आजको पञ्चाङ्ग एवम् राशिफल (१८ असार २०८२ बुधबार, २ जुलाई २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (१८ असार २०८२ बुधबार, २ जुलाई २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८२ आषाढ १८ गते तद्अनुसार सन् २०२५ जुलाई २ तारिख बुधबार आषाढ शुक्ल पक्षको सप्तमी तिथि उत्तरा फाल्गुनी नक्षत्र वरियान योग भद्रा करण आनन्दादिमा प्रवर्द्धमान योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१३ मा भयो र सूर्यास्त साँझ १८ः०२ बजे हुनेछ । सूर्यपूजा, देउपाटनमा गंगालाई रथयात्रा, खेलकुद पत्रकार दिवस ।

आजको राशिफल

मेष – चनाखो रही नियमित कार्यमा जुट्नुपर्ने समय छ । कृषि, पशुपालन र सानातिना घरायसी काममा समय खर्च हुने देखिन्छ । आजको दिन यात्रागत कार्य थाती राख्नु हितकर हुनेछ । अपरिहार्य यात्रामा विशेष सावधानी अपनाउनुहोला । अनावश्यक विवादमा फस्न सकिने योग रहेकोले बोली र व्यवहारमा सजग रहनु उचित हुोछ । पेशागत रुपमा समस्या देखिन सक्छ ।

वृष – सामाजिक कामबाट प्रशंसा मिल्ने र मन हर्षित हुने दिन छ । नियमित कार्यमा केही जटिलता आइपरे पनि जागीरमा सम्मान वा कदर पाइनेछ । व्यापारमा गरेकोको लगानी सन्तोषप्रद रहनेछ । मित्रजनको साथ मिल्नेछ । आफन्तजन वा कुटुम्बका काममा सघाउनुपर्ने योग छ । आजको दिन आर्थिक लेनदेन भने नगर्नु उचित हुनेछ ।

मिथुन – शुभदायी समय छ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्नेछन् । मनमा हौसला वृद्धि होला । त्यसै-त्यसै मन हर्षित भएर आउनेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा नै गर्ने देखिन्छ । पढाइलेखाइमा वृद्धि, ब्यापार-व्यवसा पनि नाफादायी रहला । नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । कतैबाट खुसीको खबर प्राप्त हुने योग छ ।

कर्कट – चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्ने दिन छ, धैर्यले काम लिने प्रयास गर्नुहोला । नियमित कार्य एवम् व्यवसायबाट सामान्यतया लाभ नै हुने देखिन्छ । कृषिजन्य पेसामा भने आजको मिहेनत खेर नै जाने योग छ । अल्झेका काममा मित्रजनको साथ-सहयोग रहनेछ । अप्रत्याशित लाभको योग पनि छ । यात्रागत कार्य फलदायी हुनेछ ।

सिंह – चुनौती बढ्नाले केही अवरोधको सामना गर्नुपर्ने समय छ । खर्च बढ्ने, गलत विचार पैदा हुने, अनावश्यक विवादको अवस्था सिर्जना हुनसक्ने र महत्वपूर्ण काममा अवरोध आउनाले धनको नाश हुनसक्ने योग रहेकोले अत्यन्त सजगता र धैर्यपूर्वक व्यवहार गर्नुहोला । विशेष योजना थाती राख्नु उचित हुनेछ । सबल स्वास्थ्यका लागि खानपानमा ध्यान राख्नुहोला । पीडा दिनेहरु सक्रिय रहलान, होसियारीको दरकार छ । ब्यर्थको खर्च घटाउन विशेष प्रयास गर्नु उचित होला ।

कन्या – नियमित कार्यमा जाँगर चल्ने, रोकिएका काम बन्ने र आर्थिक पक्ष पनि सबल रहने दिन छ । अधुरा कामहरु बन्नेछन् भने अरुको विश्वास सजिलै जित्न सकिएला । मित्र एवम् आफन्तजनको उचित सहयोग मिल्नेछ । पढाइलेखइमा सफलताको योग छ । ठूला व्यक्तिबाट बुद्धिको तारिफ हुनेछ । नयां कामको थालनी हुनसक्छ । प्रतिष्पर्धी परास्त हुनुका साथै मुद्दा–मामिलामा विजयी भइने योग छ ।

तुला – परोपकारी कार्यमा मन जानुका साथै सामाजिक प्रतिष्ठा बढ्ने समय छ । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । अर्थलाभका अवसर आउनेछन् । विवेक लगाएर कारोबार गर्नसके सोचेभन्दा बढी नै लाभ मिल्ने योग छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा आकर्षण रहनेछ । आफन्मिलनले सुख दिनेछ । मनोरञ्जनात्मक कार्यक्रममा सहभागी भइएला ।

वृश्चिक – प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने समय छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका जुर्ला । नियमित कामहरु सजिलै बन्नेछन् । रमणीय स्थानको सुखद यात्रा हुने योग छ । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा विशेष सफलता प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव वृद्धिका कारण मित्रजनहरू अझै नजिक हुनेछन् भने शत्रुपक्ष परास्त हुनेछ ।

धनु – चुनौतीयुक्त दिन छ । घरेलु समस्याले सताउनुका साथै आर्थिक अपब्यको अवस्था निम्तिन सक्छ । पढाइलेखाइमा ध्यान दिन नसकिएला । मित्र बनेर धोकादिनेहरू सल्बलाउन सक्छन् । स्वास्थ्य पनि केही कमजोर रहन सक्छ । आजको दिन सवारी साधन, हातहतियार आदिको प्रयोगमा विशेष सजगता अपनाउनु हितकर हुनेछ ।

मकर – मिश्रित फलदायी समय छ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ । विशेष काममा कठिनाइ सहनुपर्ला । नोकरी तथा राजनीतिमामा भने सफलता र सम्मान मिल्नेछ । व्यवसायमा हानी ब्यहोर्नुपर्ने योग छ । मित्रजनको मन जित्न सकिए पनि आवश्यक सहयोग मिल्न गाह्रैपर्ला । आजको दिन आर्थिक लेनदेन नगर्नु उचित हुनेछ ।

कुम्भ – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । सामाजिक यश, सम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । योजना बनाएर गरिउका काम सजिलै सम्पन्न हुनेछन् । आर्थिक पक्ष सन्तोषजनक रहनेछ । काम बन्नाले सुखको अनुभूति होला । पठनपाठनमा मन जानेछ । आफन्त एवम् मित्रजनको साथ-सहयोग मिल्नेछ ।

मीन – नियमित काममा जोश-जाँगर बढ्ने समय छ । आर्थिक लाभ पनि होला । साथीभाइसँग फलदायी भेटघाट हुने देखिन्छ । नयाँ कामका योजना बन्ने सम्भावना छ । व्यापारबाट राम्रै धनलाभ हुने योग छ । साथीभाइले सहयोग गरेपनि आफन्तको सहयोग भने नमिल्न सक्छ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।