नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा सहमहामन्त्री महेन्द्र यादवलाई मनोनयन गरिएको छ ।
कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको विधान, २०१७ (संशोधनसहित)को धारा २५(९)बमोजिम क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति’को संयोजकमा यादवलाई मनोनयन गरेका हुन् ।
समितिको सदस्यमा शिवप्रसाद हुमागाईं, प्राडा गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी र शान्ति परियार विकलाई मनोनयन गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । कावा सभापति खड्काले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार उक्त समिति गठन गरेको मुख्यसचिव पौडेलले बताएका छन् ।
उक्त समितिले ‘सदस्यता व्यवस्थापन केन्द्रीय समिति’बाट सहमति भई आएको क्रियाशील सदस्यता (नयाँ र नवीकरण)को सूची र प्रतिवेदन समयभित्र अध्ययन गरी क्रियाशील सदस्यतासम्बन्धी आएका उजुरी उपर छानबिन गरी तोकिएको समयभित्र क्रियाशील सदस्यता (नयाँ र नवीकरण)को अन्तिम सूची तयार गर्ने जनाइएको छ ।
प्रतिक्रिया