कृत्य आदि सम्पादन गर्ने योग छ । नयाँ काममा हात हाल्न सकिनेछ । धन आर्जनका साथै मित्रजनका साथ मिठो भोजन प्राप्त हुने देखिन्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
वृष – कतिपय बाध्यताका काममा जुट्नुपरे पनि दिन मनोरञ्जनपूर्ण रहने देखिन्छ । व्यावसायिक यात्राको सम्भावना छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने योग छ । आम्दानी बढ्नेछ । प्रेमको बन्धन कसिएला । प्रतिस्पर्धी परास्त हुनेछन् । व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नपर्ला । पारिवारिक समस्याको समाधान मिल्नेछ । स्वास्थ्य सबल रहनेछ ।
मिथुन – बौद्धिकता तथा रचनात्मकता वृद्धि भइ परिवारजन र बन्धु–बान्धवबीच आत्मीय भाव बढ्ने समय भएपनि आजको दिन पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ । व्यवसायिक कार्यमा खर्च बढ्नेछ । भूमि तथा मातृधनबाट लाभ लिन सकिएला । आत्मीय मित्रसँग बिग्रिएको सम्बन्धमा सुधार ल्याउने अवसर जुर्ने सम्भावना छ । समस्याको समाधान मिल्नेछ ।
कर्कट – बोलीको भरमा काम सम्पादन हुने समय छ । विचारले धेरैलाई आकर्षण गर्न सकिएला । स्वास्थ्य सबल रहनेछ र नियमित कार्यमा प्रगतिको योग छ । केही चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ । मान–सम्मान बढ्नेछ । आरोग्यबल बढ्नेछ । मित्रजनका साथ मिठो भोजन प्राप्त हुने देखिन्छ । शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ ।
सिंह – धेरै श्रमपछि कममात्र प्रतिफल पाइने समय छ । उठ्नुपर्ने रकम पनि हातलागी हुने देखिन्छ तर भएको आम्दानी सञ्चय गर्न नसकिएला । मालमत्ता चोरी वा नष्ट हुने योग छ, सचेत रहनुहोला । प्रशंसकहरू बढ्नेछन् । विचारले धेरैलाई आकर्षण गर्न सकिने छ । सहयोगीहरूले काममा साथ दिनेछन् । मनोरञ्जनत्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । सुखद यात्राको सम्भावना छ ।
कन्या – अरूको विश्वास जिते पनि आफन्तजनबाट धोका हुनसक्ने समय छ, सचेत रहनुहोस् । कर्मफल र अधिकारका लागि अलि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । सामाजिक कामको दायित्व बढ्नेछ । परिवारजनको भरण–पोषणमा खर्च वृद्धि होला । नियमित कार्यप्रतिको उत्साहमा कमी आउनेछ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । तापनि, कर्मबल बढ्नेछ, साथीभाइको सहयोग मिल्नेछ ।
तुला – नयाँ काम र जिम्मेवारी हातपर्ने समय छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ला । रोकिएका कामसमेत सम्पादन हुनेछन् । अध्ययन–अध्यापन कार्यमा पनि राम्रै प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका जुर्ने योग छ । भाग्य वृद्धि हुनेछ । धन सम्पदामा बढोत्तरी हुने देखिन्छ ।
वृश्चिक – ब्यस्तता केही बढेपनि सहयोगीहरूले काममा राम्रो साथ दिनेछन् । विगतको श्रमबाट धनलाभ हुनेछ । द्वन्द्व, प्रतिस्पर्धा वा मुद्दा–मामिलामा विजयी भइनेछ । प्रशंसकहरू बढ्नेछन् । वैदेशिक यात्राको कार्य अघि बढ्ने देखिन्छ । मिठो भोजन प्राप्ति र सुख वृद्धि हुनेछ । आरोग्यबल पनि बढ्नेछ ।
धनु – प्रतिष्ठित काम गर्ने मौका जुर्ने दिन छ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा आर्जनको अवसर जुर्ला । काममा मातापिताको सहयोग प्राप्त हुनेछ । सुखद समाचार सुन्न पाइनेछ । पढाइलेखाइमा प्रगति हुनुका साथै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । रसरागात्मक कार्यमा आकर्षण बढ्नेछ । समग्रमा दिन उत्साहपूर्ण रहला ।
मकर – आजको दिन सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । विगतका समस्या बल्झिन सक्छन् । मिथ्या भ्रमणमा समय बित्नसक्ने योग छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । यसका बाबजुद पारिवारिक जमघटमा मन रमाउला । रसरागमा आकर्षण बढ्नेछ । सन्तान पक्षबाट सुख मिल्नेछ ।
कुम्भ – मिश्रित फलदायी समय छ । व्यावसायिक काम सम्पादन गर्न सकिएपनि विद्या आर्जनमा कमजोरी रहनेछ । इष्टदेवको पूजा–उपासनाले आंशिक लाभ मिल्नेछ । केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोस् । दाम्पत्यजीवन सुखद रहनेछ । आजको दिन सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । प्रतिकुलताका बाबजुद सामर्थ्य वृद्धि हुनेछ । रचनात्मक कार्य बन्नेछ ।
मीन – पराक्रम वृद्धि हुनुका साथै नयाँ काममा हात हाल्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् भने पठनपाठन कार्यमा विशेष प्रगति हुनेछ । सभा–समारोहमा सहभागी बन्ने मौका जुर्ला । आजको दिन आर्थिक अभावले भने अलि सताउने देखिन्छ । काममा मातापिताको सहयोग प्राप्त होला । आफन्तजनको साथ पनि मिल्नेछ ।
प्रतिक्रिया