✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम सम्बत्सर ग्रीष्म ऋतु वि.सं. २०८२ आषाढ १३ गते तद्अनुसार सन् २०२५ जुन २७ तारीख शुक्रबार आषाढ शुक्ल पक्षको द्वितीया तिथि पुनर्वसु नक्षत्र गण्ड योग वणि करण आनन्दादिमा लुम्ब योग चन्द्रमा मिथुन राशिमा राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१२ मा भयो र सूर्यास्त साँझ १९ः०२ बजे हुनेछ ।
आजको राशिफल
मेष – रोकिएको काममा सफलता मिल्ने तथा इष्टमित्रको साथ-सहयोग प्राप्त हुने समय छ । दाम्पत्यजीवन सुखद एवं समृद्ध बन्ने देखिन्छ । पर्यटकीय स्थल एवम् मठ-मन्दिरको भ्रमण हुनसक्छ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुने देखिन्छ । रोकिएका कामहरु पूरा हुनेछन् भने व्यवहारिक समस्याको हल हुनेछ । मिठो भोजन प्राप्ति र आमोदप्रमोदको भाव वृद्धि हुने योग छ । समग्रमा दिन रमाइलोसँग बित्ला ।
वृष – महत्वपूर्ण कार्यमा सफलता मिल्ने समय छ । पारिवारिक समस्याको समाधान हुने देखिन्छ । दान पुण्यका कार्यमा आकर्षण रहला । सामाजिक एवम् परोपकार कार्यमा संलग्न हुनुपर्ने देखिन्छ । सोच्दै नसोचेको ठाउबाट आर्थिक लाभ हुने सम्भावना छ । पराक्रम बढ्नेछ । बौद्धिक एवम् रचनात्मक काममा विशेष सफलता मिल्ला । आरोग्यबल बढ्नेछ । आफन्तको साथ एवम् परिवारिक सुखले उत्साह वृद्धि होला ।
मिथुन – गरेका कार्यहरु सहजै नबन्ने र बनिहाले पनि मेहनत गरेअनुसारको फल प्राप्त नहुने समय छ । सन्तानपक्षबाट चाहेजस्तो सहयोग नपाउँदा असन्तुष्टि बढ्न सक्छ । स्वास्थ्यगत समस्या आउने योग रहेकोले खानपानमा विशेष ध्यान दिनु हितकर हुनेछ । सभा-समारोहमा सरिक हुने अवसर जुर्ला । सामाजिक कार्यले प्रतिष्ठा बढाउनेछ । प्रतिष्पर्धी परास्त हुनेछन् । मित्रजनको सहयोगले समस्याको समाधान हुने देखिन्छ ।
कर्कट – नियमित कार्यमा जोस-जाँगर बढ्नुका साथै विशेष उपलब्धि हासिल हुनसक्ने समय छ । मित्रजनहरू र आफन्तको पनि साथ-सहयोग मिल्नाले रोकिएका कामहरू बन्न थल्नेछन् । प्रयासअनुसारको कार्य हुनुका साथै आइपरेका जस्तोसुकै समस्याको समाधान हुनेछ । धनलाभको योग छ । आरोग्यबल वृद्धि होला । शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ । रसरागका क्रियाकलपमा आकर्षण बढ्नेछ ।
सिंह – धैर्यको मात्रा बढाउन सके धेरै राम्रो समय छ । नियमित काममा जाँगर वृद्धिका साथै उपलब्धिपूर्ण कार्यको अवसर जुर्न सक्छ । आर्थिकलाभका साथै प्रतिष्ठा आर्जनको योग छ । दीगो लाभ हुने कार्यमा लगानीको अवसर जुर्नसक्छ । मित्रजनका साथ रमाइलो यात्रा हुने देखिन्छ । जस्तोसुकै समस्याको समाधान खोज्न सकिनेछ । पारिवारिक सुखशान्ति बढ्नेछ ।
कन्या – मित्रजन एवम् घरपरिवारका सदस्यहरूबाट सुख-शान्ति मिल्ने समय छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । अधुरा कामहरू बिस्तारै बन्न थाल्नेछन् । यात्राको लागि उचित समय रहेको देखिन्छ, लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ । व्यावसायिक कार्यमा भने केही चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । विपरीतलिंगी मित्रको साथ-सहयेगबाट कार्यगति बढ्ने योग छ ।
तुला – मिश्रित फलदायी समय छ । कामकै पछि लागे पनि पूर्णता हासिल गर्न कठिनाइ पर्ला । नियमित काममा पनि अवरोध आइपर्न सक्छ । आजको दिन आर्थिक कारोबार नगर्नु हितकर होला । परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुनेछ, तथापि सामर्थ्यमा कमी नआउला । साहसिक काममा आकर्षण बढ्नेछ । यशवर्चश्व बढ्नेछ ।
वृश्चिक – त्यसै-त्यसै अलमलमा परिने खालको समय छ । सोचेअनुसार काम बन्न कठिन हुने देखिन्छ । दोधारेपनका कारण महत्वपूर्ण कामहरू अधुरै रहन सक्ने योग भएकोले प्राथमिकताका आधारमा कार्ययोजनामा केन्द्रित रहनु उचित होला । सहयोगीहरूको राम्रै साथ रहनेछ । पारिवारिक समस्याको समाधान हुनेछ । सन्तान एवम् अनुयायीहरूबाट सुख मिल्ने दिन छ । सुख=सुविधाको बस्तु खरिदमा खर्च केही बढ्न सक्छ ।
धनु – शुभदायी समय छ । आर्थिक लाभ मिल्नुका साथै व्यापार-व्यवसायमा विशेष फाइदा हुनेछ भने साझेदारीमा पनि लाभ होला । पारिवारिक सुख मिल्नाले आत्बल पनि बढ्ने देखिन्छ । बौद्धिक कर्ममा विशेष सफलता मिल्ला । बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ । मित्रजनका साथ मिठो भोजन प्राप्त हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा सरिक भइएला ।
मकर – आकस्मिक रूपले सफलता वा असफलता मिल्ने मिश्रित फलदायी समय छ । पैतृक सम्पतीबाट लाभ हुनुका साथै धर्मिक कार्यमा संलग्न हुने अवसर जुर्ला । आर्थिक कारोबार हुनसक्छ । कुनै नयाँ सामान खरिद गर्ने योग देखिन्छ । मित्रहरू अकारण टाढिन सक्छन्, संयमपूर्ण व्यबहार गर्नुहोला । प्रेमभावका साथ दाम्पत्यसुख बढ्नेछ । यात्रागत कार्यमा आंशिक सफलता प्राप्त हुनेछ ।
कुम्भ – चुनौतीयुक्त समय छ । शारीरिक तथा मानसिक आलस्यता बढ्नेछ भने विवाद र झैभगडाको योग भएकोले विशेष सतर्कताको आवश्यकता देखिन्छ । महत्वपूर्ण कामहरू अधुरै रहन सक्छन् । स्वास्थ्यले पनि साथ नदिन सक्छ । तर आत्मविश्वासमा कमी नआउला । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । यात्रागत कार्य पनि बन्नेछ ।
मीन – नियमित कार्यमा पूरै मिहेनत लगाएपनि काममा बाधा गर्नेले खासै प्रगति हुन नदिने समय छ । घर–परिवारमा खटपट हुनुका साथै व्यवहारिक समस्याले सताउन सक्छ । महत्वपूर्ण कामहरु अधुरै रहनाले मन खिन्न रहला । घरपरिवारबाट खासै सहयोग पाइने छैन । तथापि, प्रेमभाव वृद्धि र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । आफन्तमिलनले सुख प्रदान गर्ला । मित्रजनको साथमा मिठो भोजन प्राप्त हुने देखिन्छ ।
प्रतिक्रिया