आईपीओ जारी गर्दै वाटर इनर्जी सोलुसन लिमिटेड

आईपीओ जारी गर्दै वाटर इनर्जी सोलुसन लिमिटेड


वाटर इनर्जी सोलुसन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले साधारण शेयर सर्वसाधारणमा निष्काशन प्रकृयाका लागि हिमालयन क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गरेको छ ।

सो सम्बन्धमा वाटर इनर्जी सोलुसन लिमिटेड र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ ।

कम्पनीले इलाम जिल्लामा ८.३ मेगावाट क्षमताको अपर देउमाई खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।