✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८२ आषाढ १५ गते तद्अनुसार सन् २०२५ जुन २९ तारिख सोमबार आषाढ शुक्ल पक्षको पञ्चमी तिथि अश्लेषा नक्षत्र ९ः४५ पर मघा नक्षत्र बज्र योग बव करण आनन्दादिमा बज्र योग चन्द्रमा कर्कट राशिमा ९ः४५ बजेसम्म त्यसपछि सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१२ मा भयो र सूर्यास्त साँझ १९ः०२ मा हुनेछ । धान दिवस, दहीच्यूरा खानेदिन ।
आजको राशिफल
मेष – अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । कामकै सिलसिलामा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । अनुकुलताका बीच केही प्रतिकुलताको सामनासमेत गर्नुपर्ने योग छ । कुनै काममा झमेलाको सामना गर्नुपर्ने देखिन्छ । जागिरको कार्यमा अल्छीपनले सताउन सक्छ । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन नदिन सक्छन्, सजग रहनुहोला । यात्रागत कार्य सार्थक रहनेछ । ।
वृष – पराक्रम बढनुको साथै अधुरा काम बन्ने तथा नयाँ काम प्राप्तिको समय छ । परोपकार र धार्मिक क्षेत्रको संलग्नता एवम् लगानीले मान-प्रतिष्ठाका साथै आर्थिक लाभको मार्गसमेत खोल्ने देखिन्छ । कृषिकार्यबाट पनि फाइदा लिन सकिएला । पढाइलेखाइमा भने खासै मन नजाला । घरमा पाहुना आगमन हुनसक्छ । प्रेमभाव बढ्नेछ । स्वास्थ्य सबल रहला । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहेनेछ ।
मिथुन – योजनाअनुसार प्रायः सबै कामहरू बन्नेछन् भने सहयोगीहरूको साथ पनि पाइएला । आर्थिक लाभ हुने दिन छ । आमदानिको नयाँ श्रोत फेला पर्ने योग छ । विभिन्न उपहार प्राप्तिका साथै आयआर्जन पनि राम्रै हुनेछ । कतै अतिथिका रूपमा सम्मान पाइने समय छ । ठूला व्यक्तिको विश्वास सहजै लिन सकिएला । सभा-समारोहमा संलग्नता र मिठो भोजन प्राप्ति हुने देखिन्छ । बौद्धिकता र पराक्रम बढ्नेछन् । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – आजको दिन केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला । स्वास्थ्य पनि कमजोर रहेको अनुभूति हुनाले नियमित कार्यमा असर पर्न सक्छ । कुनै यात्राको योजना बनाइरहनुभएको छ भने थाती राख्नु उचित हुनेछ । व्यवसायिकक र्ममा पनि भाग्यले साथ दिनेछैन, धननाशको योग छ । विबाद बढ्ने, सामाजिक मर्यादामा संकट आउने, नियमित काममा अवरोध आइपर्ने देखिन्छ । आफन्त र मित्रजनको साथ-सहयोग पाइएला । विपरीतलिंगी मित्रको विशेष आडभरोसा रहनेछ ।
सिंह – व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । परिवारजनका आकांक्षा पूरा गर्न सकिनाले सन्तोषको मात्रा बढ्नेछ । महत्वपूर्ण कार्यमा आज सरोकारवाला ब्यक्तिको साथ-समर्थन पाइएला । धनमान मिल्ने योग छ । तपाईंको ब्यवहारका बारण नातेदारहरूबाट प्रशंसा मिल्नेछ । आरोग्यता रहनेछ । रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ ।
कन्या – शुभदायी समय छ । सोच्दै नसोचेको ठाउँबाट आज अनौठो तरिकाबाट धनलाभको सम्भावना छ । परिवारबाट पनि सुखको अनुभुति होला । आम्दानीका विभिन्न माध्यम दृष्टिगोचर हुनसक्छन् । नयाँ कार्य थालनीको योग छ । आत्मीय मित्रहरूका साथ रमाइलो यात्रा र मिष्ठान्न भोजन हुन सक्छ । परिवारमा पनि सुखको माहोल बन्नेछ । समग्रमा दिन खुशसाथ बित्ने देखिन्छ ।
तुला – पराक्रम वृद्धिका साथै मान-महत्व बढ्ने समय छ । पुराना साथीसँगको भेटघाटले मन प्रशन्न तुल्याउला । रमणीय र सुखद यात्राको योग छ । परिवारमा पनि खुशीको माहोल छाउला । सन्तानपक्षबाट खुशी प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ । नियमित काममा जाँगर वृद्धि हुनेछ । यशवर्चश्व बढ्नेछ । आजको दिन हाँसखेल तथा मनोरञ्जनका क्रममा बित्ने देखिन्छ ।
वृश्चिक – मिश्रित फलदायी समय छ । नियमित खर्च बढ्नुका साथै आर्थिक अभाव देखापर्न सक्छ । भौतिक साधनको क्षति हुने योग रहेकोले विशेष सावधानी अपनाउनु उचित होला । स्वास्थ्य केही कमजोर रहन सक्छ । नियमित काममा पनि खासै मन लाग्नेछैन । तत्काल लाभ नमिले पनि दूरगामी महत्वका कार्ययोजना अघि बढ्ने देखिन्छ । पराक्रम झल्किने कार्यमा विशेष आकर्षण रहनेछ । शत्रुपक्ष परास्त हुनेछ ।
धनु – मिहेनतअनुसार प्रतिफल कमै हासिल हुने दिन छ । चुनेका काममा मात्र ध्यान र परिश्रम लगाउनु हितकर हुनेछ । लामो समयदेखि नभेटिएका आफन्त तथा मित्रजनसँग भेटघाट हुन सक्छ, भेटले मन प्रफुल्ल तुल्याउला । विशेष कामको योजना बनाइरहनुभएको छ भने केही समयका लागि थाती राख्नु उचित हुनेछ । मान–प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ । पारिवारिक सुख वृद्धि हुनेछ ।
मकर – सकारात्मक र व्यवहारिक सोचको विकास हुने समय छ । आजको दिन आवश्यक र उपलब्धीमूलक रमाइलो यात्राको सम्भावना छ । अध्ययन-अध्यापनमा सफलताको योग छ । बन्दव्यापारबाट लाभ मिल्नेछ भने स्वास्थ्य सबल रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा विशेष सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान हुनेछ । यात्रापरक काम बन्नेछ ।
कुम्भ – शुभदायी समय छ । नयाँ कामसम्बनधी योजना बनाउदा फाइदा हुनसक्छ । नियमित कामबाट पनि लाभ र सन्तोष नै मिल्ने देखिन्छ । काममा मन जानाले मन प्रशन्न रहनेछ । मित्रजन एवम् आफन्तले पनि साथ दिनेछन् । बौद्धिक कार्यबाट पनि लाभ र प्रशंसा नै मिल्नेछ । दाम्पत्यसुख रहला । रमाइलो यात्रा हुने योग छ ।
मीन – आजको दिन केही चुनौतीयुक्त रहने देखिन्छ । कामको चाप बढ्ने समय छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावनाका साथै चोटपटकको भय पनि रहला । हातहतियारको प्रयोग गर्दा विशेष सजगता अपनाउनुहोला । छरछिमेकसँग सामान्य विवाद हुनसक्छ, बोली र व्यवहारमा संयमता अपनाउनु उचित होला । ठूला व्यक्तिहरुसँग विवादबाट बच्नु हितकर सावित हुनेछ ।
प्रतिक्रिया