नागरिक लगानी कोषको ३१औं वार्षिक साधारणसभा यही पुस ३० गते हुने भएको छ । उक्त सभा कोष भवन परिसरमा हुने जानकारी दिइएको छ ।
साधारणसभामा कोषको आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको पाँच प्रतिशत बोनस सेयर र आठ प्रतिशत नगद लाभांश पारित गर्ने एजेन्डा रहेको छ ।
त्यसैगरी, सञ्चालक समितिमा सेयरधनीको तर्फबाट एक जना सञ्चालकको निर्वाचन हुने कार्य तालिका समेत रहेको छ ।
प्रतिक्रिया