✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८२ आषाढ १९ गते तद्अनुसार सन् २०२५ जुलाई ३ तारिख गुरुबार आषाढ शुक्ल पक्षको अष्टमी तिथि हस्ता नक्षत्र परिघ योग बालव करण आनन्दादिमा राक्षस योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१४ मा भयो र सूर्यास्त साँझ १९ः०२ बजे हुनेछ । अष्टमी व्रत, गोरखकाली पूजा ।
आजको राशिफल
मेष – दिन राम्रो छ, नियमित काममा जोश-जाँगर बढ्ने देखिन्छ । नयाँ काम आरम्भ गर्दै हुनुहुन्छ भने उचित समय छ । अप्ठ्यारा कार्य पनि सजिलै बन्नेछन् । रसरागको भाव जार्गत होला । विपरितलिङ्गी मित्रको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । मनोरञ्जनात्मक यात्रा हुनुका साथै मिष्ठान्न भोजनको अवसर जुर्ला । परिवारिक समस्याहरू टरेर जानाले उमङ्ग बढ्नेछ ।
वृष – आजको दिन खासै उत्साहजनक नरहने देखिन्छ । कसैसँग वादविवाद हुन सक्ने सम्भावना छ । मनमा अनावस्यक डरको भाव पैदा होला । पेशागत रुपमा समस्या देखिन सक्छ । घरपरिवारमा पनि मनमुटाव हुनसक्छ, समस्य बढ्न नदिन संयमपूर्ण व्यवहार गर्नुहोला । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता भने मिल्न कठिन छ । ब्यर्थै समयको नाश होला । निकटका मित्रजनको साथले राहत मिलेको अनुभूति हुनेछ ।
मिथुन – ब्यापार तथा जागीरमा दिन ठिकै रहेपनि सामाजिक काममा नाम रहने समय छ । नया कामको सुरुवात भने खासै राम्रो नहोला । कार्यमा हैरानी बढ्न सक्छ, ब्यापारमा पनि घाटा सहनु पर्ला । मनमा दुविधा रहन सक्छ । व्यस्तता वृद्धि हुनेछ । प्रतिकुलताका बाबजुद आँट-पराक्रम बढ्ने देखिन्छ । बौद्धिकताले समस्याको समाधान गराउला । यात्रा सार्थक रहनेछ ।
कर्कट – पारिवारिक सुखशान्ति बढ्नुको साथै विशेष कार्ययोजना सार्थक दिशामा अघि बढ्ने दिन छ । चल–अचल सम्पत्तिको कारोबार हुनसक्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै वैवाहिक जीवन सुखी हुने समय छ । सुखद यात्राको पनि योग रहेको छ । आरोग्यबल वृद्धिका साथै पराक्रम बढ्नेछ । कुनैपनि समस्यामा साथीभाइको सहयोग प्राप्त हुनेछ ।
सिंह – रोकिएका काम आजको दिन पुनः सुरु हुन सक्छन्, परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन् । कार्यसफलताले मन शान्त हुनेछ । परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ भने रसरागको भाव जागृत हुने देखिन्छ ।
कन्या – मिश्रित फलदायी समय छ । सबल स्वास्थ्यका लागि आजको दिन खानपानमा विशेष सजग रहनु उचित होला । परिवारमा सानोतिनो झमेल आइपर्ने देखिन्छ । खर्च वृद्धिले विवाद निम्त्याउन सक्छ । यात्रागत कार्यमा सफलता मिल्नेछ, तर इर्ष्यालुजनले सताउने योग छ, सजक रहनुहोला । भौतिक साधनको क्षतिले अनावश्यक धननाश हुनसक्छ । सवारीसाधन र हातहतियारको प्रयोगमा आजको दिन विशेष सावधानी अपनाउनुहोला । प्रतिकुलताका बाबजुद कार्यगति बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।
तुला – प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुने समय छ । पढाइलेखाइमा प्रगति होला । प्रतिभा प्रदर्शन गरेर प्रशंसा बटुल्ने योग छ । विरोधिजनले पनि प्रशंसा गर्नेछन् । आज ठुला ब्यक्तिसँग फलदायी भेटघाट हुन सक्छ । नियमित कर्ममा उन्नति हुनेछ । यशवर्चश्व बढ्नेछ । स्वास्थ्य सबल रहला । समग्रमा दिन खुशीसाथ बित्नेछ ।
वृश्चिक – अधुरा कामहरू सम्पन्न हुनसक्ने दिन रहेको छ । आयआर्जनको दृष्टिले राम्रो समय छ । धनलाभको योग छ । केही नयाँ काम गर्नको लागि परिवारजनको सकारात्मक सल्लाह आउने देखिन्छ । नयाँ साथीसंग चिनजान हुने र रमाइलो यात्राको पनि सम्भावना छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्ला । मिठो भोजन प्राप्ति र सुख वृद्धि हुनेछ । आरोग्यता रहनेछ । शत्रुपक्ष परास्त हुनेछ ।
धनु – ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्ला । साझेदारीको काम पनि बन्नेछ । सुख–सुविधाको वस्तु बढ्नेछन् । रमणीय र सुखद यात्राको योग छ । नसोचेको ठाउँबाट धन आर्जन हुने देखिन्छ । जमिनसम्बन्धी कारोबार भने आजको दिन नगर्नु उचित हुनेछ । आर्थिक लेनदेनको काम पनि सकभर नगरेकै बेश हुनेछ । समग्रमा हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ ।
मकर – चुनौतीयुक्त समय छ । विलासी बस्तुमा अनावश्यक धन खर्च हुनसक्छ, योजना र बजेट बनाइ आर्थिक-ब्यवहार गर्नु हितकर होला । स्वास्थ्य केही कमजोर रहन सक्छ, खानपानमा विशेष ध्यान दिनु उचित हुनेछ । नियमित कार्यमा अरूको भर पर्दा धोका हुन सक्छ । टाढाको यात्रा गर्दै हुनुहुन्छ भने आज थाती राख्नु हितकर हुनेछ । प्रेमसम्बन्धमा चिसोपन आउने योग छ । बोली र व्यवहारमा नियन्त्रण राख्नुहोला ।
कुम्भ – मिश्रित फलदायी समय छ । आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । तथपि, बन्न लागेको महत्वपूर्ण काम बिग्रन गइ मनमा चिन्ता बढ्ने योग छ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, ध्यान राख्नुहोला । मनमा दुविधाग्रस्त हुन सक्छ, कुनैपनि निर्णय लिँदा विवेक पुऱ्याउन सके उन्नतिको गर्ने अवसर प्राप्त हुने प्रवल सम्भावना छ ।
मीन – खर्च भन्दा कमाई नै बढी हुने समय छ । धन आर्जनका नयाँ बाटा खुल्नेछन् । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम गर्नुपर्ला । मित्र एवम् परिवारजनका इच्छा पूरा गर्न सकिने देखिन्छ । साझेदारीको काम बन्नेछ । प्रेमजीवनले सुखद मोड लिने योग छ । पठनपाठनमा पनि प्रगति हुनेछ, । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला ।
प्रतिक्रिया