आजको पञ्चाङ्ग एवम् राशिफल (२१ असार २०८२ शनिबार, ५ जुलाई २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (२१ असार २०८२ शनिबार, ५ जुलाई २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८२ आषाढ २१ गते तद्अनुसार सन् २०२५ जुलाई ५ तारिख शनिबार आषाढ शुक्ल दशमी तिथि स्वाती नक्षत्र सिद्ध योग तैतिल करण आनन्दादिमा सिद्धि योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१५ मा भयो र सूर्यास्त साँझ १९ः०२ बजे हुनेछ ।

आजको राशिफल

मेष – परिश्रम र इमानदारीले अरुको विश्वास जित्न सकिने समय छ । अधुरा काम बन्ने छन् भने आर्थिक पक्ष पनि सन्तोषजनक रहने देखिन्छ । नयाँ काम वा जिम्मेवारी हासिल हुने योग छ । प्रेमजीवन रोमान्चक मोडमा पुग्ला । सन्तानपक्षबाट सुख बढ्नेछ । अनुकूलता वृद्धि हुनेछ ।

वृष – बोलीको प्रभाव बढ्नुका साथै रमाइलो तरिकाले कामहरू गर्न पाइएला । विभिन्न अवसरले पछ्याउने समय छ । आर्थिक समुन्नति हुने देखिन्छ । बोली र व्यक्तित्वको प्रभाव पनि बढ्नेछ । दाम्पत्यजीवन सुमधुर रहला । प्रेममा सफलता पाउनुका साथै उल्लास वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक काम सार्थक रहला । यात्रापरक काम बन्नेछ ।

मिथुन – आजको दिन केही चुनौतीयुक्त रहला । कामको बोझले थाकेको महसुस हुनेछ । घर–गृहस्थीमा पनि समस्या आउन सक्छ । समयमा निर्णय नहुदा काममा अवरोध आउने, खर्च बढ्ने, अनावश्यक झमेलामा परिने र छिमेकीसँग पनि विवाद बढ्ने सम्भावना रहेकोले सजग रहनुहोला । कडा प्रायस गरे पनि सफलता हात लाग्ने बेलामा विवाद हुनसक्े योग छ । तथापि, शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – सामाजिक काममा नाम रहने र व्यपार-व्यवसायमा सफलताले मन रमाउने समय छ । धार्मिक एवम् सामाजिक कामको दायित्व थपिन सक्छ । आँटेगरेका काम पूरा भइ धनको लाभ हुन सक्छ । अरुबाट आदर–सम्मान मिल्ने देखिन्छ । मिठो भोजन प्राप्त हुने र रसरागको भाव जागृत हुनेछ । कुनै महत्वपूर्ण कार्यमा मन दुविधिाग्रस्त हुनसक्छ, निर्णयक्षमता सवल तुल्याउनु आवश्यक छ ।

सिंह – गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने समय छ । ठूला व्यक्तिको आशा र भरोसा तपाईंप्रति रहनेछ । बोलीकै भरमा धेरै कामहरु सहज हुन सक्छन् । काम बन्नाले मन रमाउनेछ । विशेषगरी कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । आरोग्यबल बढ्ला । दिन सुखमय बित्ने देखिन्छ ।

कन्या – आजको दिन मनोरञ्जनपूर्ण रहने देखिन्छ । सोच्दैनसोचेको स्थानबाट लाभ हुने, उद्योग र व्यापारमा विशेष फाइदा मिल्ने समय छ । नयाँ मित्रको आगमनले मन प्रशन्न रहला । नियमित कार्यमा लगाव बढ्नुका साथै विविध फाइदा मिल्ने योग छ । सहयोगी वर्गबाट राम्रै साथ मिल्नेछ । यात्रागत कार्य सार्थक रहला । कुनैपनि समस्याको समाधान मिल्नेछ ।

तुला – पारिवारिक समस्याले केही पिरोले पनि बिस्तारै समाधानतिर उन्मुख हुन सकिने समय छ । अनावश्यक खर्च बढ्न सक्छ, ध्यान राख्नुहोला । सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्नेछ । चुनौतीका बाबजुद परिश्रमको माध्यमबाट लक्ष्य पूरा गर्न सकिनेछ । राजनीतिक क्षेत्रमा भएका व्यक्तिले केही कठिनाइको सामना गर्नुपर्ने योग छ । तथापि, साहसिक काममा आकर्षण बढ्नेछ ।

वृश्चिक – कठिन परिस्थितिमा पनि सहसिक रूपमा सक्रियता बढ्ने समय छ । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् । नयाँ काम र उपलब्धि हासिल हुने देखिन्छ । कठिन काममा विशेष सक्रियता रहला । पुराना साथिसंगीसँगको भेटघाटले मन रमाउने छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । आरोग्यबल बढ्नेछ । खर्च केही बढ्न सक्छ, ध्उान राख्नुहोला ।

धनु – आँटेगरेका काम पूरा भइ आर्थिक लाभ मिल्ने समय छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । अचानक उपहार मिल्ने योग छ । विभिन्न भौतिक साधन जुट्नुका साथै व्यवसायमा राम्रो फाइदा उठाउन सकिएला । नयाँ कामको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ ।

मकर – आजको दिन अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । ब्यापारमा गरेका प्रयासहरु भने सकारात्मक रहनेछन् । मित्रहरूका साथ रमाइलो यात्रा हुने योग छ । स्वास्थ्य सबल रहनेछ । तर घरेलु समस्याले केही सताउन सक्छ । कर्मबल वृद्धि र बौद्धिक कार्यबाट धनलाभ होला ।

कुम्भ – समय त्यति राम्रो छैन, अरूको भर पर्दा काममा धोका हुन सक्छ । गलत विचार बढ्नेछ भने समयमा सही निर्णय गर्न नसकिएला । स्वास्थ्य पनि कमजोर रहनसक्छ । सुखसुविधा र विलासितामा खर्च बढ्न सक्छ । मानसिक तनावले परिवारमा नकारात्मक सोच र मनमुटाव श्रृजना गर्ने योग छ । यात्रागत कार्य आजका लागि थाती राख्नु उचित हुनेछ ।

मीन – मिश्रित फलदायी समय छ । घरेलु समस्याले सताउने हुँदा काममा अवरोध आउन सक्छ । बन्न लागेको काममा अवरोध आउने योग छ । तथापि, आमाबाट आएको धनको उपयोगबाट केही लाभ उठाउन सकिनेछ । भागदौड बढ्नेछ । आफन्तको साथ मिल्नेछ । विपरीतलिंगी मित्रको साथ मिल्नेछ ।