✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८२ आषाढ २० गते तद्अनुसार सन् २०२५ जुलाई ४ तारिख शुक्रबार आषाढ शुक्ल पक्षको नवमी तिथि चित्रा नक्षत्र शिव योग तैतिल करण आनन्दादिमा मुशल योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१४ मा भयो र सूर्यास्त साँझ १९ः०२ बजे हुनेछ ।
आजको राशिफल
मेष – नियमित कार्यमा अनुकूलता वृद्धि हुने र बौद्धिक पक्षबाट विशेष लाभ मिल्ने समय छ । रुपैयापैसाको कारोबार होला । छुटेका आफन्त एवम् मित्रजनसँग भेटघाटको अवसर मिल्ने देखिन्छ । धर्मको पालना, मंगलमय कर्म सम्पादन र सामाजिक दायित्व वहनमा ज्यादा समय जानेछ । प्रेमभावका साथै सन्तानपक्षबाट सुख बढ्नेछ । दाम्पत्यसुखको पनि अनुभूति होला । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइने योग छ, सावधानी अपनाउनुहोला ।
वृष – आजको दिन काममा अनायासै बाधा वा हस्तक्षेप हुने सम्भावना छ । आर्थिक अभावले पनि सताउन सक्छ । सवारीसाधन तथा हातहतियारको उपयोग विशेष सावधानीसाथ गर्नुहोला । परिवारजन, बन्धुबान्धव वा इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । मातृस्वास्थ्यमा समस्या आउने देखिन्छ, विशेष सतर्क रहनुहोला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।
मिथुन – आज समाजसेवा र परोपकारका कार्यमा विशेष मन जानेछ । उत्तम रोजगारी मिल्ने तथा नोकरीमा प्रशंसा र पदोन्नतिसमेत हुने सम्भावना छ । व्यवसायमा अनुकूल परिवर्तन होला । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ, सजग रहनुहोला । अनावश्यक उत्तेजनाले हातमा आएका अवसर गुम्न सक्छन्, संयमता अपनाउँदा महत्वपूर्ण उपलब्धि हुन सक्छ, ध्यान राख्नुहोला । शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – विद्यार्थीहरूको लागि विशेष प्रगति हुने दिन रहेको छ । बौद्धिक वा शैक्षिक क्रियाकलापमा प्रगति वा सफलता मिल्नेछ । नसोचेको ठाउँबाट आर्थिक लाभको योग पनि छ । । नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिनेछ । तथापि, आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि र आलोचना हुनसक्छ, ध्यान राख्नुहोला । जीवनसाथीलाई केही पीडा हुने सम्भावना रहेकोले विशेष सजग रहनु उचित हुनेछ । कर्मबल वृद्धिका साथै साथीभाइको सहयोगले रोकिएको काम बन्नेछ ।
सिंह – आजको दिन पारिवारिक असमझदारी र बन्धुबान्धवसँग मनमुटाव हुनसक्छ, तर निकटका मित्रहरूबाट उचित सहयोग मिल्नाले समय उत्साहवर्द्धक नै रहला । नियमित कार्यमा सहयोगीको राम्रै साथ पाइनेछ । शिक्षा र साझेदारीमा फाइदा हुने देखिन्छ । महत्वपूर्ण वस्तु गुम्ने सम्भावना छ, सचेत रहनुहोला । आरोग्यता रहनेछ । रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा विशेष सफलता मिल्नेछ ।
कन्या – मिश्रित फलदायी समय छ । विरोधिजनको सक्रियताका कारण आँटेको समयमा काम अवरुद्ध बन्न सक्छ । स्वास्थ्य पनि केही कमजोर रहला । नसोचेको विषयमा खर्चभार बढ्न सक्छ । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने योग छ, सजग रही विधि–व्यवहार गर्नु उचित हुनेछ । परिस्थितिअनुसार चल्न नसक्दा अलि पछि परिने सम्भावना छ । मित्रजनको साथ–सहयोग भने रहनेछ ।
तुला – मेहनत गर्दा राम्रै उपलब्धि हातलागी हुनसक्ने समय छ । नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ । पढाइलेखाइमा राम्रो नतिजा देखाउन सकिनेछ भने यात्रा सार्थक वा फलदायी बन्नेछ । नियमित काममा उत्साह जागृत होला । नोकरीमा पदोन्नति, व्यापार–व्यवसायमा फाइदाको योग छ । दाम्पत्यसम्बन्ध सुमधुर रहला । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । कार्य व्यवहारमा सन्तोष्जनक रहनेछ ।
वृश्चिक – रोकिएको काम लगनशीलता र मिहेनतले बन्ने दिन छ । आरोग्यबल बढ्नेछ भने मित्रजनका साथ मिठो भोजनको अवसर जुर्ला । परिवारजन एवम् सन्तान पक्षबाट फाइदा र सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन् । दाम्पत्यसम्बन्ध प्रगाढ हुनेछ । मित्रजनका साथ सुखद यात्राको सम्भावना पनि छ । धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । दिन रमाइलै बित्ला ।
धनु – बौद्धिक तथा रचनात्मक काममा विशेष सफलता मिल्ने समय छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । लगानीको प्रतिफलमा कमी र मानहानि वा अपजशको सम्भावना पनि छ, कसैको उक्साहटमा लागेर फजुल यात्रासमेत हुन सक्छ, सजग रही उचित निर्ण लिनुहोला । कृषिकर्म तथा पशु व्यवसायबाट राम्रै फाइदा हुने एवम् धनधान्य लाभको योग छ । स्थायी सम्पत्ति आर्जन गर्न सकिनेछ । स्वास्थ्य सबल रहला । आँट, साहसका साथ प्रेमभाव वृद्धि हुनेछ । आफन्तको साथ मिल्नेछ, परिवारिक सुख बढ्नेछ ।
मकर – कर्मबल र सफलताको दर बढ्ने दिन छ । ऋण, रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ भने आयबल पनि वृद्धि होला । तथापि, साझेदारी सम्बन्धमा भने समस्या आउने देखिन्छ, सरोकार नभएका विषयमा रुचि राख्नाले दुःख पाइनेछ, ध्यान राख्नुहोला । कृषिकर्ममा परिश्रम र लगानीभन्दा न्यून उपलब्धि हासिल हुने योग रहेकोले आजको दिन लगानी स्थगित गर्नु उचित हुनेछ । विपरीतलिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिने देखिन्छ । आजको दिन गीतसंगीत तथा रसरागात्मक क्रियाकलापमा आकर्षण रहला ।
कुम्भ – सामर्थ्य र साहसिक कर्ममा आकर्षण रहेपनि आजको दिन अनावश्यक खर्च, कर्जावृद्धि र चोटपटक लाग्नसक्ने देखिन्छ, सावधान रही व्यवहार गर्नुहोला । कतिपय अवस्थामा बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक अभावले सताउने योग छ । तथापि, शुभचिन्तकहरूले साथ दिनाले चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ । स्वास्थ्यमा केही समस्या आउन सक्छ । भूमि, घर अथवा वाहनप्राप्तिको सम्भावना छ । बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ ।
मीन – केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुऱ्याउने समय छ । आर्थिक उपार्जनमा सुधार आउनेछ भने कृषि र पशुपालनबाट सामान्य फाइदा मिल्ने देखिन्छ । नोकरीतर्फ हुनेहरूका लागि प्रशंसा तथा पदोन्नतिको अवसर जुर्ला । प्रयत्न गर्दा नयाँ नोकरी प्राप्त हुने योग छ । स्थायी सम्पत्तिमा केही विवाद आउन सक्छ, ध्यान राख्नुहोला । सुख–सुविधाको वस्तु बढ्नेछन् । सुख विलासको माहोल पनि बन्ने सम्भावना छ ।
प्रतिक्रिया