बागमती प्रदेश : कांग्रेस संसदीय दलका नेता फेर्न प्रस्ताव

बागमती प्रदेश : कांग्रेस संसदीय दलका नेता फेर्न प्रस्ताव


बागमती प्रदेश सरकारका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्ध सो पार्टीका बहुमत सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

बागमती प्रदेशसभामा कांग्रेस सबैभन्दा ठूलो दल हो । यस प्रदेशसभामा कांग्रेसका ३७ जना सदस्यमध्ये २१ जनाले दलका नेता लामाविरुद्ध दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरेको कांग्रेस बागमती प्रदेश अध्यक्ष तथा प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले जानकारी दिएका छन् ।

मुख्यमन्त्री लामा नेतृत्वको सरकारले एक वर्षको समयमा कुनै ठोस काम गर्न नसकेको, विकास निर्माणका काम प्रभावकारी नभएको, आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणमा गठबन्धन दलहरू र प्रतिपक्षी दलहरूसमेत असन्तुष्ट रहेका कारण उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको पत्रकार सम्मेलनमार्फत अध्यक्ष बानियाँले जानकारी दिए ।

यो पनि हेर्नुहोस् –