एलजी नेपालले वानखेडे स्टेडियममा नेपाल टोलीको खेल प्रत्यक्ष हेर्न टी-२० विश्वकप यात्राको पहिलो चरणको विजेता घोषणा गरेको छ । गत मंसिर २९ गतेदेखि एलजी नेपालले विश्वस्तरीय अन्तर्राष्ट्रिय क्रिकेटको रोमाञ्चलाई एकसाथ जोड्ने आकर्षक उपभोक्ता क्याम्पेनको घोषणा गरेको थियो ।
आगामी फेब्रुअरी ७ देखि इंडिया र श्रीलंकामा हुन गैरहेको विश्वकप क्रिकेट लक्षित गरी एलजी नेपालले घोषणा गरेको क्याम्पेनको पहिलो चरणका विजेताहरू घोषणा गरिएको हो । नेपाल अधिराज्यभरि लागु भएको यस विशेष योजनामा एलजी नेपालले अधिराज्यभरिबाट पहिलो चरणका चार जना भाग्यशाली विजेताहरू छनोट गरेको जनाएको छ ।
पहिलो चरणका विजेताहरूमा काठमाडौं उपत्यकाको इमाडोलनिवासी उसन प्रधाङ्गना, नैकापनिवासी प्रवाश ढुंगाना, बुटवलनिवासी शिव आचार्य र पोखरानिवासी विनोद सापकोटा रहेका छन् । प्रधाङ्गनाले सिजी इमाडोलबाट, आचार्यले बुटवल भाटभटेनीबाट, ढुंगानाले कलंकी टिभी हाउसबाट र सापकोटाले न्यु साउण्ड एण्ड भिजन पोखराबाट वाशिङ मेसिन खरिद गरेका थिए ।
यस योजनाअन्तर्गत एलजीको कुनै पनि समान खरिद गर्दा ग्राहकवर्गले वान्खेडे स्टडीयम मुम्बइमा नेपालको कुनै एक खेल प्रत्यक्ष हेर्ने पाउने कम्पनीको भनाइ छ ।
नेपालको पहिलो चरणको सबै खेल मुम्बईमा हुन गैरहेको छ । त्यसका लागि एलजीले ४ रात ५ दिनको मुम्बई यात्रालगायत नेपालको खेल प्रत्यक्ष हेर्न सम्पूर्ण क्रिकेटप्रेमीको लागि अवसर जुराएको छ, र यसमा लाग्ने सबै खर्च कम्पनीले नै ब्यहोर्ने जनाएको छ ।
प्रतिक्रिया