गृहमन्त्री ओमप्रकाश अर्याल र मेडिकल ब्यवसायी एवम् ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ अभियान’का संयोजक दुर्गा प्रसाईंबीच शुक्रबार वार्ता भएको छ । सिंहदरबारमा भएको वार्तापछि यही मङ्सिर २२ गते पुनः छलफलमा बस्ने निर्णय भएको प्रसाईंले जानकारी दिएका छन् ।
उनले भनेका छन्, ‘मुख्य गरी हाम्रो मागका विषयमा छलफल भयो, अब मङ्सिर २२ गते फेरि छलफल गर्ने सहमति भएको छ ।’
गृहमन्त्री अर्यालसँगको वार्तामा भएका विषय र अन्य समसामयिक विषयमा आज (१३ मंसिर) शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिने उनको भनाइ छ ।
ज्ञातव्य छ, मंसिर ७ गते देशब्यापी आम हडतालको आह्वान् गरेका प्रसाईंले आफू प्रहरी हिरासतमा भएको समयमा आन्दोलनको कार्यक्रम फिर्ता लिएका थिए । हिरासतबाट बाहिर आएपछि सरकारी संयन्त्रसँग उनले निकटता दर्शाउँदै आएको अनुभूति गरिएको छ ।
प्रतिक्रिया