मन्त्रिमण्डलमा चार सदस्य थपिँदै

मन्त्रिमण्डलमा चार सदस्य थपिँदै


प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिमण्डलमा चार सदस्य थप्न लागेकी छन् । चौथो पटक मन्त्रिपरिषद् विस्तारका क्रममा उनले कुमार इङ्नाम, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठलाई मन्त्रीमा सिफारिस गरेकी हुन् ।

उल्लेखित नामहरु प्रधानमन्त्री कार्यालयबाट शीतल निवास पुगिसकेको बताइएको छ ।

इङ्नामलाई भूमि, चौलागाईंलाई वन, भण्डारीलाई श्रम र श्रेष्ठलाई महिला मन्त्रालयको जिम्मेवारी दिइने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।