सृष्टि निरन्तरताका लागि कमल फूल जस्तै पवित्र सम्भोग दर्शन : कामसूत्र 

सृष्टि निरन्तरताका लागि कमल फूल जस्तै पवित्र सम्भोग दर्शन : कामसूत्र 


पूर्वीय दर्शन परम्परामा ऋषि बात्सयानको ‘काम दर्शन’लाई पनि जोड्ने हो भने दर्शनको संख्या दश हुन्छ। सांख्यदर्शन, योगदर्शन, न्यायदर्शन, वैशेषिक दर्शन, मिमांसा दर्शन, वेदान्त दर्शन, चार्वाक दर्शन, बौद्ध दर्शन र जैन दर्शनमात्र जोड्दा दर्शनको संख्या नौ पुग्छ । यसमा सृष्टि संचालनलाई परम् आनन्दित तथा प्रेमपूर्ण बनाउने विशिष्ट कला र सौन्दर्यपूर्ण विचारले निचोरिएको यौन दर्शनलाई पनि पूर्वीय दर्शन परम्परामा जोड्नु आवश्यक देखिन्छ ।

काम दर्शनले सृष्टिको लागि यौनलाई एक अपरिहार्य तर सरल कर्मको रुपमा अर्थ्याएको मात्र छैन, यौन सन्तुष्टिका लागि सौन्दर्यको गहनातामा पुगेर ऋतु धर्म निर्वाह गर्न निर्देशित समेत गरेको छ। बात्सायनका अनुशार काम शारीरिकभन्दा बढी आत्मिक भयो भने यसबाट भरपुर आनन्द प्राप्त गर्न सकिन्छ । वास्तवमा कामको स्वभाव वालकको हृदयजस्तो प्रेमिल, सच्चा र सफा हुनु पर्छ । रतिकर्म आश्यक छ भन्ने जान्दाजान्दै पनि यसलाई वा काम दर्शनको अध्ययनलाई रहस्यको विषय बनाउनुको कुनै अर्थ छैन।

तेह्रौं शताब्दीभन्दा अगाडि पूर्वीय समाजमा यौन तथा प्रजनन स्वास्थ्य शिक्षा दिइन्थ्यो । तर अहिले कामसुत्र पढ्न हुँदैन, यौनको कुरा छाडा र लज्जाको विषय हो, यसले समाज बिगार्छ भनेर सरल प्राकृतिक यौन सम्बन्धलाई जटिल बनाइएको छ । यौनलाई सरल र सस्तो अर्थमा रासलीला पनि भनिन्छ । पुराना ग्रन्थहरुमा देवता र अप्सराको रासलिलाबारे पटक-पटक उल्लेख गरिएको छ। 

पुरुष वर्चस्वको कारण अहिले सम-भोगलाई यौन हिंसा वा बलात्कार जस्तै बनाइएको छ । सम्भोगरूपी प्राकृतिक फूलमा काम–तृष्णाको महक छ, तर फूल आफ्नो महकले आनन्दित छैन । फूललाई आफ्नो महकमा तृप्त हुँदैन । फूलले पुरुषलाई तृप्तिको अधिकार दिन्छ तर महिला कुलबधु वा गणिकाबाट बेश्या हुनु परेको छ । फूलको महक समर्पणमा फूल स्वयम् र बासना लिने दुवै आनन्दित हुनुपर्ने हो । तर, वैश्विक सामाजिक प्रणालीले नारीको काम-तृष्णा बिक्रीको बस्तुमा बदलिदिएको छ ।

वास्तबमा, मानिस पनि सृष्टिको एउटा फूल हो । ऊ एक्लै आनन्दित हुँदैन । ऊ एक्लै तृप्त हुनै सक्दैन । यसैले मानिसलाई अर्काको जरुरत पर्छ । त्यो जरुरतबीच एउटा ठूलो शून्यता हुन्छ । काम-तृष्णाले त्यही शून्यतालाई भर्छ, घना बनाइदिन्छ । जीवनलाई फूल बनाइदिन्छ । जीव-जीवात्माका काम अर्थात भोक अनेक हुन्छन् । भोको मान्छेले संकल्प लिन सक्दैन । भोकाएको बेला भोजनले तृप्ति दिन्छ । तृप्त मान्छेको मन आनन्दले लहलह हुन्छ । मोक्ष भनेको त्यही लहलह हो । कामसूत्रलाई कुन आँखाले हेर्ने ? कस्तो मस्तिष्कले पढ्ने ? कामसूत्रलाई सृष्टि सौन्दर्य वा आकर्षण विज्ञानको रुपमा हेर्न किन सकिन्न ? यी प्रश्नहरूबारे बहस गर्न जरुरी छ ।

रतिकर्म सृष्टिकर्म भएकोले छेक्न सकिन्छ तर रोक्न सकिँदैन । काम जीवनको त्यही अपरिहार्य समागम हो, जुन शरीरबाट अर्को शरीरमा पुग्छ र सृष्टि चलायमान हुन्छ । शरीरमा ऋतुदानको आशाले जीवहरू विकासको गतिमा लयबद्ध छन् । भोगतृष्णा भोक हो, त्यसैले भोकको निवारणपछि नै अन्य कर्मको पालो आउँछ ।

पौराणिक साहित्यमा लेखिएका काम-तृष्णा, यौनाभ्यास र यौनान्दको लुट :

पार्वतीलाई छलेर किँरात रूपमा जंगलमा शिकार खेल्न जानु अनि पार्वतीले सो कुरा थाहा पाएर किरातिनी भेषमा त्यही जंगलमा पुग्दा किरातरुपी महादेवले किरातिनीसँग प्रेम र यौनका प्रस्ताव गर्नु जस्ता प्रसङ्गले पुरुषको इच्छा कुनै एक स्त्रीबाट सन्तुष्ट हुँदैन भन्ने देखाउँछ । पार्वतीले संधै महादेवको रुचीअनुसार आफूलाई फरक-फरक हाउभाउमा प्रस्तुत भएर पुरुषलाई खुसी राख्नुपर्ने बाध्यता तात्कालिन पुरुषप्रधान समाजको एक ज्वलन्त नमुना हो । अनि जालन्धरको रूप लिएर वृन्दाको पतिव्रता सत्य डगाउन (बलात्कार गर्न) गएका विष्णुलाई वृन्दाले थुनेर राखेको, महादेवले भिक्षु बनेर वृन्दासँग थुनिएको जालन्धररुपी विष्णु नै भिक्षामा मागेको, जालन्धरले घर फर्किएर वृन्दासँग यौनहमला गर्न नपाएकोमा पार्वतीसँग दुःखेसो पोखेको, जालन्धरको दुख्खेसोसँगै वृन्दाले पनि विष्णुले जालन्धरको भेष धारण गरेर आफूमाथि यौनकरणी गर्न आएको उल्टो दुःखेसो राखेको, नारदको कुरा सुनी जालन्धरले महादेवका सेनासँग लड्न कैलाश पुगेको बेला पुनः विष्णुले जालन्धरको रुप धारण गरी वृन्दासँग यौन सम्बन्ध राखेको वृतान्त पुराणहरुमा छ ।

वृन्दालाई आफूमाथि छल भएको ज्ञात हुँदासम्ममा जालन्धर मारिएका थिए । त्यो बेलामा विष्णुले वृन्दालाई ‘म बैकुण्ठ अधिपति भएको नारायण जस्तो स्वामी पाएपछि तिमीलाई केको चिन्ता ?’ भनेका छन् । अर्थात्, स्त्रीको मन हुन्न, भावना हुन्न, माया हुन्न भन्ने अर्थमा विष्णुले वृन्दाको प्रेमलाई निमोठेका छन् । कृष्णको यौनलीलाको कति पो बखान गर्नु र ! लेखिसाध्य नै छैन । पौराणिक ऋषि वेदब्यास उनका बाबु परासर, राजा सन्तनुको माझिपुत्रीसँग भएको राजसी समागम, अम्बिका र अम्बालिकामाथि करकापमा थोपरिएको ऋतुदान र ब्यास ऋषिले आलिङ्गन कस्दा उडेको सातो, विश्वामित्र र मेनकाको चमत्कारिक कामतृप्ति ! सबका सब धार्मिक किताबको आधार नै यौनमा अडिएको छ, तर यौनबारे कुरा गर्दा बौलाइन्छ रे ! फजुल कुरा !!

माथि बताइएका अप्राकृतिक यौन रुझानलाई देखेर वात्स्यायनले सोचेका हुनसक्थे कि यौनको बारेमा छलफल गरिनुपर्छ र यसलाई बेवास्ता गर्न हुँदैन । उनको पुस्तकले मानिसहरूलाई यौन समानता र समान रति आनन्दका लागि अथाह मनोवैज्ञानिक उपायहरू सुत्रबद्ध गरेको छ । यो पुस्तक मानिसहरूका लागि पनि धेरै जानकारीमूलक छ । त्यतिबेला यौनसम्बन्धी कुनै किताबहरू थिएनन्, न त यसको बारेमा जानकारी दिने कुनै प्रणाली नै थियो । त्यही जानकारी-सून्यताको अवस्थामा ‘यौन सुत्र’ लेखिएको हो । यो किताब पढेर मानिसहरूको यौन ज्ञान निःसन्देह बढ्छ । यो पुस्तक अहिले संसारभरि चर्चामा छ । यस पुस्तकमा के गर्ने र के नगर्ने भन्ने बारेमा धेरै छलफल गरिएको छ । लाग्छ- यो दर्शन यौन समानताको लागि कहिल्यै नमर्ने पुस्तक हो ।

कामसूत्र महर्षि वात्स्यायनद्वारा लिखित एक प्राचीन भारतीय यौनशास्त्रको ग्रन्थ हो । यो संसारको पहिलो यौनसंहिता हो जसमा यौन प्रेमको मनो–शारीरिक सिद्धान्त र अभ्यासलाई विस्तृत रूपमा ब्याख्या र छलफल गरिएको छ । अर्थशास्त्रको क्षेत्रमा कौटिल्यको अर्थशास्त्रले जुन स्थान ओगटेको छ, कामसूत्रले यौनको क्षेत्रमा पनि त्यही स्थान ओगटेको छ ।

कामसूत्र सहज कामतृष्णा र यौन स्वतन्त्रताको ग्रन्थ हो, जसले विशेषतः महिलाका लागि क्रान्तिकारी भूमिका खेल्न सक्छ । कामसूत्र यौनशास्त्र मात्र हैन, यौनज्ञानको भण्डार हो । ‘यौन उत्कर्ष’ हैन ‘जीवन जिउने कला’ हो । यौन ‘कार्य’ मात्र हैन प्रेमको समर्पण हो । त्यही समर्पणले दिने आनन्दलाई संसर्गसुख भनिन्छ, जसलाई सृष्टिको निरन्तरताको लागि प्रकृतिले नै सृजना गरिदिएको हो ।

दक्षिण पूर्वी समाजमा महिलाको यौनसुखलाई प्रायः अदृश्य बनाइन्छ, अर्थात् त्यो सुखलाई धार्मिक र सांस्कृतिक मौनताका पत्रले छोपेर बस्तुकरण गरिन्छ । अर्थात्, महिलालाई आफ्ना इच्छा दबाउन सिकाइन्छ र पुरुषको आवश्यकतालाई प्राथमिकता दिइन्छ । यति भन्दै गर्दा कामसूत्रलाई संस्कृत भाषाका भारतीय दार्शनिक वात्सायनले दुई हजार वर्षभन्दा अगाडि रचेका हुन् । त्यो बेला यौन र प्रेमलाई कति सरल रुपमा बुझिन्थ्यो, त्यसको प्रमाण हो यो किताब । त्योभन्दा अगाडि पद्मिनी, चित्रिणी, शंखिनी र हस्तिनी – काम, कला र कर्मका दृष्टिले नारीलाई चार श्रेणीमा राखेर कुक्कोक ऋषिले एक ग्रन्थ लेखेका थिए । उनले ग्रन्थमा ती नारीलाई गुण, रुप र स्वभावका रंगले छुट्याए ।

ऋषि कोक्कुकका अनुसार सर्वथा बुद्धि र सुन्दरताले भरिपूर्ण स्त्री पद्मिनी मानिन्छे । बुद्धि–वैभवले चुलिएकी तर अति श्रृंगारप्रेमी स्त्री चित्रिणी मानिन्छे । शंखाकृति नयन भएकी कामुक सुन्दरी स्त्री शङ्खिनी मानिन्छे । कामवासनाले मात्र भरिएकी, स्थूल शरीर भएकी भद्धा स्त्री हस्तिनी मानिन्छे । कोक्कुकको ग्रन्थले नारीका चार भेदमध्ये हस्तिनीलाई सबैभन्दा निकृष्ट भेद मानेका छन् । उनले लेखेको त्यो ग्रन्थको नाउँ ‘रतिहरस्य’ थियो ।

अर्थशास्त्री कौटिल्य जस्तै कामशास्त्री महर्षी वात्स्यायनको थिए भन्ने प्रश्न अझैसम्म रहस्यमय छ । एक अनुमानअनुसार उनको नाम श्रीमल्लनागवा मालिङ्गना थियो । ‘कामसूत्रको सामाजिक एवं सास्कृतिक अध्ययन’ पुस्तकमा भनिएको छ- वास्त्यायनको गोत्र, वत्य वा वात्स्य हो । तर उनले शास्त्रमा आफूलाई वास्त्यायन भनेर चिनाए ।

कामसूत्रको रचनाकाल गर्भमै छ, कसैलाई थाहा छैन । यसको रचनागर्भबारे विभिन्न मत भेटिन्छ । भनिन्छ, सृष्टिको प्रथम रचना नै कामसूत्र हो । वेदभन्दा पनि पहिले रचिएको ग्रन्थ हो, कामसूत्र । वात्स्यायन वा मल्लङ्गा वात्स्यायन भारतका एक प्राचीन दार्शनिक थिए । ईसापूर्वको ३७५ देखि २८५ अर्थात जसको कालखण्डलाई गुप्त राजवंशको समय मानिन्छ । उनले कामसूत्र र न्यायसूत्रको टीका रचना गरे । वात्स्यायान कामसूत्रका निर्माता हैनन्, विनिर्माता मात्र हुन् । बात्सयानले ती छरिएका तथ्यहरुलाई संकलन गरि आफ्नो खोजलाई समेत समेटेर एक पुस्तकको रुप दिए । महर्षि वात्स्यायनले कामसूत्रमा यौनिक जीवनलाई सुन्दर मात्र बनाएका छैनन्, कला, मूर्तिकला र साहित्यलाई पनि समृद्ध बनाएका छन् ।

कामसूत्रको एक भागमा ६४ कलाको बारेमा वर्णन गरिएको छ । तत्कालिन रुपमा काम–तृष्णा पूर्तिको लागिमात्र नभएर जीवनपर्यन्त यौनजोडीको सम्बन्धलाई सुमधुर बनाउन सक्ने शक्ति भएका के हुन् ती चौसठ्ठी कला ? तल हेरेर बुझौँ :

१. गायन, २. वाद्ययन्त्र – विभिन्न वाद्ययन्त्रहरू बजाउने, ३. नृत्य, ४. नाटक, ५. चित्रकला, ६. दाखका बोटहरू बनाउने, ७. चामल र फूलहरूबाट पूजाका उपहारहरू बनाउने, ८. फूलको ओछ्यान बनाउने, ९. दाँत, लुगा र अंगहरू रंगाउने, १०. मोतीको भुइँ बनाउने, ११. शाय-रचना (ओछ्यानको सजावट), १२. पानीलाई बाँध्ने, १३. अनौठा उपलब्धिहरू देखाउने, १४. हार र माला बनाउने, १५. कान र चुचुरोको फूलका गहना बनाउने, १६. लुगा र गहनाले सजिने, १७. फूलका गहनाहरूले सजाउने, १८. कानका पातहरू बनाउने, १९. सुगन्धका सामानहरू- अत्तर, तेल, आदि प्रयोग गर्ने, २०. इन्द्रजल-जादू, २१. आफूलाई मन पर्ने यौनको लागि सहज कपडा लगाउने, २२. हातले खेलाउने, २३. सबै प्रकारका खाद्य वस्तुहरू बनाउने, २४. सबै प्रकारका पेय पदार्थ बनाउने, २५. कपडामा बुट्टा भर्ने काम, २६. सुत्र क्रिडा-कठपुतली नचाउने, नृत्य गर्ने, २७. विणा र डमरुको धुन सुन्ने अर्थात मन्द म्युजिक, २८. यौनासहनका मूर्ति चित्र आदि बनाउने, २९. फकाउने (प्रतिमाला), ३०. यौन सौन्दर्यबारे पढ्ने र बुझाउने चतुरता(पुस्तकवाचनम्), ३१. नाटकहरू, किंवदन्तीहरू, आदि लेख्ने, ३२. समस्या समाधान, ३३. पट्टी, लाठी, तीर, आदि बनाउने, ३४. गलैंचा, गलैंचा, आदि बनाउने, ३५. सिकर्मीको शिल्प, ३६. घरहरू बनाउने आदि शिल्प, ३७. सुन, चाँदी र अन्य धातुहरू र रत्नहरू जस्तै हीरा र पन्नाहरूको परीक्षण, ३८. सुन र चाँदी बनाउने, ३९. मोतीको रंग पहिचान गर्ने, ४०. खानीहरूको पहिचान, ४१. रूखहरूको उपचार, ४२. भेडा, कुखुरा, बटेर, आदिसँग लड्ने तरिका, ४३. सुगा, चरा, आदिको बोली बोल्ने, ४४. हटाउने विधि( उच्चाटनकी विधि), ४५. कपाल सफा गर्ने सीप, ४६. गुप्त संचार कला ( म्लेच्छितविकल्पाः) ४७. म्लेच्छित-कुतर्क-विकल्प (क्रिप्टोग्राफी), ४८. विभिन्न देशहरूको भाषाको ज्ञान, ४९. प्रश्नहरूको उत्तर दिने कला, ५०. विभिन्न प्रकारका म्याट्रिक्स उपकरणहरू बनाउने(यन्त्रमातृका), ५१. रत्नहरूलाई विभिन्न आकारमा काट्ने, ५२. सांकेतिक भाषा बनाउने, ५३. मनोविज्ञान बदल्ने कला(मानसी काव्यक्रिया), ५४. नयाँ कुराहरू सृजना गर्ने, ५५. छल, ५६. सबै शब्दकोशहरूको ज्ञान, ५७. सबै पदहरूको ज्ञान, ५८. गोप्यतालाई भंग नगर्ने वा लुकाउने कला, ५९. जुवा, ६०. टाढाका मानिसहरू वा वस्तुहरूलाई आकर्षण गर्ने कला, ६१. बाल खेलहरू, ६२. मन्त्र विद्या, ६३. विजय हुने ज्ञान (वैजयिकीनां विद्यानां ज्ञानम्), ६४. अफवाह वा खराबीलाई वशमा पार्ने कला बात्सयानको काम दर्शनमा उल्लेख गरिएका छन् ।

यौनका तरिकाहरु :

मानव यौन गतिविधि, मानव यौन विधि वा मानव यौन व्यवहार भनेको मानिसहरूले आफ्नो कामुकता अनुभव गर्ने र व्यक्त गर्ने तरिका हो । यौन सम्पर्क भन्नाले सम्बन्धसँग सम्बन्धित कुनै पनि प्रकारको यौन गतिविधि वा प्रक्रियालाई बुझिन्छ, जसमा शारीरिक र मानसिक उत्तेजना, आनन्द र भावनात्मक सम्वेदना समावेश हुन्छ । ‘यौन’ र यौन क्रियाकलापमा चुम्बन, चाट, स्पर्श, हस्तमैथुन, मौखिक वा गुदा, स्तन, लिङ्ग, योनी र पुरुष तथा महिलाको शरीरका सबै भागहरू छुनु समावेश हुन सक्छ । धेरैजसो जोडीहरूले पुरुष-माथि-माथिको स्थितिमा यौनसम्पर्क गर्छन् । महिला-माथि-माथि र छेउ-छेउको स्थिति असजिलो हुन्छ । यी स्थितिहरू सामान्यतया गर्भावस्था, पुरुष वा महिलामा अपाङ्गता, वा विशेष परिस्थितिहरूमा प्रयोग गरिन्छ । कुकुर र गाईवस्तु जस्ता घरपालुवा जनावरहरूमा देखिने अन्य स्थितिहरू पनि छन् । यी स्थितिहरूलाई पछाडि-प्रवेश स्थिति भनिन्छ । जननेन्द्रिय-देखि-जननेन्द्रिय यौनसम्पर्कको अतिरिक्त, धेरै जोडीहरू मौखिक यौनसम्पर्कमा पनि संलग्न हुन्छन् । यो प्रजननको लागि प्रयोग गरिँदैन ।

यौन दुव्र्यवहार भनेको कुनै पनि यौन वा कामुक कार्य हो जसले व्यक्तिलाई असहज, डराएको वा धम्की दिएको महसूस गराउँछ । यो त्यस्तो व्यवहार हो जसले एक पक्षको आत्मसम्मान र सम्वेदनामा आघात पार्दछ । महर्षि वात्सायनले ‘काम’बारे लेखेका छन् । कामलाई धेरैले केवल यौन मात्र हो भनेर व्याख्या गर्ने गर्छन् । जबकि ‘काम’अन्तर्गत भावना र इन्द्रियद्वारा महसूस हुने आनन्दलाई सामेल गरिएको छ । नरम कपडाले छालामा स्पर्श गर्दा, मधूर संगीतको झङ्कार, सुगन्ध वा कुनै परिकार सेवन गर्दा प्राप्त हुने आनन्द जस्तै ।

विभिन्न अनुसन्धानहरूका आधारमा महिलाले असाध्यै मनपराउने यौन आसनहरू निम्न छन्-

१. कुकुर आसन (कामधेनु)

कुकुरले झैँ पछाडिबाट यौन सम्पर्क गर्दा महिलालाई धेरै आनन्द मिल्दछ । त्यसैले यस्तो आसन महिलाले मनपराउनुका साथै परुषहरुरू पनि यो आसन उत्तिकै मन पराउँछन् । यसलाई लोकप्रिय आसन पनि मानिन्छ ।

२. क्षेप्यास्त्र आसन

पुरुष माथि र महिला तल रहेर गरिने परम्परागत यौन आसन सजिलो र पुरानो आसन हो । चुम्बन गर्न सजिलो, एकअर्का बीचको स्पर्षले पनि उनीहरूलाई रमाइलो तुल्याउँछ ।

३. घोडचडी आसन

यो आसनलाई प्रायः सबैजसो महिलाले मन पराउँछन् र यो सबैभन्दा रसबस पोजिसन पनि हो । यसमा यौन क्रिया पूर्णरूपमा महिलाको नियन्त्रणमा हुने हुनाले आक्रामक महिलाहरुलाई यस्तो मन पर्छ ।

४. चम्चा आसन

यौन जोडी एकअर्कालाई चम्चा खप्टिएझैँ गरेर गरिने यौन क्रियाकलाप लाई चम्चा आसन भन्न सकिन्छ । यसमा महिला अगाडी र पुरुष पछाडि रहेर लामो समयसम्म यौन क्रिया गर्न सकिन्छ ।

५. उठी उठी आसन

महिला उठेर भित्ता तिर फर्किने र पछाडिबाट पुरुषले यौन सम्पर्क गर्ने यो आसन पनि धेरै महिलालाई मन पर्ने आसन मानिन्छ । यस आसनमा महिलाले भित्ता नभए टेबल वा अन्य कुनै बस्तुलाई समात्न पनि सक्छन् ।

६. महिला पार्टनरलाई बोकेर

यस आसनका लागि तुलनात्मक रूपमा महिला सानो काँटकी अर्थात् कम तौलकी हुनुपर्छ । अनुभव तथा आपसी सामञ्जस्यको अभावमा उत्तेजित पुरुष लिंग भाँच्चिन पनि बेर लाग्दैन । कतिपयका लागि यो नौलो आसन हो, तर एकपक्षीय चाहना वा बलजफ्तीले थप समस्या निम्तिन सक्छ ।

७. दुवै बसेर

लोटस पोजिसनमा भेदक मज्जाले पँलेटी मारेर बस्ने अनि पार्टनर माथिबाट बसेर यौन सम्बन्ध स्थापित हुन्छ । यसक्रममा काखमा लिएजस्तै गरी महिला पार्टनरलाई माथि राख्दै, कुराकानी एवं ख्यालठट्टा गर्न सकिने हुनाले यस आसनलाई प्राक्क्रीडाको अंशका रूपमा पनि लिइन्छ ।

८. कर्कटाशन

कर्कट आसन महिला र पुरुष दुवै बसेर गरिने आसन हो । कैँची आसनमा महिला सुतेर खुट्टा फटाउने र उठाउने गर्छन् । पुरुषले घुँडा दोब्राउने वा पसार्ने आसन हो ।

९. काउगर्ल आसन

यो पुरुष उत्तानो र महिला घोप्टो परेर गरिने आसन हो । अभ्यासको हिसाबले दोस्रो नम्बरमा पर्छ । पुरुष उत्तानो परेर महिला घोप्टो पर्ने आसनमा पुरुषलाई भन्दा महिलालाई बढी आनन्ददायी लाग्छ ।

अघि नै भनियो, यौनसँग सम्बन्धित यो दर्शनमा यौनकला र यौनासनको वर्णनमात्र छैन, यौनिक जीवनको अध्ययन पनि छ । मानिसको शरीरमात्र हैन, मस्तिष्तक पनि पूर्णरुपले रत (भोग्य) हुनुपर्छ भन्छन्, वात्स्यायान । यो पुस्तकमा प्रेम प्रदर्शन, आलिंगन, चुम्बनजस्ता क्रिया-प्रतिक्रियाले यौनलाई आनन्दमयी बनाउने शिप र कला छन् । यौन सुखले नै प्रेम प्रगाढ बनाउने हुँदा भोगमा कलाको महत्व दर्शाइएको छ । विवाहपूर्व प्रेम गर्न आवश्यक मानेका छन् मुनी वात्स्यायाले । वात्स्यायान भन्छन्– धेरै स्त्री–पुरुषमा परसम्भोगको इच्छा हुन्छ तर समाजको डरले आफूलाई वाञ्चित गर्छन् । तर आदिम समाजमा रति वा यौन त्यति संकुचित गरिएको थिएन । विवाह होस् वा नहोस्, स्त्री–पुरुषबीचको झुकाउ र प्रवृत्ति आकर्षित छ भने त्यो भोग उत्कृष्ट र परम् भोग हो ।

महर्षी लेख्छन्, पैसाका लागि पुरुषलाई नायक मान्ने स्त्रीको आकर्षण कृत्रिम हुन्छ तर आत्मिक सम्भोगको प्रकृति जन्मजात हुन्छ । त्यसैले वास्तबमा रतिभोगको चाहनालाई विश्लेषण नगरी यौनकर्ममा हाम फाल्नु घातक हुन सक्छ । उनी भन्छन्– झुकावको विश्लेषण कर्ताद्वय स्वयमले गर्नु पर्दछ ।

त्यस्तै, यौनको सन्दर्भमा हुने अप्राकृतिक मैथुनिक व्यवहारलाई यौन विकृति वा काम विकृति भनिन्छ । मनोवैज्ञानिक क्षेत्रमा भने यसलाई परा-स्नेह (para-philia) भन्ने गरिन्छ । प्रसिद्ध मनोवैज्ञानिक सिग्मन्ड फ्रायडले यसको बारेमा चर्चा गरेका छन् । उनले सबै नै मानव जन्मजात विकृत हुन्छन् समेत भनेका छन् । उनले विभिन्न किसिमका काम विकृतिका बारेमा चर्चा गरेका छन् । जस्तै, उभयलिङ्गी यौन (hermaphrodite), बाल यौनशोषण (pedophilia), गुदा, मुख वा जनावरसँगको मैथुन (sodomy), वस्तु कामुकता (fetishism), परपीडा कामुकता (masochism), यौनाङ्ग प्रदर्शन (exhibitionism), परपीडन (sadism), शव कामुकता (necrophilia), पारलिङ्गी वस्त्र धारण (Transvestism), दर्शन रति (Voyeurism) इत्यादि ।

यीदेखि बाहेक अन्य पनि काम विकृतिहरू हुने गर्दछन् । अश्लील फोन गराइ (telephone sctalogia), शवरति (necofilia) अर्थात् मृत व्यक्तिसँग यौनसम्पर्क राखेर वा सो गरेको हेरेर यौन आनन्द लिने, जनावरसँगको यौनसम्पर्क जुफिलिया आदि । यस्तैगरी दिसाबारे सोचेर यौन उत्तेजना प्राप्त गर्नुलाई कोप्रोफिलिया (coprophilia) इनेमा (enema) अर्थात् गुदद्वारबाट तरल पदार्थ पठाउने कुराले यौन उत्तेजना प्राप्त हुनेलाई क्लिस्माफिलिया (klismaphilia) र पिसाबको बारेमा परिकल्पनाबाट यौन उत्तेजना प्राप्त गर्नेलाई युरोफिलिया (urophilia) भनिन्छ ।

पुरुष रागरस टेस्टस्टेरोनले पुरुषको यौनचरित्रको विकास गर्ने र त्यसलाई निरन्तरता दिने कुरामात्र होइन, बरु यौनिकता, आक्रामकता, प्रज्ञानता, भावनात्मकता अनि व्यक्तित्वजस्ता कुरालाई पनि नियन्त्रण गर्ने गर्दछ । यही हर्मोनले नै यौन चाहना, यौन परिकल्पना अनि व्यवहारलाई निर्देशित गर्दछ । त्यसैले रागरसको प्रवाहलाई सन्तुलित बनाइराख्न बात्सायनले योगा र ध्यानलाई नियमित बनाउने सल्लाह दिन्छन् ।