आजको पञ्चाङ्ग एवम् राशिफल (१४ असार २०८२ शनिबार, २८ जुन २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (१४ असार २०८२ शनिबार, २८ जुन २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८२ आषाढ १४ गते तद्अनुसार सन् २०२५ जुन २८ तारिख शनिबार आषाढ शुक्ल पक्षको तृतीया तिथि पुष्य नक्षत्र हर्षण योग वणि करण आनन्दादिमा मित्र योग चन्द्रमा कर्कट राशिमा राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१२ मा भयो र सूर्यास्त साँझ १९ः२ बजे हुनेछ । पान दिवस, दहीच्युरा खाने दिन ।

आजको राशिफल

मेष – खेलकूद, भ्रमण एवम् मनोरञ्जनत्मक क्रियाकलापमा आकर्षण बढ्ने समय छ । अनुकूलता वृद्धि भइ रोकिएको काममा सफलता मिल्नेछ भने इष्टमित्रको सहयोग पनि प्राप्त होला । कुनै नयाँ योजनाको आरम्भ हुन सक्छ । धार्मिक एवम् सामाजिक कार्यमा संलग्न भइ मन रमाउला । सोचेको विशेष कार्य पूरा भइ सुखको अनुभव हुने योग छ । आजको दिन रुपैयापैसाको लाभदायी कारोबार होला । परिवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखद रहला ।

वृष – सोचेको ठाउँबाट आकस्मिक लाभ हुनसक्ने दिन छ । निकटका साथीभाइसित भेटघाट तथा छलफल भइ आर्थिक योजना बन्ने तथा धनलाभको बाटो पत्ता लाग्ने योग छ । परिवारमा भने सामान्य विवादको अवस्था निम्तिन सक्छ, आत्मसंयमयुक्त व्यवहारले समस्या समाधानको प्रयास गर्नुहोला । कतै आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना छ । आरोग्यबल बढेपनि आहारविहारमा विशेष सतर्क रहनु हितकर होला ।

मिथुन – दिन केही चुनौतीयुक्त रहने देखिन्छ । नियमित कार्यमा केही बाधा आइपर्नुका साथै आर्थिक हानीको सम्भावना छ । स्वास्थ्यगत कारणले खर्च बढ्ने योग छ । सबल स्वास्थ्यका लागि आहारबिहारमा विशेष ख्याल राख्नु हितकर हुनेछ । आज अल्छीपनले सताउनाले महत्वपूर्ण काममा ढिलासुस्ती हुन सक्छ । तार्किक शक्ति भने बढ्ने देखिन्छ । शत्रुमाथि विजय प्राप्त होला । यात्रागत कार्यमा आंशिक सफलता मिल्नेछ ।

कर्कट – कर्मबल वृद्धिका साथै साथीभाइको सहयोगले महत्वपूर्ण काम बन्ने समय छ । मनोकूलता वृद्धि हुने देखिन्छ । प्रतिष्पर्धी परास्त हुनेछन् भने रसरागमा आकर्षण रहला । आर्थिक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथीसँगको भेटघाटले मन रमाउनेछ । आर्थिक लाभको योग छ । परिश्रमअनुसार राम्रै उपलब्धि प्राप्त हुने देखिन्छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । बुद्घिको सही प्रयोग भइ नसोचेको सफलता हातपर्न सक्छ । आरोग्यबल बढ्नेछ ।

सिंह – पुराना साथीसँगीसँगको भेटघाटले मन रमाउने समय छ । विपरीतलिंगीको साथ–सहयोगले महत्वपूर्ण काम बन्ने योग छ । आरोग्यबल बढ्नुका साथै मनोरञ्जनात्मक क्रियाकलापमा ज्यादा समय बित्न सक्छ । आजको दिन परिश्रम गर्न सके गरेका कामको पूर्ण उपलब्धि पाइएला । अर्थलाभ र प्रगतिको प्रशस्त सम्भावना छ । उपलब्धिमूलक यात्राको योग छ । इष्टमित्रको साथ–सहयोग मिल्नेछ । बौद्धिक तथा रचनात्मक कार्यमा विशेष सफलता मिल्नेछ ।

कन्या – मिश्रित फलदायी समय छ । अनौठो अर्थात् नसोचेको तरिकाबाट आर्थिक आर्जन हुनसक्छ । स्वास्थ्य केही कमजोर रहला । तथापि, सामाजिक क्रियाकलापमा आकर्षण रहनेछ र त्यसले प्रतिष्ठा पनि बढाउला । परिवारमा सामान्य विवादको परिस्थिति पैदा हुन सक्छ । नियमित प्रयोगको सरसामान बिग्रेर सास्ती मिल्नसक्ने सम्भावना छ, सजग रहनु उचित होला । मित्रजनको सहयोगले समस्याको निराकरण हुनेछ ।

तुला – साहसी कर्ममा आकर्षण बढेपनि सोचेअनुसार काम नबन्ने र खर्च वृद्धि हुने समय छ । बढ्दो खर्चले मन अशान्त रहन सक्छ । स्वास्थ्य पनि केही कमजोर नै रहने देखिन्छ । निरर्थक क्षेत्रमा लगानी बढेर दूरगामी घाटाको परिस्थिति बन्न सक्छ, व्यावसायिक मामलामा विशेष सजगता अपनाइ कदम चाल्नु हितकर होला । परिवारजनको साथ र मिठो भोजन प्राप्त हुने योग छ ।

वृश्चिक – शुभता र सामर्थ्य बढेर रोकिएको काम बन्ने समय छ । आफन्तको साथ–सहयोग प्राप्त हुनुका साथै बन्दैन भनेको काम पनि तपाईंको अथक प्रयासमा बन्ने देखिन्छ । बिग्रिएको प्रेम सम्बन्धमा केही सुधार आएपनि मानसिक तनावको स्थिति कायम रहला । दिनको पछिल्लो प्रहर अलिक कष्टकर अनुभूति हुनसक्छ । बौद्धिक कार्यमा सफलता मिल्नेछ । खर्च नियन्त्रणका लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु – दौडधुप बढेपनि ब्यापार–ब्यवसायमा राम्रै आम्दानी हुने दिन छ । शत्रु र रोग पन्छाउने उचित समय छ, प्रयास गर्नुहोला । आम्दानीको बाटो खुल्नुका साथै नचिताएको टाउबाट लाभ हुने योग छ । पढाइलेखाइमा भने आजको दिन खासै प्रगति नहोला । पारिवारिक समस्याको समाधान मिल्नाले उत्साह वृद्धि होला । यात्रापरक काम बन्नेछ । आफन्तको साथ मिल्नेछ ।

मकर – नियमित कार्यमा जाँगर बढ्ने दिन छ । महत्वपूर्ण कार्य सफल हुनेछ भने अधुरा रहेका काम पनि अघि बढ्नेछन् । खर्च भने केही बढ्न सक्छ । परिवारमा आर्थिक समस्याले सताउने योग छ । सन्तानपक्षबाट सुखको अनुभूति हुनेछ । प्रेमभाव र दामपत्यसुख बढ्नेछ । प्रतिष्पर्धीहरू परास्त हुनेछन् । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

कुम्भ – आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने समय भएपनि आजको दिन चाहेअनुसार सहज र सुखद नरहन सक्छ । कसैसँग विवाद वा झैझगडाको सम्भावना छ । मनमा अनावश्यक डरले डेरा जमाउने देखिन्छ, सावधान रहेर काम गर्नुहोला । मनमा अनावश्यक विचारको छाल उठ्ने, भाभुकपनले सताउने योग छ । समयमा निर्णय नहुँदा नियमित काममा पनि अवरोध आउने सम्भावना छ । आत्मसंयमता कायम राख्ने प्रयास गर्नुहोला ।

मीन – सामाजिक कार्य तथा राजनीतिमा बर्चस्व बढेपनि आजको दिन केहीले सम्मान गर्नेछन् भने कतिपयले अनावश्यक डर देखाउन सक्छन् । नियमित कार्यमा खासै मन नजाला । तथापि, तपाईंको कामको कदर हुनेछ । परिवारजनको साथ रहनेछ । प्रेमभाव वृद्धि हुनेछ । रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । आफन्तको साथ रहनेछ । सुख–सुविधाको बस्तु बढ्नेछन् । मिठो भोजन प्राप्त हुनेछ ।